पुस ६,कञ्चन ।
एजेन्सी – भारतसँग तीन टेस्ट सिरिज खेल्नुअघि घरेलु टोली दक्षिण अफ्रिकालाई झड्का लागेको छ । तीव्र गतिका बलर एनरिच नोर्कियाले अर्को सातादेखि सुरुहुने तीन टेस्ट खेलको सिरिज हिपमा चोटको कारण गुमाउने भएका छन् ।
नोर्किया नोभेम्बरमा युएईमा भएको टि२० विश्वकपको क्रममा घाइते भएपछि संघर्ष गर्दै आएका थिए । पछिल्लो समय उत्कृष्ट प्रदर्शन गर्दै आएका नोर्किया टोलीमा नहुँदा तीव्र गतिको बलिङ आक्रामणमा असर पर्ने भएको छ । २०२१ मा नोर्किया दक्षिण अफ्रिकाबाट सर्वाधिक टेस्ट विकेट लिने खेलाडी हुन् ।
उनले यो वर्ष मात्र ५ टेस्टमा २५ विकेट लिएका थिए । नोर्कियाले १२ टेस्ट खेलमा ४७ विकेट लिएका छन् । नोर्कियाले प्रतिघण्टा १ सय ५० किलोमिटरमाथि को गतीमा बलिङ गर्ने क्षमता राख्ने गर्दछन् । नोर्कियाले कागिसो रबाडालाई राम्रो साथ दिँदै आएका थिए । नोर्किया नहुँदा रबाडालाई पनि केहि कठिन हुनसक्छ ।
भारतका रोहित शर्माले पनि चोटका कारण दक्षिण अफ्रिका तीन टेस्ट सिरिज गुमाई सकेका छन् । रोहित नहुँदा भारतले लोकेश राहुललाई उपकप्तानको जिम्मेवारी दिएको छ ।
भारतको दक्षिण अफ्रिकासँग तीन टेस्ट खेल तालिका
पहिलो टेस्ट – डिसेम्बर २६-३०, सुपर स्पोर्ट्स पार्क
दोस्रो टेस्ट – जनवरी ३-७, जोहानेसबर्ग
तेस्रो टेस्ट – जनवरी ११-१५, केप टाउन
तीन ओडिआई सिरिज
पहिलो ओडिआई, १९ जनवरी : बोल्यान्ड पार्क
दोस्रो ओडिआई, २१ जनवरी : बोल्यान्ड पार्क
तेस्रो ओडिआई, २३ जनवरी : केप टाउन