२८ पुस,कञ्चन
रुपन्दहीको कञ्चन गाउपालिकामा स्थानिय आदीबासी थारु समुदायको भाषा,कला,संस्कृति र परमपराको संरक्षण र सम्बर्द्ध गर्ने उदेश्यले थारु संग्राहलयको निर्माण हुने भएको छ।
थारु समुदायको नया बर्ष माघीको अबसरमा आयोजित दुई दिने माघी मेलाको शुभारम्भ गर्दै कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले थारु संग्राहलय निर्माणको शिलन्यास गर्नु भएको हो। हरेक वडामा सामुदायिक हल निर्माण गर्न गाउपालिकाबाट आ.ब.२०७८/७९ मा बिनियोजित २५ लाख रुपैयामा वडा नं.५ मा सामुदायिक हलकै रुपमा उक्त थारु संग्राहलय निर्माण हुन लागेको हो।
कञ्चन गाउपालिकाका अध्यक्ष तथा ५ औं थारु माघि महोत्सब मेला २०७८का प्रमुख अतिथि गोकर्ण बहादुर क्षेत्रीले बहुभाषा,कला र संस्कृति भएको कञ्चन गाउपालिकालाई साझा बनाउन गाउपालिकाबाट समुचित योजनाहरु निर्माणहुदै आएको बताउनु भयो। गाउपालिकामा बोलिने भाषा,कला र संस्कृतिको संरक्षण गर्नु गाउपालिकाको कर्तब्य र जिम्मेवारी समेत भएकोले जनप्रतिनिधी र कर्मचारी सबैले प्रतिबद्ध भई कार्य गर्दै आईरहेको समेत अध्यक्ष क्षेत्रीले बताउनु भयो।
दुई दिनसम्म सञ्चालन हुने ५ औं थारु माघि महोत्सब मेला २०७८ मा पहिलो दिन थारु नृत्य प्रतियोगिता सहित राष्ट्रिय कलाकार श्री निवास थारु,मिलन चौधरी,हरिनारायण थारु लगायतले थारु संस्कृति झल्किने गित तथा प्रस्तुतीहरुको प्रस्तुत गरिएएका थिए। मेलामा जागरण आमा समूह,बगही, दुर्गामाई कृषक आमा समूह,मायादेबी सामुदायिक महिला समूह, थारु नमुना आमा समूह, सृजना आमा समूह, मटेरिया गाउँ समाज, थारु संघर्ष युवा क्लब, संगम स्पोर्टस क्लब गरि ९ स्थानिय समुहरुले थारु नृत्य प्रतियोगितामा सहभागिता जनाएका छन।
मेलामा थारु समुदायका ढिकरी, पचसुनी, घोंगी, खिचडी लगायतका खानाका परिकारहरुको प्रदर्शनी गरिएको मेलामा दुर्गामाई कृषक आमा समूह, मायादेबी सामुदायिक महिला समूह र थारु भाषा कला तथा संस्कृति उत्थान मञ्चले थारु नाच झुमरा र झर्रा नाच प्रस्तुत गर्नेछन।
माघि महोत्सब मेलालाई सम्बोधन गर्दै कञ्चन गाउपालिका वडा नं.५ का वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारीले गाउपालिका भित्रका हरेक समुदाय,जातिको भाषा,कला र संस्कृतिको संरक्षण गर्नु सबैको दायित्व भएको बताउनु भयो। गाउपालिकामा थारु संग्राहलय निर्माण सम्पन्न भएपछि गाउपालिकाको गरिमा अझ बढ्ने समेत वडा अध्यक्ष अधिकारीले बिश्वास व्यक्त गर्नु भयो।
थारु कल्याणकारी सभा,कञ्चनका अध्यक्ष पुर्णवासी थारुको अध्यक्षता तथा राधिका चौधरीको स्वागतमा शुरु भएको मेलामा कञ्चनमा कृयाशिल विभिन्न संघ संस्था,राजनैतिक दल,जनप्रतिनिधी तथा कर्मचारीहरुको समेत सहभागिता रहेको थारु कल्याणकारी सभा,कञ्चनका सचिब बिष्णु थारुले जानकारी गराउनु भयो।