१० फागुन, एजेन्सी ।
विश्वभरी प्रयोग भएका प्लाष्टिकमध्ये झण्डै नौ प्रतिशत प्लाष्टिक मात्रै पुनः प्रयोग भएको पाइएको छ । आर्थिक तथा विकास सहकार्य संगठन ९ओइसीडी० ले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार सन् २०१९ मा ४६० मिलियन टन प्लाष्टिक प्रयोग भएको थियो । यो परिणाम सन् २००० को भन्दा झण्डै दोब्बर भएको पनि ओइसीडीका अधिकारीहरूले जानकारी दिएका छन् ।
प्रयोग भएकामध्ये १९ प्रतिशत प्लाष्टिक जलाउने गरेको पाइएको छ भने ५० प्रतिशत प्लाष्टिक माटो र पानीमा मिसिने गरेको छ । विश्वभरी प्लाष्टिकको प्रयोग सन् २०२० मा भने अघिल्लो बर्षको तुलनामा २।२ प्रतिशतले घटेको छ ।