२९ पुस,कञ्चन
रुपन्देहीको कञ्चन गाउपालिकामा जारी ५ औं थारु मघि महोत्सव मेला बुधबार सम्पन्न भएको छ। मेलामा सञ्चालन गरिएको झुमरा प्रतियोगितामा सामुदायिक महिला समूह प्रथम भएको छ।
यस्तै झुमरा प्रतियोगितामा थारु भाषा कला तथा संस्कृति उत्थान मञ्च दोश्रो भएको छ भने दुर्गामाई कृषक आमा समूह तृतिय भएका छन। प्रतियोगितामा प्रथम भएको मायादेबीले नगद ८ हजार रुपैया प्राप्त गर्न सफल भएको छ भने दोश्रो भएको थारु कला तथा संस्कृति उत्थान मञ्चले नगद ७ हजार रुपैया प्राप्त गरेको छ। यस्तै प्रतियोगितामा तृतिय हुन सफल दुर्गामाई कृषक समुहले ६ हजार रुपैया प्राप्त गरेको छ।
यस्तै मेलामा सञ्चालन गरिएको रेकर्ड डान्स प्रतियोगितामा दुर्गामाई कृषक आमा समूह प्रथम भएसंगै नगद ८ हजार रुपैया प्राप्त गर्न सफल भएको छ भने जन ज्योती आमा समूह द्वितीय भएको छ।द्वितीय भएसंगै जनज्योतीले ५ हजार रुपैया प्राप्त गरेको छ। यस्तै प्रतियोगितामा थारु नमूना आमा समूह तृतिय भएको छ। थारु नमूनाले नगद ३ हजार रुपैया हात पारेको छ।
झुमरा नाच तथा रेकर्ड डान्स प्रतियोगिताका लागि थारु कवि बम बहादुर थारु, महादेव थारु र शकुन्तला थारुले निर्णायकको भुमिका निर्बाह गरेका थिए। मेलामा राष्ट्रिय कलाकार श्री निवास थारु, खेम चौधरी, मिलन चौधरी लगायत स्थानिय कलाकारहरु दिपेश चौधरी र बाल कलाकार सुप्रिया चौधरीले थारु कला संस्कृतिका सांगेतिक प्रस्तुतीहरु प्रस्तुत गरेका थिए।
मेलाको समापन गर्दै कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले कञ्चनमा रहेका सबै भाषा, कला र संस्कृतिको संरक्षणमा कुनै कमि नहुने बताउनु भएको छ।थारु संग्राहलय निर्माण सम्पन्न भएपछि थारु समुदायका परमपरागत पहिचानहरुको संरक्षण हुने र यस संग्राहलयले कञ्चनको प्रयटन प्रबद्धनमा महत्वपुर्ण भुमिका खेल्ने समेत बिश्वास व्यक्त गर्नु भयो।
कञ्चन गाउपालिकाको सहयोग तथा थारु कल्याणकारीणी सभा,कञ्चन,रुपन्दहीद्वारा आयोजित मेलाको थारु कल्याणकारीणी सभाका अध्यक्ष पुर्णबासी थारुको अध्यक्षतामा कञ्चन-५ भैसाहीमा भएको मेलामा बिष्णु थारु र सरस्वती चौधरीले कार्यक्रम सञ्चालन गर्नु भएको थियो।
मंगलबार शुभारम्भ भएको सो मेलाको अवसरमा थारु संग्राहलयको निर्माणको शिलन्यास गरिएको थियो।थारु भेषभुषामा सजिएका थारु समुदाय र अन्य समुदायको बाक्लो उपस्थिति रहेको मेलामा ढिकरी,घोंगी,पचसुनी,खिचडी लगायत थारु खाना परिकारहरुको समेत बिक्रि बितरण गरिएको थियो।