४ पुष, कञ्चन
राष्ट्रिय जनमुक्ति पार्टीले देशव्यापी रुपमा सञ्चालन गरेको जनता जागौं अभियान अन्तर्गत रुपन्देहीको कञ्चन गाउपालिकामा शनिवार एकदिने जनता जागौं अभियान सञ्चालन गरेको छ।
राष्ट्रिय जनमुक्ती पार्टी,कञ्चन गाउ कार्य समितिको आयोजनामा सञ्चालन भएको जनता जागौं अभियानमा राज्यबाट पछाडी पारिएका आदीवासी जनजाती, दलित, अल्पसंख्यक,मुस्लिम, थारु मधेसी जनताहरु आफ्नो हक अधिकारका लागि गाउ गाउबाट जाग्नु पर्ने उपस्थित वक्ताहरुले बताउनु भएको छ।
राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रिय सचिव तथा कार्यक्रमका प्रमुख अतिथि गिता सारु मगरले आदीवासी जनजाती, दलित, अल्पसंख्यक,मुस्लिम, थारु मधेसी लाई राज्यले जातिय र वर्णको आधारमा पक्षपात गरी राज्यको हरेक अंगहरुमा विभेद गरेकाले पछाडी पारिएका जनतालाई जगाउन राष्ट्रिय रुपमै जनता जागौं अभियान सञ्चालन गरिरहेको बताउनु भयो । अव वर्ण, जातिय र क्षेत्रिय रुपमा पछी परेका समुदायहरुको हक हितका लागि एकल जातिय राज्य व्यबस्था बिरुद्ध राजनैतिक रुपमै जागरुक हुनुको विकल्प नभएको बताउदै प्रमुख अतिथि सारुले जनता जागौं अभियानमा लाग्न समेत आग्रह गर्नु भयो ।
यसैगरी राष्ट्रिय जनमुक्ती पार्टीका पुर्व केन्द्रिय सदस्य भैरव थापा मगरले हाम्रो देश बहु जाति,बहुभाषिक र बहु सांस्कृतिक रुपमा सम्पन्न भएको सुन्दर देश भएपनि आदीवासी जनजाती,मधेसी,मुस्लिम तथा दलितहरुलाई राज्यले राजयको हरेक पहुंचबाट बञ्चित गराउदै आएका कारण गाउस्तरबाटै जनतालाई जगाउन पार्टीले सञ्चालन गरेको जनता जागौं अभियान सान्दर्भिक रहेको बताउनु भयो
राष्ट्रिय जनमुक्ती पाटी, रुपन्देही जिल्ला समिसितका अध्ययक्ष प्रेम बहादुर थापा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका केन्द्रिय सचिव मोहजिव अली, मगर महासंघका केन्द्रिय अध्यक्ष छत्र दर्लामी मगर, लुम्बिनी प्रदेश समितिका उपाध्यक्ष हरि ओम बि.क लगायतले बर्षौं देखि एकल जातिय तथा पहचिान बिरोधीहरुको सञ्चालित राज्यब्यबस्थाबाट बिरुद्ध आदीवासी जनजाती,मधेसी,मुस्लिम,थारु, पिछडा वर्गहरु गाउस्तरबाटै जाग्नु बिकल्प नभएको र आर्थिक, सामाजिक, राजनैतिक,शैक्षिक रुपमा पछाडी पारिएका समुदायले राजनैतिक रुपमा सचेत हुन जाग्न ढिला भईसकेको समेत बताउनु भयो ।
राष्ट्रिय जनमुक्ती पार्टी संघिय महासभा सदस्य गोपाल सिंह पुन मगर र पार्टीका शुभन्तिक तथा बयोबृद्ध बालकृष्ण घर्ति मगरलाई सममान गरिएको कार्यक्रममा राष्ट्रिय जनमुक्ती पार्टी जिल्ला सचिव यानु पुन मगरको सञ्चालन तथा राष्ट्रिय जनमुक्ती पाटी, कञ्चन गाउ कार्य समितिका अध्यक्ष पुर्ण बहादुर पुन मगरको स्वागतमा कार्यक्रम सम्पन्न भएको हो ।