१ माघ,कञ्चन
धरोहर बचत तथा ऋण सहकारी संस्था लिमिटेड,कञ्चन,रुपन्देहीको प्रारम्भिक साधरण सभा शुक्रवार सम्पन्न भएको छ। साधरणसभाले संस्थाको आ.ब. २०७८/०७८ को १६ करोड बराबरको आर्थिक तथा बार्षिक प्रतिबेदन समेत अनुमोदन गरेको छ।
सभामा संस्थाका अध्यक्ष पुष्पराज शर्माले प्रस्तुत गर्नु भएको आ.ब. २०७७/७८ को बार्षिक प्रतिबेदन तथा कार्ययोजना,आ.व. २०७८/०७९का लागि बाािषर््क नीति कार्यक्रम तथा बजेट मस्यौदा,बचत नीति, ऋण नीति, ऋण लगानी कार्य विधि लगायत संस्थाको प्रस्तावित २० वटा नीति तथा कार्यविधी सर्बसम्मत अनुमोदन गरेको छ। यस्तै साधरण सभाले संस्थाका सचिव कविराज ढकालले प्रस्तुत गर्नु भएको संस्थाको बार्षिक प्रतिवेदन सर्बसम्मत अनुमोदन गर्दै सचिव कविराज ढकालले साकोस सञ्चालनका लागि संचालक समितिलाई सघाउन मस्यौदा तयार गरिएको थप १२ वटा विभिन्न उपसमिति,साकोस सञ्चालन, कार्यलय व्यबस्थापन र कर्मचारी संरचना लगाय विभिन्न कोष संरचनाको समेत सर्बसम्मत अनुमोदन गरेको छ।
१ करोड ३० लाख २५ हजार रुपैया चुक्ता पुंजी भएको साकोसको प्रारम्भिक सभामा धरोहर सकोस लेखा समितिका संयोजक बिष्णु प्रसाद ढकालले प्रस्तुत गर्नु भएको आ.ब. २०७७/०७८को बार्षिक लेखा प्रतिबेदन समेत अनुमोदन भएको छ । कञ्चनका ३ सहकारीहरु परिपक्व बचत तथा ऋण सहकारी संस्था, सानोतिनो बचत तथा ऋण सहकारी संस्थाम र धरोहर बचत तथा ऋण सहकारी संस्थाका शेयर सदस्यहरुको गत भदौ ५ गते संयुक्त साधरणसभा गरी मर्ज भई गठन भएको धरोहर साकोसको आ.ब. २०७७/०७८ मा ११ करोड ५४ लाख १८ हजार ५ सय २४ रुपैया बचत निक्षेप रहेको छ भने १४ करोड १ लाख ८१ हजार ९ सय २५ रुपैया ऋण लगानीमा रहेको संस्थाका अध्यक्ष पुष्पराज शर्माद्धारा प्रस्तुत बार्षिक प्रतिबेदनमा उल्लेख छ। २ हजार २ सय ६७ जना शेयर सदस्य रहेको तीन सहकारी मर्ज भएपछि १ करोड १२ लाख ४३ हजार ९ सय ५३ रुपैया खुद नाफा गरेको उक्त साकोसको संस्थागत पुँजीकोष १ करोड २२ लाख ६ सय ९९ रुपैया रहेको छ।
१ हजार ४ सय ४५ जना महिला र ८ सय २२ जना पुरुष शेयर सदस्य रहेको उक्त साकोसले पेन्सन बचत, बाल बचत, महिला बचत, सुनौलो बचत गरी ९ सय १६ जनाले नियमित बचत गर्दै आएका छन। प्रारम्भिक भेलाले असल ऋणी, असल बचत कर्ता, उच्च शेयर सदस्य बृद्धिकर्ता, जेष्ठ शेयर सदस्य र शेयर सदस्यका उत्कृष्ट बिधार्थीहरुलाई सम्मान समेत गरएको थियो । यसैगरी भेलामा तिन सहकारी संस्थाका पुर्व सञ्चालक समितिका पदाधिकारी सदस्य तथा सल्लाहकार,लेखा समिति र बिभिन्न उपसमितिका पदाधिकारी सदस्यहरुलाई सम्मान गरिएको थियो ।
सञ्चालक समितिका लागि उमेद्वारी
तिन सहकारी मर्ज भई गत २०७८ भदौ ५ गतेको तिनै सहकारीका शेयर सदस्यहरुको संयुक्त साधरण सभाद्वारा गठित साधरणसभाबाट गठित तदर्थ समितिले प्ररम्भिक साधरण सभा गरी पुर्ण सञ्चालक समितिका लागि अनुमोदन हुनु पर्ने अथवा नयाँ कार्य समिति गठन गर्ने प्रावधान रहेको छ। धरोहर साकोसको नयाँ कार्य समितका लागि बिभिन्न पदहरुमा उमेद्वारी परेको छ।
अध्यक्ष पदमा तदर्थ समितिका अध्यक्ष पुष्पराज शर्मा र कुल प्रसाद पौडेलको उमेद्वारी परेको छ । यस्तै उपाध्यक्ष पदमा भने तदर्थ समितिका उपाध्यक्ष बिष्णु नारायण श्रेष्ठको एकमात्र उमेद्वारी परेको छ। यसैगरी सचिव पदमा तदर्थ समितिका सचिव कविराज ढकाल र लेखनाथ आचार्यले उमेद्वारी दिनु भएको छ भने कोषाध्यक्ष पदमा तदर्थ समितिका काषाध्यक्ष उमा गौतम ढकालको एकमात्र उमेद्वारी परेको तदर्थ समितिका सचिव कविराज ढकालले जानकारी दनिु भएको छ।
निर्वाचन समितिले नयाँ कार्य समितकिा लागि उमेद्वारी दिएका उमेद्वारहरु बिच सहमतीका लागि आगामी माघ २ गते पुन बैठक बोलाएको छ। साकोसको नयाँ कार्य समिति गठन प्रकृयाका लागि साकोसका सल्लाहकार लेखनाथ पौडेल, टीकारज गिरी र तारानाथ आचार्यको तीन सदस्यिय निर्वाचन मण्डल गठन गरिएको छ।
कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीको प्रमुख आतिथ्यता, उपाध्यक्ष गोमा तरामु, बचत तथा ऋण सहकारी संघ केन्द्रिय सञ्चालक सन्दिप सापकोटाको बिसशष्ट आतिथ्यतामा सम्पन्न भेलामा जिल्ला बचत तथा ऋण सहकारी संघ, रुपन्देहीका लेखा समितिका सदस्य नाम बहादुर के.सी.सुका आस्था बिकास बचत तथा ऋण सहकारी संस्था, कटैयाका प्रबन्धक लक्षमण थापा, कञ्चन महिला कृर्षि उधमी सहकारी संस्थाका अध्यक्ष हिमा बेलवासे, कोशिस सामाजिक उधमी सहकारी संस्थाका अध्यक्ष प्रेमसिहं राना लगायतले शुभकामना ब्यक्त गर्नु भएको थियो ।
साकोसको अध्यक्ष पुष्पराज शर्माको अध्यक्षता तथा उपाध्यक्ष बिष्णु नारायण श्रेष्ठको स्वागतमा सम्पन्न भेलाको सञ्चालन सचिव कविराज ढकालले गर्नु भएको थियो ।