६ फागनु,कञ्चन
बुद्धदीप ईङ्गलिस बोर्डिङ्ग सेकेण्डरी स्कुल, कञ्चन ५, रुपन्देहीको २२ औं बार्षिक उत्सव तथा खेल सप्ताह समपान समारोह सम्पन्न भएको छ। कञ्चन गाउपालिकाको शैक्षिक बिकासमा महत्वपुर्ण भुमिका खेल्दै आएको संस्थागत बिधालयको रुपमा स्थापित बुद्धदीप ईङ्गलिस बोर्डिङ्ग सेकेण्डरी स्कुलको संस्थागत तथा शैक्षिक क्षेत्रमा योगदान पुराएका शिक्षक, बिधार्थीहरुलाई सम्मान समेत गरिएको थियो।
बार्षिक उत्सव तथा खेल सप्ताह समपान समारोह कार्यक्रममा सहभागी बिधार्थी, शिक्षक, अभिभावकहरुलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा लुम्बिनी प्रदेशका शिक्षा मन्त्री वसिउद्धिन खाँले बिधालयले शैक्षिक गुणस्तरियतासंगै बिधार्थीहरुको सृजनात्मक क्षमता र अनुशासित तथा देशका लागि असल नागरिक गर्नमा पनि ध्यान दिनु पर्नेमा जोड दिनु भयो । बुद्धदीप ईङ्गलिस बोर्डिङ्ग सेकेण्डरी स्कुलले बिधार्थीहरुको ब्यक्तित्व र उनिहरुको चारित्रिक बिकासमा समेत लगानी गरेको भन्दै खुशी ब्यक्त गर्नु भयो ।

यस्तै प्रदेश खेलकुद महाशाखाका निर्देशक यम बहादुर के.सी.ले बिधार्थीको शैक्षिक गुणस्तरियता कायम गर्न परिक्षामा प्राप्त गर्ने अंक वा ग्रेडले मात्र मापन अधुरो हुने भएकोले बिधार्थीहरुको रुचि अनुसार उनिहरुमा खेलकुद, कला, साहित्य र सृजनात्मक अभिब्यक्तिकलाको समेत बिकास गर्नु पर्नेमा जोड दिनु भयो । कञ्चन गाउपालिकाका उपाध्यक्ष गोमा तरामुले कञ्चनको शैीषक बिकासमा बुद्धदीपले पुराएको योगदान उदाहरणिय रहेको बताउनु भयो । वडा नं. ५ का वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारीले बिधार्थीहरुमा अनुशासन र ब्यबहारिक ज्ञानको अभाव भएन भने जति नै उत्कृष्ट अंक लिएर शैक्षिक प्रमाण पत्र प्राप्त गरे पनि असल नागरिक नबन्ने कुरामा बुद्धदीप सेचत रहेको बिश्वास ब्यक्त गर्नु भयो ।

कार्यक्रममा नेकपा एमाले कञ्चन गाउ कमिटिका अध्यक्ष दिनानाथ आचार्य, जोगडा स्वास्थ्य चौकी, गैडहवाका हेल्थ असिसटेन्ट राम बहादुर परियार, समयमाई सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष मिन बहादुर थापा, सुनगाभा सामुदायिक बिकास केन्द्रका कार्यकारी निर्देशक गोपाल बहादुर के.सी. प्याव्सन रुपन्देहीका अध्यक्ष अनन्तराम शर्मा, बिधालयका पुर्व शिक्षक उमा ढकाल लगायतले शुभकामना ब्यक्त गर्नु भएको थियो ।
उक्त स्कुल वृटिश काउन्सिल द्वारा International School Award अन्तराष्ट्रिय बिधालय अवार्ड (ISA) परियोजना कार्य अन्तर्गत पुरस्कृत भएको थियो । सो परियोजना अन्तर्गत उक्त बिधालयले विभिन्न ७ वटा परियोजनाहरु संचालन गरि वृटिश काउन्सिलले विद्यार्थीको सिकाइलाई दिगो, व्यवहारिक र अन्तराष्ट्रिय गुणस्तरयुक्त बनाउन विद्यार्थीहरुलाई प्रत्यक्ष रुपमा परियोजना कार्यमा संलग्न गराई सिकाईलाई अन्तराष्ट्रिय स्तरमा प्रतिसपर्धात्मक बनाई अन्तराष्ट्रिय स्तरको गुणस्तर कायम गराउने उद्धेश्यले यो परियोजना कार्य सञ्चालन गरी सन २०२२ देखि २०२४ सम्मका लागि पुरस्कृत भएको हो ।
सन २०२१ को जनवरीबाट शुरु भएको परियोजना गत बर्ष २०२१ को डिसेम्बरमा समपन्न परियोजना अन्तर्गत दिगो विकासका (Sustainable Development Goals) लाई आत्मसाथ गर्दै पाठ्यक्रम विकास केन्द्रले निर्धारण गरेका विषयगत पाठ्यक्रमले निर्दिष्ट गरेका विषयवस्तहरुलाई समेत ससमेट्दै पाठ्यक्रम विकास केन्द्रले निर्धारण गरेका विषयगत पाठ्यक्रमले निर्दिष्ट गरेका विषयवस्तहरुलाई परियोजनाको रुपमा विकास गरी कक्षा कोठामा सिमित सिकाईका प्रकृयालाई सुधार गर्न विद्यार्थीहरुलाई प्रत्यक्ष रुपमा छलफल, अन्तरक्रियामा सहभागी गराई खोज तथा अनुसन्धान कार्यमा सक्षम बनाउन प्रोत्साहित गर्दै आएको थियो।
बिधालय बयबस्थापन समितिका कार्यबाहक अध्यक्ष लिलाधर ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बाट पुरस्कृत हुन सहयोग गर्ने परियोजना कोअर्डिनेटर, शिक्षक शिक्षिका, संघसंस्था र संचारकर्मीहरुलाई समेत सम्मान गरिएको थियो। यस्तै आधारभुत बिधालय स्तरिय अन्तर बिधालय हाजिरी जवाफ रनिङ्ग प्रतियोगितामा बिजेता तथा उपविजेता धिालयहरुलाई पुरस्कार बितरण गरिएको थियो ।बिधालयका सहायक प्रिन्सिपल देबिराम पौडेलको स्वागत तथा सहायक प्राचार्य लेखनाथ आचार्यको संचालनमा सम्पन्न भएको बार्षिक उत्सव तथा खेल सप्ताह समपान समारोहमा बिधार्थीहरुले बिभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए । उक्र बिधालयमा खासगरी बिधार्थीहरुको सृजनात्मक अभिब्यक्तिकलाको बिकास गर्न नियमित शिक्षा बाहेक अतिरिक्त कक्षा अन्तर्गत खुशी कक्षा, संगित तथा नृत्य कक्षा,टेक्वान्दो कक्षाहरु पनि संचालन गर्दै आएको छ।