१७ मंसिर, रुपन्देही ।
प्रत्येक वर्ष मार्ग शीर्षकृष्ण चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व आज मनाइँदैछ । त्रयोदशीका बिहीबार बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले आज पितृको सद्गतिको कामना गर्दै शतबीज छर्दैछन् । यस अवसरमा कञ्चन गाँउपालिकामा रहेको कञ्चन खोलामा पनि सतबिज छर्नका लागी भक्तजनको भिड लाग्ने गर्दछ । यस्तै आज देशका बिभिन्न शिबालय मन्दिर नदीको किनारहरुमा तोरण टार्ने र शतबिज छर्ने मेला लागिरहेको छ। यो मेलामा यस बर्ष उत्पादन भएका धान, मकै, कोदो, गहु, जौ, फापर लगायतको मिश्रण बनाएर नदीको किनार र मेला स्थलमा छर्ने गरिन्छ । त्यसदिन काठमाण्डौमा रहेको पशुपति क्षेत्रमा पनि शतबिज छरिन्छ।
बाला चतुर्दशीलाइ विशेष गरि मृत बुवा आमा तथा आफ्ना सन्तान र पितृहरुका सम्झनामा तोरण तार्ने र विभिन्न अन्नबालीहरुको मिश्रण बनाएर नदिको किनार वा मेला स्थलमा शतबिज छर्ने दिनको रुपमा मनाइएने गरिन्छ।यसरी शतबिज छर्नाले मृत पितृहरुको आत्मामा शान्ति प्राप्त हुने र पितृहरुको आशिर्वादले अर्को बर्षमा पनि अन्नबाली राम्रो हुने जनबिश्वास छ। शतबिजमा अन्नहरुको मिश्रण बनाएर छर्ने गरिन्छ। शतबिज छरेपछि बेलाबेलामा गोडमेल पनि गर्नु पर्ने मान्यता रहदै आएको छ।
बालाचतुर्दशीको अघिल्लो रात बिहीबार दिवङ्गत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजन आएर रातभर जाग्राम बस्ने गर्दछन । बिहीबार रातभर दीपदान गरी बसेका भक्तजनले आज बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाउने गर्दछन । आफ्नो परिवार भित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै रुपन्देहीको कञ्चन खोला लगायत १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ । बालाचतुर्दशीको पूर्वसन्ध्या मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन राति भक्तजनले पशुपतिनाथको मन्दिरवरपर बसी दिवङ्गत आत्माका नाममा महादीप बाली भजन कीर्तन र लोक झाँकी प्रस्तुत गरी रात बिताउँछन् ।
शतबीज भनिएपनि हाल सप्तबीज धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो० छर्दै मृगस्थलीमा रहेका बहिरा गणेश नजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवङ्गत आत्माले पाउने गरी सन्देश पु¥याउन अनुरोध गरिन्छ । यहि अवसरमा कञ्चनमा बिभिन्न कार्यक्रम भईरहेका छन , भने बालाचतुर्दशी भैरमघाट मेला पनि लाग्दैछ ।