२८ फागुन, परासी ।
नेकपा एमालेको सचिव एव पूर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझीले केन्द्र सरकारले प्रदेश सरकारको स्थानिय निकाय बाट समज्ञा गरेर देशलाई छिटो भन्दा छिटो समृद्धिको दिशातर्फ अगाडि बढाउने लक्ष्य भएको बताउनु भएको छ । आज पश्चिम नवलपरासीको सुनवल नगरपालिकाको पाँचौ स्थापना दिवस समारोहलाई सम्बोधन गदै प्रमुख अतिथी नेता रायमाझीले देशमा अहिले राजनितीक क्रान्ति सम्पन्न भएको बताउदै अबको यात्रा बिकास र समृद्धिको यात्रा सुरु भएको बताउनु भयो । उहाले सुखी नेपाली र समृद्ध नेपालको यात्रा प्रारम्भ भए पनि राजनितिक अस्थिरताका कारण अहिले जनतामा निरासा छाएको बताउनु भयो । अहिलेको प्रमादेशको गठबन्धनको सरकारले देशमा सुखी नेपाली र समृद्ध नेपालको नारालाई अस्थिरता तर्फ धकेलेको रायमाझीको भनाइ थियो । उहाले गठबन्धनको सरकारले स्थानिय तहको चुनाव समयमा गराउन नखोजेको आरोप लगाउनुभयो ।
उहाले राजनितिक खिचातानीका कारण अहिले टुटफुट र बिभाजनका गतिबिधीहरु बढदै गएकोले जनतामा अन्योल र भ्रम पर्न गएको समेत बताउनु भएको छ । राजनितिक दलहरुले इतिहासमा संघर्ष गरेको स्मरण गर्दै अहिले राजनितिक पार्टीहरुले ब्यवस्थामा परिवर्तन ल्याएको भए पनि देश उल्टो दिशातर्फ गैरहेको छ कि जनतामा अझै पनि अन्योल रहेको उहाले बताउनु भयो । अहिले बिकास र समृद्धिको एजेन्डा भएकोले यो कुन पार्टीले गर्न सक्ने राजनितिक दलहरुको लडाई रहेको समेत बताउनु भयो । अबको कार्यदिशा , लक्ष्य र एजेन्डा फरक भएको बताउदै यो कुन राजनितिक दल , नेता, ब्यक्ति कसले गर्न सक्ने जनताले बुभmन जरुरी रहेको समेत बताउनु भयो । उहाले सरकारमा धेरै राजनितिक दल गए पनि जनता र देशको लागी केही गर्न नसकेको र सुखी नेपाली समृद्ध नेपालको एजेन्डाको लक्ष्य समेत शुन्य रहेको बताउनु भयो ।
सुनवल नगरपालिकाका कार्यबाहक नगर प्रमुख दधिराम अर्यालको स्वागत मन्तब्य रहेको कार्यक्र्रममा उद्योग बाणिज्य संघ नवपरासीका अध्यक्ष केशव भण्डारी , सुकुम्बासी समस्या समाधान आयोग नवलपरासीको पुर्व अध्यक्ष बिमला अर्याल, बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्याल , प्रदेश सभा सदस्य भगवती भण्डारी , दिपेन्द्र अधिकारी , सुनवल नगरपालिकाका नगर प्रवक्ता कृष्ण प्रसाद देवकोटा लगायतले स्वागत मन्तब्य राख्नु भएको थियो भने कार्यक्रम संचालन सुनवल नगरपालिका योजना शाखा प्रमुख पुरुषोत्तम ढकालले गर्नु भएको थियो । कार्यक्रममा उत्कृट उपभोक्ता समिती , उत्कृट संस्था , उत्कृट समुह , जेष्ठ नागरीक , उत्कृट बिद्यालय , बन, कृषक , दुग्धडेरी , फर्म, निमार्ण ब्यवसायि ,उद्यमी र उत्कृट मिडिया लाइ सम्मान गरीएको थियो ।