५ चैत्र, कञ्चन
नेकपा एमाले सम्बद्ध अखिल नेपाल स्वतन्त्र बिधार्थी युनियनले कञ्चन गाउपालिका स्तरिय कमिटी गठन गरेको छ। हरैया बहुमुखी क्याम्पसमा भएको अनेरास्ववियूको बिधार्थीहरुको भेलाले बिशाल क्षेत्रीको अध्यक्षतामा ३७ सदस्यिय अनेरास्ववियू कञ्चन गाउ कमिटिी गठन गरेको छ।
भेलाले उपाध्यक्षमा सुजन क्षेत्री र अन्जना सापकोटालाई निर्वाचित गरेको छ भने सचिवमा सरस्वती शर्मालाई निर्वाचित गरेको छ। यसैगरी सहसचिवमा मनिस न्यौपाने, शारदा चलेसे र सुमित्रा पराजुली निर्वाचित भएका छन भने कोषाध्यक्षमा प्रशान्त जि.सी. सर्बसम्मत निार्वचित भएका छन। यस्तै सदस्यहरुमा सचिन परियार, गौरव पौडेल, दिपेश पौडेल, रोहित परियार, मधु सुदन ज्ञावली, सुशील सापकोटा, मीना पोखरेल, विविसा थापा, विमल सुवेदी, किशोर ज्ञावली, शुभम् शर्मा, विवेक ढकाल, विशाल सुवेदी, प्रवेश चापागाईं, सृष्टि शर्मा, सबु कँडेल, सुरेश क्षेत्री, मीना थारु, सीता तिवारी, अञ्जली यादव, सिरी थापा, दिलीप राना, निशा कुँवर, प्रतीक बस्नेत र सुरक्षा गैरे चयन भएका छन।
नव निर्वाचित अनेरास्वविय, कञ्चन गाउ कार्यसमितिलाई अनेरास्ववियु केन्द्रीय कमिटी सचिवालय सदस्य तथा रूपन्देही इन्चार्ज बाल कृष्ण पाण्डेले बधाई दिदै बिधार्थीहरुको हकहितका लागि निरन्तर संघर्ष गर्दै बिधार्थीहरुमा राजनैतिक सचेतताको बिकास हुन अनिवार्य रहेको बताउनु भयो ।यस्तै विशिष्ठ अथिति तथा कञ्चन गाउँपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्री, नेकपा एमाले कञ्चन गाउ कमिटीका इन्चार्ज भरतमणी सापकोटा लगायतले बधाई सहित बिधार्थी राजनितीलाई अझ सशक्त बनाउदै जानु पर्ने सुझाव दिनु भएको थियो ।
अनेरास्वबियू जिल्ला कमिटी सदस्य तथा अनेरास्वबियू हरैया बहुमुखी क्याम्पस इकाई कमिटिीका पुर्ब अध्यक्ष सुवास सापकोटाको अध्यक्षतामा भेला समपन्न भएको हो ।