२८ मंसिर,कञ्चन
पिपरीचापा महिला सामुदायिक बन उपभोक्ता समूह,कञ्चन ५, रुपन्देहीको १४ औं साधरण सभा सम्पन्न भएको छ। रुपन्देहीको सामुदायिक बन बिकासमा पिपरीचापा महिला सामुदायिक बन उपभोक्ता समूहको भुमिका अमुल्य रहेको र महिलाहरुको नेतृत्वमा संचालित सामुदायिक बनहरुले उपभोक्ताहरुको सामाजिम आर्थिक बिकासमा महत्वपुर्ण योगदान पुराउदै आएको साधारण सभाका प्रमुख अतिथि समेत रहनु भएका डिभिजन बन कार्यलय,रुपन्देहीका बन अधिकृत बोधराज सुवेदीले बताउनु भएको छ।
वडा नं. ५ का वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारी
प्रमुख अतिथि तथा डिभिजन बन कार्यलय,रुपन्देहीका प्रमुख सुवेदीले महिलाहरुले आफ्नो घरको चुलोचौको मात्र होईन हरियो बन संरक्षण गर्न पनि सबल छन भन्ने कुराको उदाहरण नै पिपरीचापा महिला सामुदायिक बन उपभोक्ता समूह भएको उल्लेख गर्नु भयो ।
बिशिष्ट अतिथि तथा वडा नं. ५ का वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारीले कञ्चनको सामाजिक, आर्थिक, भौतिक पुर्वाधार बिकास, शैक्षिक बिकासमा कञ्चनमा रहेका सामुदायिक बनहरुको भुमिका महत्वपुर्ण भएको उल्लेख गर्नु भयो । सामुदायिक बनले आफ्नो बिकास योजना तर्जुमा गर्दा स्थानिय सरकारको रुपमा रहेको वडा तथा गाउपालिकासंग समन्व गर्न सकियो भने एकै क्षेत्र र शिर्षकमा बजेट नदोहोरिने र हरेक कार्यहरुको जानकारी गाउपालिकालाई जानकारी गराउनु पर्ने वडा अध्यक्ष सुझाव दिनु भयो ।
कञ्चन सब डिभिजन बन कार्यलयका प्रमुख धनिश्वर न्यौपाने
यस्तै सामुदायिक बन उपभोक्ता महासंघ,रुपन्देहीका अध्यक्ष दिननाथ आचार्यले हरेक जिवित प्राणीहरुका लागि आवस्यक पर्ने अक्सिजन उत्पादनमा सामुदायिक बनहरुको भुमिका अमुल्य रहेको बताउनु भयो । मानिस बिना रुख बच्न सक्छ तर रुख बिना मानिस बाँच्न नसक्ने भएकोले जंगलको संरक्षण गर्नु आवस्यक रहेको बताउदै महासंघका अध्यक्ष आचार्यले अवैध चोरी तस्करी नियन्त्रणमा कार्य समिति मात्र नभई उपभोक्ताहरुको समेत सकृय सहभागिता रहनु पर्ने बताउनु भयो ।
डिभिजन बन कार्यलय,रुपन्देहीका प्रमुख बोधराज सुवेदीद्धारा शैक्षिक सामाग्री वितरण गर्दै
कार्यक्रममा कञ्चन सव डिभिजन बन कार्यलयका बन अधिकृत धनिशवर नयौपानेले २९ वटा मोटरसमइकल, ३ वटा बोलेरो गाडी र १ वटा ट्याक्टर सहित १ हजार भन्दा बढी अबैध काठहरुको बरामद गरी चोरी तस्करी निन्त्रणमा प्रयासरत भएको बताउनु भयो । पिपरीचाप महिला सामुदायिक बन उपभोक्ता समूहका संस्थापक अध्यक्ष गौरा थापा, रुद्रपुर सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष नाम बहादुर के.सी.उपभोक्ताहरुको तर्फबाट श्रीप्रसाद थापा, ज्ञानेदय आधारभुत विधालयका प्रधानाध्यापक रेनुका थापा लगायतले पिपरीचापा महिला सामुदायिक बन उपभोक्ता समूहले उपभोक्ताहरुको उपभोक्तामुखी कार्यक्रम अन्तर्गत आर्थिक उपार्जनमा बिभिन्न आयमुलक कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गरेका थिए ।
ज्ञानोदय आधारभुत विधालयका प्रधानाध्यापक रेनुका थापा
सभामा ज्ञानोदय आधारभुत विधालयका गरिव तथा जेहेन्दार ५० जना विधार्थीहरुलाई झोला र शैक्षिक सामग्री प्रदान गरिएको थियो भने पिरिीचापा महिला सामुदायिक बनको संस्थागत बिकासमा योगदान गर्ने समूह भित्रका ४० जना महिलाहरुलाई सम्मान समेत गरिएको थियो । समूहका उपभोक्ताहरुको आय आर्जन कार्यक्रम अन्तर्गत २० हजारका दरले १५ जनालाई पाडी पालन र १० हजार रुपैयाका दरले १५ जनालाई बाख्रा पालनका लागि अनुदान प्रदान गरेको समूहका अध्यक्ष कमला श्रीस पुनले जानकारी दिनु भएको छ। समूहका अध्यक्ष कमला श्रीस पुनले समूहको करिब ३४ लाख बराबरको आर्थिक तथा बार्षिक प्रतिबेदन प्रस्तुत गर्नु भएको सभामा समूहका उपाध्यक्ष जुना थापाले स्वागत गर्नु भएको थियो भने सचिव सरस्वती रानाले संचालन गर्नु भएको थियो । साधारण सभालो आगामी आर्थिक बर्ष २०७८/०७९ का लागि करिब ८१ लाख बराबरको कार्यक्रम तथा आय व्यय विबरण समेत अनुमोदन गरेको छ।
स्थानिय उपभोक्ता श्रीप्रसाद थापा