५ पुष, युके
मगर संघ युकेले मास्टर मित्र सेनको स्मृतिमा भर्चुअल समारोह सम्पन्न गरेको छ । समारोहमा वेलायत, नेपाल र भारतबाट स्रष्टाहरू सहभागी भएका थिए ।
मगर महिला संघ युके, मगर युवा संघ युके, मगर इन्भेष्टमेन्ट युके, मगर बुद्धिष्ट समाज युकेको ऐक्यवद्धता र सहभागीता रहेको उक्त कार्यममा चित्र बहादुर थापा, भक्त थापा, वीर बलाल, विष्णु, चन्द्र थापा, दल प्रसाद थापा, गजवीर थापा, गोवद्र्धन राना, हेमा राना, थम रोका, जगत थापा, कर्ण दर्लामी मगर, कुल थापा, लेख राना, मेजर शान्त पुन, मन बहादुर थापा, मधुसुधन थापा, नरेस खपाङ्गी, एन वि मगर, नेत्र के मगर, निर्मल थापा, राम गलामी, सोव रेगामी, तिल बहादुर थापा मगर, टोप पल्ली मगर, लाल पुन, अमित थापा(दार्जिलिङबाट) लगायतका महानुभाव सहभागी भएका थिए ।
वेलायत फान्ब्रोमा रहेको मगर भवनमा मगर संघ युकेका अध्यक्ष र साथीहरूबाट दीप प्रज्वलन गरेर सुरु भएको कार्यक्रममा विजय हितानले मास्टर मित्र सेनका व्यक्तित्व र कृतित्वमाथि प्रकाश पारेका थिए । वीरबहादुर थापा गाहाले मास्टर मित्र सेनको गीत "अब त जाम कान्छी घर ।।।।र मलाई खुत्रुक्कै पार्यो जेठान तिम्रो बैनीले"गीत प्रस्तुत गरेका थिए । मिन बहादुर रानाले "लाहुरेको रेलिमाइ"गीत प्रस्तुत गरेका थिए । त्यस्तै गोमा राना, नानू राना थापा, घन थापा लगायतले कविता वाचन गरेका थिए ।
मास्टर मित्र सेन स्मृति प्रतिस्ठान नेपालका अध्यक्ष गौ बहादुर आले मगरको प्रमुख आतिथ्य र मास्टर मित्र सेन साहित्य सङ्गीत सभा भाग्सुका अध्यक्ष साधना नेपाली आमाको र रवी राना विशिष्ट आतिथि रहेका थिए ।
मन्तव्यको क्रममा गौबहादुर आले मगर र सुसिला आमाले मास्टर मित्र सेनको विषयमा भए गरेका र आगमी योजनाहरू बारे प्रष्ट पारेका थिए । भारतीय मगर समाजका अध्यक्ष रवी रानाले मास्टर मित्र सेनबारे भए गरेका कामको विवरण सुनाउँदै साहित्य सिर्जना भन्ने अचेल बुज्रुकहरूको काम हो जस्तो भएको छ । नयाँ पिँढीमा साहित्य अध्ययन र सिर्जना गर्ने बानी बसाल्ने प्रयास गर्नुपर्ने सुझाव दिए।
कार्यक्रम मगर संघ युकेका अध्यक्ष सुनिल रानाको अध्यक्षता रहेको थियो भने मगर संघ युकेका महासचिव रुद्र थापाको सञ्चानल गरेका थिए ।