४ फागुन,बुटवल
एमसीसी सम्झौता संसदमा बुधबार टेबुल हुने चर्चासँगै देशभर बिरोध प्रदर्शन भएको छ। नेपाल कम्युनिष्ट पार्टी लगायत बिभिन्न राजनैतिक दलहरुले एम.सी.सी. सम्झौता बिरुद्ध नेपाल बन्दको आह्वान नै गरे। काठमाण्डौमा नेपाल मजदुर किसान पार्टीले विरोध प्रदर्शन ग¥यो ।
कोटेश्वर चोकबाट सुरु भएको नेमकिपाको विरोध जुलुस नयाँ बानेश्वरमा पुगेर धर्ना र विरोध सभामा परिणत भएको थियो । संसद बैठक चल्दै गर्दा बाहिर नेमकिपाका नेता–कार्यकर्तासहित हजारौँ सर्वसाधारण जनताले एमसीसी संसदमा टेबुल नगर्न चेतावनीस्वरुप नाराबाजी गरिरहेका थिए ।
विरोध प्रदर्शनमा नेमकिपाका केन्द्रीय सचिव तथा सांसद प्रेम सुवाल, नेमकिपाका केन्द्रीय सदस्य डिल्लीप्रसाद काफ्ले, बागमती प्रदेश सभा सदस्य सृजना सैंजू, पार्टीका केन्द्रीय सदस्य राजवीर डंगोल, वैकल्पिक केन्द्रीय सदस्य राजेन्द्र चवाल, विद्यार्थी नेताहरू प्रकाश गुरुङ र सुरेश परियार तथा युवा नेता मिनबहादुर बाटाले बोल्नुभएको थियो ।
एम.सी.सी. बिरुद्ध सुर्खेतमा भएको बिरोध प्रदर्शन
यसैगरी रूपन्देहीमा गरिएको शान्तिपूर्ण नेपाल बन्दको क्रममा नेकपा (कान्तिकारी माओवादी) पोलिटब्युरो सदस्य प्रेम सुवेदी, नेकपा जिल्ला सदस्य नवीन थारू, युवा संगठन नेपालका केन्द्रीय सदस्य एवं रूपन्देही इन्चार्ज सन्तोष सुवेदी, क्रान्तिकारी युवा लिगका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सचिव प्रगति राना, नेकपा (क्रान्तिकारी माओवादी) लुम्बिनी प्रदेश सदस्य राजु भुजेल, अखिल नेपाल अटो रिक्सा मजदुर संघका बुटवल उपमहानगर संयोजक माधव न्यौपाने, नेपाल गणतान्त्रिक खेलकुद महासंघ केन्द्रीय सदस्य तथा रुपन्देही अध्यक्ष रामबहादुर थारू, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल केन्द्रीय सदस्य शशि विक र वैज्ञानिक समाजवादी विद्यार्थी संगठनका केन्द्रीय सदस्य तुलराज विश्वकर्मालाई प्रहरीले गिरफ्तार गरेको छ।
बुटवलमा भएको शान्तीपुर्ण बिरोध प्रदर्शनमा आन्दोलनकारीहरुलाई सुरक्षकर्मीहरुद्वारा गिरफ्तार गर्दै
नेकपाका रुपन्देही सेक्रेटरी विश्वास, नेकपा (क्रान्तिकारी माओवादी)का सेक्रेटरी विनोद मरासिनी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका संयोजक प्रेम कार्की, नेकपा माओवादी केन्द्र समाजवादीका संयोजक श्यामबहादुर विक र देशभक्त जनगणतान्त्रिक नेपालका जिल्ला संयोजक रामप्रसाद शर्माले संयुक्त वक्तव्य जारी गर्दै हिन्द प्रशान्त रणनीति अन्तर्गत रहेको एमसीसी सम्झौतालाई देउवा सरकारले जुनसुकै बेला पनि पास गर्ने सम्भावना रहेकोले यसको खारेजीका लागी निरन्तर सङ्घर्षमा उत्रिन सम्पूर्ण देशभक्त, प्रगतिशील, सच्चा लोकतन्त्रवादी, वामपन्थी एवं जनसमुदायमा अपिल गर्दै प्रेस बिज्ञप्ती मार्फत गिरफ्तारमा परेका नेता कार्यकर्ताहरुलाई यथासिघ्र रिहाईको माग गरेका छन।
गिरफ्तार गरिएका आफ्ना नेता कार्यकर्ताहरुलाई रिहाईको माग गर्दै निकालिएको प्रेस बिज्ञप्ती