मंसिर २६,कञ्चन ।
एजेन्सी – पाकिस्तान सुपर लिग (पिएसएल) २०२१ को ड्राफ्टमा कुनैपनि नेपाली खेलाडी बिक्न सकेनन् । आइतबार सम्पन्न पिएसएल ड्राफ्टमा लेग स्पिनर सन्दीप लामिछाने सहित ११ खेलाडीले नाम दर्ता गराएपनि कुनैपनि फ्रेन्चाइज टोलीले अनुबन्धको ईच्छा देखाएनन् ।
सन्दीप प्लाटिनम श्रेणीमा ड्राफ्टमा थिए । प्लाटिनममा नबिकेको खण्डमा आफ्नो नाम गोल्ड श्रेणीमा पनि दर्ता गराएका थिए । तर दुबै श्रेणीमा सन्दीपलाई कसैले पनि किनेनन् । सुरुवाती श्रेणीमा नविकेपनि अन्तिम समयमा पूरक दुई दुई खेलाडी अनुबन्ध गर्न पाउने नियम थियो । पूरकमा पनि सन्दीपलाई कुनै टोलीले टोलीमा राख्न इच्छा देखाएनन् ।
विकेटकिपर विनोद भण्डारीले गोल्ड क्याटेगोरीमा नाम दर्ता गराएका थिए। गोल्डमा नबिकेमा सिल्भरमा आफ्नो नाम राखेका थिए । तर दुबै श्रेणीमा विकेनन् । सिल्भर विदेशी कोटामा सुशन भारी, सोमपाल कामी, साहब आलम, शरद भेषावकर, सुवास खकुरेल, ललित नारायण राजवंशी, पवन सरार्फ, वसन्त रेग्मी र विक्रम सोब थिए । तर कुनैपनि नेपाली खेलाडी अनुबन्ध हुन सकेनन् ।
सन्दीप लगातार तेस्रो पटक पिएसएलमा नविकेका हुन् । गतवर्ष सिल्भर विदेशी कोटामा उप कप्तान दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, कुशल मल्ल, पारस खड्का, अभिनाष बोहोरा, पवन सरार्फ, सुवास खकुरेल र आसिफ शेख पनि विकेका थिएनन् । सन्दीप वर्तमान समयमा अष्ट्रेलिया चर्चित बिग ब्यास लिग २०२१/२२ होबार्ट हरिकेन्सबाट खेलेका छन् । पिएसएल २०२२ आगमी २७ जनवरी देखि फेब्रुअरी २७ सम्म पाकिस्तानमा हुनेछ ।