विश्वभरी कोभिड–१९ भाइरसको फैलिँदो दबदबासँगै मानवजातिमा ठूलो संकट आइलागेको छ । युगौँयुगदेखि देखापर्दै आएका अनेकौँ महामारी र पछिल्लोपल्ट सन् २०१९।२० मा देखिएको कोरोना महामारीका कारण करोडौँ मानिसको ज्यान गइसकेको छ । चीनमा देखिएको कोरोना भाइरसले विश्वलाई नै आक्रमण गरेकोमा नेपाल पनि अछुतो रहन सकेन । यस्तो अवस्थामा सुरक्षाको कारण सरकारले अरू देशलेझैैँ बन्दाबन्दी घोषणा गरेको छ र कार्यान्वेयन गर्न केही कोसिस पनि गरिरहेको छ ।
सरकारले अत्यावश्यक कामका निम्ति पासको व्यवस्था पनि ग¥यो । यसको फाइदा पहुँच हुनेले भरपुर लिए । पास हुनेहरू सडक तताएर मजाले हिँड्न सक्ने भए भने नहुनेहरू भोकभोकै रात–दिन नभनी हप्तौँ पैदल यात्रा गर्न बाध्य भए । उनीहरूलाई धारे हात लगाउँदै कतिले बन्दाबन्दीको परिभाषा फलाके । आरामले घरमा बसेकाहरूले ‘बन्दाबन्दीको अर्थ पनि नबुझ्ने’ भनेर सामाजिक संजालमा लेखे । जानेहरू कतिजना बुझेर गए, कति नबुझेरै गए । कतिले सरकारलाई गाली पनि गरे । काम नगरी साँझ कोठामा चुल्हो नबल्ने गरिबहरूले पेट भोको भएपछि गाली गर्ने वा पुकार्ने सरकारलाई त हो । अरू कसलाई गुहार्ने ?
मैले लामो समयदेखि भारतले ६०,००० हेक्टर नेपाली भूमि मिचेको तथ्य सुन्दै आएको थिएँ । भारतले २० वटा बाँध नेपालको सीमाभित्र बाँधेको भन्ने बच्चै बेलादेखि पढेको थिएँ । र पछि, नेपालको विकासको बाधक भारत नै हो भन्ने पनि देखेँ, बुझेँ र थाहा पाएँ । केही दिनअघि भारतीय विस्तारवादले नेपालको भूमि मिचेर लिपुलेक क्षेत्रमा ८० किमि लामो बाटो बनाएको खबर सुनेँ ।
म कीर्तिपुरमा सामान्य डेरा गरेर बस्ने विद्यार्थी । कहिले राहतको लाइनमा हुन्छु त कहिले बुबाले पठाएको पैसा लिएर पसल जान्छु । छिमेकी साहुको भान्साबाट मासु पाकेको गन्ध प्रायजसो आइ नै रहन्छ । अनि, सम्झन्छु राहतको आशामा कैयौँ दिनदेखि सरकारलाई हेरिरहेका भोका पेटहरू । सरकार भन्छ – यो देशमा कोही भोको मर्दैन, भोकमरी चलेको छैन् र चल्दैन पनि । तर, सरकारले एउटा कुरा ध्यानमा राखोस् । यो देशमा भलै कोही भोकमरीले मरेका नहुन् तर कैयौँ दिनको भोकको कारण उत्पन्न हुने रोगबाट सायद केही मरेका छन् वा धेरै मर्नेछन् । ओ सरकार, भोकमरी छैन भन्दै छाती नफुल्लाऊ ।
प्रसंग मोड्न चाहन्छु । दुई चार दिनदेखि कोरोनाको डरलाई शक्तिमा बदलेर कैयाँै युवाहरू भारतीय थिचोमिचोको विरोधमा सडकमा उत्रिए । कतिले उनीहरूलाई “काम नभएका पाजीहरू, कोरोना फैलाएर देश नै खत्तम बनाउने भए” भने । कतिले ताली बजाएर साथ पनि दिए । ‘पाजी’ भनी आलोचना गर्ने ती महान् व्यक्तिहरूलाई प्रश्न गर्न चाहन्छु, “हैन, तपाईंलाई कोरोनाले कति पिरोलेको ? कति धेरै माया लागेको देशको ? कोरोनाको कारण देश नै सकिने भयो भनेर कस्तो चिन्ता लागेको ?” मलाई थाहा छ, ती महामानवहरू ‘देश’ को ठाउँमा ‘आफू’ लाई राखेर सोच्ने गर्छन् । जब सदनमा देशको सौदाबाजी गर्ने दलालहरू हुन्छन् तब सडकमा युवाहरूको जमात रहर होइन बाध्यता बन्छ ।
मैले लामो समयदेखि भारतले ६०,००० हेक्टर नेपाली भूमि मिचेको तथ्य सुन्दै आएको थिएँ । भारतले २० वटा बाँध नेपालको सीमाभित्र बाँधेको भन्ने बच्चै बेलादेखि पढेको थिएँ । र पछि, नेपालको विकासको बाधक भारत नै हो भन्ने पनि देखेँ, बुझेँ र थाहा पाएँ । केही दिनअघि भारतीय विस्तारवादले नेपालको भूमि मिचेर लिपुलेक क्षेत्रमा ८० किमि लामो बाटो बनाएको खबर सुनेँ । नेपाली जनताले दुर्दशा भोगिरहेको बेला भारतको ज्यादती देखेर केटाकेटीदेखि मनमस्तिष्कमा सल्किरहेको आगो ज्वालामुखीझैँ बिस्फोट भयो । उक्त खबर सुनेपछि मैले आफूलाई थाम्न सकिन । हजारौँ देशप्रेमी युवाहरू आफ्नो ज्यानको माया मारी सडकमा उत्रेको देखेर आफूलाई रोक्न सकिन । सोचँे, कोरोनाको डरले मर्नु भन्दा देशको निम्ति आवाज उठाएर मर्नु बेस । आखिर, देश नै नरहे हाम्रो अस्तित्वको के अर्थ ?
सुरुदेखि नै भारतीय विस्तारवादका कारण सम्पूर्ण नेपालीहरू पटकपटक छटपटिरहेका छन्, मरिरहेका छन् । जिउँदो लास भएर बाँच्न विवश छन् । अब फेरि त्यहीँ गल्ती दोहो¥याउनु हुँदैन भनी केही साथीहरूसँगै वैशाख २९ गते साँझ जुलुसमा निस्किएँ । हामीलाई बन्दाबन्दी उल्लङघन गर्ने कुनै रहर थिएन । यो हाम्रो भारतसिर्जित बाध्यता थियो । यस बाध्यतामा विगतदेखिका नेपाली सरकारहरूको ठूलो भूमिका छ । केही महिनाअघि भारतले झुटो नक्सा सार्वजनिक गर्दा ओली सरकारले कुनै ठोस कदम चालेको भए पनि हामी सडकमा निस्कने थिएनौँ । यस अर्थमा हामीलाई ओली सरकारले नै सडकमा ओर्लन विवश पारेको थियो ।
केही घण्टासम्म हिरासतमा राखेर हामीलाई प्रहरीले छोडिदियो । हामी सबैजना एकदम उत्साहित भएर कोठामा फर्कियौँ। अकस्मात घरबाट फोन आयो बुबाको । उहाँका प्रत्येक शब्दले चौकीबाट गौरवान्वित भएर फर्किएको मेरो छाती छिया–छिया भयो । छाती बेसरी पोल्यो । केही बोल्न सकिन । फोन राखिदिएँ ।
त्यो साँझ कीर्तिपुरमा भारतीय अतिक्रमणको विरोधमा र देशको पक्षमा बुलन्द आवाज घन्किँदै थियो । अचानक देशप्रेमी साथीहरूको बोलीलाई रोक्न आइपुग्यो प्रहरी प्रशासन । त्यही प्रहरी प्रशासन जसले जस्तोसुकै परिस्थितिमा पनि देश र जनताको रक्षा गर्न पछि नहट्ने कसम खाएको हुन्छ । तर, त्यो साँझ ठीक उल्टो भयो । देशको रक्षा गर्न सडकमा उत्रेका देशभक्त जनतालाई नै प्रहरीले पक्रेर लग्यो । हामी चारजना साथीलाई चौकी लगियो ।
गिरफ्तारी पनि एक हिसाबले फलदायी नै भयो । हिरासतमा हामीले प्रहरी जवानहरूसँंग कुराकानी ग¥यौँ । विभिन्न तरीकाले देशको यथार्थ समस्याबारे बतायौँ । प्रहरी प्रशासनका कमीकमजोरी र राज्यले जन्माउने धेरै बाध्यताबारे बतायौँ । भेनेजुयाली क्रान्तिका नायक ह्युगो चाभेजबारे बतायौँ । केही प्रहरीले “भाइहरूको कुरा एकदम सही हो तर हामीलाई बर्दीले रोक्छ” भन्नुभयो । धेरै खुसी लाग्यो । कम्तीमा उहाँहरूमा देशप्रेम रहेछ । उहाँहरूले “सत्तामा आसीन नेताको गलत रवैयाले बाध्य भएर यो सब गर्नुपर्छ” भन्नुभयो । भोलिका दिनमा हामी अथवा नयाँ पुस्ताले सीमा जोगाउन संघर्ष गर्छौँ भने उहाँहरू पनि हाम्रो साथमा आउने, सहयोग गर्ने र तालिम दिने प्रतिबद्धता सुन्दा निकै खुसी लाग्यो । प्रहरी दाजुहरूले “यी दलाल ¥याले नेताहरूलाई सदाको लागि मेटाउन हामीले नै तपाईहरूलाई सुरक्षा दिने हो” भन्न सम्म भ्याउनुभयो । यो देशमा यस्ता सोच भएका धेरैभन्दा धेरै प्रहरी हुने भए कति राम्रो हुँदो हो ।
केही घण्टासम्म हिरासतमा राखेर हामीलाई प्रहरीले छोडिदियो । हामी सबैजना एकदम उत्साहित भएर कोठामा फर्कियौँ। अकस्मात घरबाट फोन आयो बुबाको । उहाँका प्रत्येक शब्दले चौकीबाट गौरवान्वित भएर फर्किएको मेरो छाती छिया–छिया भयो । छाती बेसरी पोल्यो । केही बोल्न सकिन । फोन राखिदिएँ । एक छिन टोलाएर बुबाका शब्दहरू सम्झेँ, “बाबु आफ्नो छाक टारेर तँलाई काठमाण्डौँ पठाएको छु । तेरो भविष्यको लागि आफ्नो रहर मारेको छु । तँ भने बरालिँदै हिँड्छस् । तैँले गर्दा आज तेरी आमाको आँखामा आँशु आएको छ । मैले जीवनभर उसको आँखामा आँशु आउन दिएको थिइनँ । तर, आज तैँले एकै छिनमा उसलाई रुवाइस् ।” यी शब्दले मेरो मन एकदम भारी भएर आयो ।
मनलाई कठोर बनाउन मैले सम्झिएँ इतिहासका ती गाथाहरू, जस्तोसुकै अन्याय र अत्याचारमा समेत जति नै कठोर पीडा सहनु परे पनि कहिल्यै आँशु नबगाउने महान् आमाहरू । सम्झिएँ, म्याक्सिम गोर्कीको “आमा” उपन्यासकी आमालाई । “अग्निदीक्षा” र “ओह्याङहाईको गीत” सम्झिएँ । बुबाको व्याकुल पार्ने भनाई र चिन्तालाई सकारात्मक रूपमा लिई आफ्नो मनलाई स्पातझैँ बनाउन मलाई देशभक्त र क्रान्तिकारीहरूका ती गौरवपूर्ण सम्झनाले मद्दत गरे ।
बुबासँंग झोँक्किन मन लाग्यो । प्रश्न गर्न मन लाग्यो :
“बुबा, हजुरले शिक्षा दिनु’भो । यो बलियो शरीर बनाइदिनु’भो । तर, देशलाई दुख्दा देशको लागि लड्ने सोच दिनसक्नु भएन । बुबा, हजुरको पुस्ताले यी देशका गद्दारसँग पहिल्यै संघर्ष गरेको भए हजुरको छोराले यसरी लड्नुुपर्ने थिएन । हजुरको निजी स्वार्थ वा भनौँ घरायसी बाध्यताका कारण नै हाम्रो यो पुस्ताले संघर्ष गर्नु परिरहेको छ । हजुरको कुरा मानेर म संघर्ष नगरी आफ्नो परिवारको पालनपोषणमा मात्र लागौँला रे । तर, देशको समस्या टार्न सकिन्न । देशको समस्या त एउटा पुस्ताबाट अर्को पुस्तामा सरिरहन्छ । म लडिन भने भोलि मेरा सन्तानले देशको लागि आहुति दिनुपर्नेछ । त्यसैले, उनीहरूको कल्याणको लागि म पहिले नै किन नलड्ने ? मैले उनीहरूको लागि गतिलो देश किन नछोड्ने ? बुबा म प्रण गर्छु, म मेरा सन्तानको निम्ति लड्नेछु । देशको आउँदो पुस्ताको निम्ति लड्नेछु । उनीहरू एउटा बलियो देशमा बाँच्न पाऊन् भनेर लड्नेछु । चाहे जस्तोसुकै जटिल परिस्थिति किन नआओस् ।
“सानोमा हजुरले नै सिकाउनु भएको थियो ‘छोरा, आमाबुबाभन्दा माथि देश हुन्छ’ भनेर । तर, आज मैले आफूलाई भन्दा बढी देशलाई माया गर्दा किन साथ दिन डराउनुहुन्छ ? यही डरले देशको समस्या सुल्झिनुको सट्टा बल्झिरहन्छ प्रत्येक पुस्तामा । मनमा हजार प्रश्न छन् । तिनको एउटै समाधान छ – देशका लागि लड्नुको विकल्प छैन ।
“हाम्रो पुस्ता पुरानो पुस्ताको गल्ती दोहो¥याउन चाहन्न । र, आफ्नो पुस्ताको लडाइँमा म पछि पर्न चाहन्न ।”