पुस २४,कञ्चन ।
आक्रामक ब्याटर सिद्धान्त लोहनीको कप्तानीमा प्रदेश १ ले प्रधानमन्त्री कप राष्ट्रिय टि२० क्रिकेट प्रतियोगिता खेल्ने १४ सदस्य टोली घोेषणा गरेको छ ।
घोषणा टोलीमा सिद्धान्तसँगै स्पिनर दीपेश कँडेल, यू१९ राष्ट्रिय प्रतियोगिता शतकधारी सोनु अन्सारी, घरेलु क्रिकेटमा राम्रो छाप छाडेका तीव्र गतिका बलर कमल खत्री लगायतका खेलाडी छन् ।
प्रधानमन्त्री कप पुष २६ देखि ५ गते सम्म काठमाडौं र मुलपानीमा हुनेछ । प्रदेश १ समूह ए मा छ । समूह ए मा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, कर्णाली, सुदूरपश्चिम र प्रदेश नम्बर १ छन् । प्रदेश १ ले पुष २७ मा कर्णाली प्रदेशसँग खेल्दै सुरुवात गर्नेछ । शीर्ष दुईमा रहने टोलीले सेमिफाइनल खेल्नेछन् । सेमिफाइनल माघ ४ र फाइनल माघ ५ मा हुनेछ । समूह बी मा एपिएफ, बागमती, लुम्बिनी, प्रदेश २ र गण्डकी छन् ।
प्रदेश १ को टोलीः
सिद्धान्त लोहनी (उपकप्तान), मुकुन्द यादव, श्रेवण यादव, दीपेश कँडेल, मिनाश थापा, शाकिब हक, अंकित सुवेदी(उपकप्तान), मनोज तामाङ, बिधान गोस्वामी, सोनु अन्सारी, सुमन श्रेष्ठ (विकेटकिपर), फिर्दोस अन्सारी, कमल खत्री र विवेक मेहता
प्रशिक्षक : लाक्पा लामा
व्यवस्थापक : अजय राजवंशी
प्रदेश १ को खेल तालिका
पुष २७ ( ११ जनवरी) – कर्णाली प्रदेशसँग, मुलपानी मैदान(विहान)
पुष २९ (१३ जनवरी) – आर्मीसँग, मुलपानी (विहान)
माघ १ (१५ जनवरी) – प्रदेश १ सँग, टियु मैदान(विहान)
माघ २ (१६ जनवरी) – सुदूरपश्चिमसँग, टियु (विहान)