उनले आफू आफ्नो ओढ्ने ओछ्याउने लिएर कार्यालयतर्फ जाँदै गरेको भिडियो टिकटक मार्फत सार्वजनिक गरेका थिए । सिमोनका अनुसार कार्यालयका अधिकांस कर्मचारी कोरोनाका कारण घरबाटै काम गरिरहेकाले कार्यालयको सबै ठाउँ खाली छ । उनले त्यसले गर्दा कार्यालयमा बस्न पनि पर्याप्त ठाउँ पाएका छन् ।
उनले आफ्नो लत्ता कपडा,झोला, स्लिीपिङ ब्यागलाई राखेर कार्यलयको क्याविनलाई घरकै रुपमा परिणत गरेका छन् । नुहाउन र कपडा धुनका लागि कार्यालयको बाथरुम र खाना राख्नको लागि कार्यालयकै फ्रिज प्रयोग गरेका छन् । तर उनको कार्यालयले भने उनलाई त्यसो नगर्न निर्देशन दिएको छ । कार्यलय प्रशासनले उनलाई कार्यलयमा बनाएको भिडियो सामाजिक सञ्जालबाट हटाउन पनि आग्रह गरेको छ । सिमोनको यो भिडियो टिकटकमा १२ लाखले हेरेका छन् ।
-एजेन्सीको सहयोगमा