१० पुष,सैनामैना/सुरेश परियार
अलान्यस क्लब अफ सैनामैनाको एक कार्यक्रमको विच पदस्थापना सम्पन्न भएको छ । वर्ष २०२२का लागी अध्यक्षमा निर्वाचित दिपक काफ्ले सहित अन्य नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई पदस्थापना गरिएको हो ।नव निर्वाचित क्लबमा ई.प्रेसिडेन्टमा सुदन पौडेल,आई.पि.पि.एवं एसोसिएसन अफ एलान्यस ईन्टरनेशनल जोन चेयर पर्सन कृष्ण भण्डारी,भाईस प्रेसिडेन्ट शिवराज घिमिरे,नारायण घिमिरे,जर्नरल सेक्रेटरी प्रेम न्यौपाने,ट्रेजर पुष्पा भण्डारी,सेक्रेटरी जनक भण्डारी,जोइन सेक्रेटरी दिनेश न्यौपाने,जोइन ट्रेजर सुस्मीता भट्टराई, पि. आर. ओ. गणेश भटटराई रहेका छन भने क्लबको बोर्ड डाईरेक्टरमा नारायण आचार्य,निकिता थापा,कृष्ण चन्द्र खनाल,सुस्मीता परियार,प्रतिभा पाण्डे,राजन कार्की,सपना घिमिरे,नारायण गौतम,जमुना पौडल,ज्ञान पाण्डे,लक्ष्मण न्यौपाने,अमर खनाल र नकुल विष्ट रहेका छन् ।
कार्यक्रममा बोल्दै सैनामैना नगरपालिका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले सामाजिक क्षेत्रमा उदारणीय कार्य गरेको भन्दै क्लब प्रति उच्च सम्मान प्रकट गरेका छन् । समाज परिर्वतन,युवाहरुको क्षमता एंव ब्यक्तित्व विकासमा क्लब लाग्दै जाने तर्क गर्दै पन्थीले समृद्ध नगर बनाउन हातमा हात काँधमा काधँ मिलाउन क्लबलाई आग्रह गरे ।उनले क्लबका लागी आवश्यक परे नगरपालिका सधै सकारात्मक रहेको कुरा उल्लेख गरे ।
यस्तै कार्यक्रममा एलान्यस क्लब अफ सैनामैना वर्ष २०२१ का अध्यक्ष तथा जोन चियर पर्सन कृष्ण भण्डारीले अति विपन्न परिवारमा पुगेर क्लबले सहयोग गरेको बताएका छन । भण्डारीले समाजमा ब्याप्त रहेको समाजिक सञ्जाल दुरुपयोगका विरुद विभिन्न सचेतना एवं अभिमुखीकरण कार्यक्रम समेत आफनो कार्यकालमा गरेको बताउदै विभिन्न पालिकामा मातृत्व प्रदान गरेको बताए । सोही अवसरमा वर्ष २०२१ सफल बनाउन शैक्षिक,पत्रकारीता क्षेत्रबाट सहयोग पुर्याएका बिििभन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।
सैनामैना स्थित बामरी पार्टि प्यालेयसको सभाहलमा भएको कार्यक्रम एलान्यस क्लब अफ सैनामैना वर्ष २०२१का अध्यक्ष कृष्ण भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमा संस्थागत विधालयबाट कृष्ण प्रसाद शर्मा, सरकारी स्कुलबाट कृष्ण पौडेल,जेसिज सैनामैनाका अध्यक्ष रामचन्द्र ढकाल,एलायन्स क्लब अफ कञ्चनका अध्यक्ष सुमन पौडेल लगायतले बोलेका थिए । कार्यक्रममा स्थानीय कलाकारले सांगितिक कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन सचिब प्रेम न्यौपानेले गरेका थिए ।