३१ जेठ,कञ्चन
रुपन्देहीको कञ्चन जेसिजले आज दोश्रो दिन पनि कञ्चनको बिभिन्न क्वारेन्टाइनहरुमा खाजा बितरण गरेको छ। हरैया बहुमुखी क्याम्पस,लुम्बिनी ज्ञान निकेटन मा.बि. र रुद्रपुर मा.बि.मा रहेका १ सय २० जनालाई क्वारेन्टाइनमा पुगि कञ्चन जेसिज बर्ष २०२०का अध्यक्ष बाबुराम पौडेलको नेतृत्वमा संचालन गरिएको खाजा बितरण गरिएको हो ।
कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्री
खाजा बितरण कार्यक्रममा सहभागि हुदै कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले नोवल कोरोना भाइरसको संक्रमणका बिरुद्ध कञ्चनवासीहरुको एकमन प्रतिबद्धताको सह्रना गर्दै कोरोना भाइरसको सम्भाबित संक्रमणलाई न्युनिकरण र रोकथाम गर्न कञ्चनमा क्रियाशिल बिभिन्न संघसंस्थाहरुबाट प्राप्त सहयोग,सहानुभुति र महत्वपुर्ण सल्हाहले गाउपालिकालाई उत्साह थपेको बताउनु भएको थियो ।अध्यक्ष क्षेत्रीले कञ्चन जेसिजबाट बेला बेलामा हुने सामाजिक सहकार्य र समन्वयको सह्रना गर्दै कोरोना संक्रमणले गर्दा सामाजिक दुरीले टाढा हुने परिस्थिती सृजना भएको भएपनि भावानात्मक रुपमा हामी सदैब एक साथ रहेको र छिमेकी देश मात्र नभई देशभित्रका बिभिन्न स्थानहरुबाट कञ्चनमा आएकाहरुलाई क्वारेन्टाइनमा राख्नु भनेको सभाबित कोरोनाको संक्रमणबाट सुरक्षित बनाउनु हो त्यसैले क्वारेन्टाइनमा बस्न बाध्य कञ्चनवासीले कुनै दुख र अप्ठ्यारो नमान्न र गाउपालिकाबाट उपलब्ध गराइएको न्युनतम सेवा सुबिधालाई सहजरुपमा लिइदिन हुन समेत आग्रह गर्नु भएको छ ।
कञ्चन गाउपालिका वार्ड नं. ४का वडा अध्यक्ष दुर्गा सिंह क्षेत्री
यस्तै कञ्चन गाउपालिका वार्ड नं. ४ का वडा अध्यक्ष दुर्गा सिंह क्षेत्रीले बिश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको सम्भाबित संक्रमणबाट बचाउनु र सुरक्षित गराउनु गाउपालिका र कञ्चनवासीहरुको मुख्य जिम्मेवारी भएको उल्लेख गर्नु भएको छ।कञ्चन गाउपालिकाले कोरोना भाइरसबाट सुरक्षित राख्न र कोरोना भाइसको सम्भाबित संक्रमणलाई रोकथाम र न्युनिकरण गर्न सम्पुर्ण श्रोत साधन प्रयोग गरेको बताउदै क्वारेन्टाइन ब्यबस्थापन गर्दा गर्दै कही कतै कमजोरी हुने कुरालाई सल्हाह र सहकार्यको आधारमा समाधान गर्न सकिने तर यथार्थ नबुझि असम्भव बिषय बस्तुहरुको उठान नगर्न समेत क्वारेन्टाइनमा रहनु भएका कञ्चनवासीलाई आग्रह गर्नु भएको छ।
कञ्चन जेसिजका अध्यक्ष बाबुराम पौडेल
कञ्चन गाउपालिकाका प्रवक्ता तथा वडा नं. ५ का वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारीले बिपद ब्यबस्थापनमा कञ्चनवासीहरुले पुर्याएको योगदान र सहयोग तथा सहकार्यको प्रशंसा गर्दै आगामी समयमा पनि कञ्चन जेसिज जस्ता सामाजिक संस्थाहरुले सहयोग र सहकार्यलाई निरन्तरता दिने बिश्वास गर्नु भएको छ।कोरोना भाइरसले बिश्वलाई समस्यामा पारेको बेला उक्त समस्याबाट नेपाल पनि प्रभाबित भएकोले देशबाटै कोरोनालाई जित्न सक्ने आत्मबल नेपालीसंग भएकोले कोरोना भाइरसबाट लड्न मानसिक रुपमा बलियो हुनुपर्ने बताउनु भएको छ ।
ओम सतिया गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत दुर्गा पौडेल
कञ्चन जेसिज बर्ष २०२० का अध्यक्ष बाबुराम पौडेलले मानव सेवाको चाहना र भावनालाई जेसिजका सहयोगी युवाहरुबाट प्राप्त सहयोगले पुरा गरेको बताउदै क्वारेन्टाइनमा रहेका कञ्चनवासीलाई खाजा उपलब्ध गराउन सहयोग पुर्याउने कञ्चन जेसिजका अध्यक्ष सल्हाहकार तथा नेपाली कांग्रेसकी नेतृ रिता के.सी.,कञ्चन गाउपालिका वार्ड नं. ४ का वडा अध्यक्ष तथा लायन्स क्लव अफ कञ्चन हरैयाका अध्यक्ष दुर्गा सिंह क्षेत्री,निर्माण ब्यबसायी कोल बहादुर क्षेत्री,भारी हार्डवेयरका संचालक प्रचण्ड भारी,ओम सतिया गाउपालिकाका प्रमुख प्रसासकिय अधिकृत दुर्गा पौडेल,भुजेल कोल्ड ड्रिङ्क्सका प्रकाश भुजेललाई धन्यबाद ब्यक्त गर्नु थियो ।
खाजा बितरण गर्दै कञ्चन जेसिज र अतिथिहरु
कञ्चन जेसिजका अध्यक्ष बाबुराम पौडेलको अध्यक्षतामा संचालन गरिएको खाजा बितरण कार्यक्रममा कञ्चन जेसिजका संस्थापक अध्यक्ष चुडामणी पौडेल,ओम सतिया गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत दुर्गा पौडेल,कार्यकारी उपाध्यक्ष राजन शर्मा,माहराज पौडेल,कानुनी सल्हाहकार राधिका चौधरी,उपाध्यक्ष बुद्धिप्रसाद रेग्मी,धनपती ज्ञवाली सचिव प्रिया तरामुले बोल्नु भएको थियो भने महासचिब चित्र तुलाचनको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
रुद्रपुर मा.बि.को क्वारेन्टाइनमा रहेका कञ्चनवासीहरु