६ मंसिर,कञ्चन
नेपाली कांग्रेसको आसन्न १४ औं महाधिबेसनका लागि रुपन्देही क्षेत्र नं. ५ को क्षेत्रिय अधिबेसन सम्पन्न भएको छ। अधिबेसनले वसिउल्लाह मुसलमानको सभापतित्वमा २२ सदस्यिय नयाँ कार्य समितिको सर्बसम्मत निर्वाचित गरेको छ।
अधिबेसनले अशोक कुमार गोस्वामी र कृष्ण प्रसाद शर्मा(पवन)लाई क्षत्रिय सचिवमा तथा हरि प्रसाद घिमिरे र चिरञ्जिवी खनाललाई सह सचिवमा सर्बसम्मत निर्वाचित गरेको छ। यसैगरी खुल्ला महिला तर्फ जानकी पौडेल, दल कुमारी आले र उषा खत्रीलाई निर्वाचित गरेको नेपाली कांग्रेस १४ औं महाधिबेसन निर्वाचन मण्डलका प्रमुख निर्वाचन अधिकृत नुरजंग के.सी.ले जानकारी गराउनु भएको छ। निर्वाचन अधिकृत के.सी.ले दिनु भएको जानकारी अनुसार खुल्ला पुरुष तर्फ भोजराज पाण्डे, राम औतार यादव, दोर्णाचार्य ज्ञवाली, पारस पाण्डे, अवु वकर शेख निर्वाचित हुनु भएको छ ।
यस्तै समाबेसी मधेसी महिला तर्फ गौरी डुबे, आदिवासी जनजाती तर्फ टिका बहादुर पुन, खस आर्य तर्फ बिष्णु प्रसाद कोइराला, दलित तर्फ सुभावती धवल, मधेसी तर्फ सुख्खु मल्लाह, आरक्षण महिला तर्फ विना खडका र अल्पसंख्यक अपांग तर्फ रामनेवास धवल क्षेत्रिय समितिमा सर्बसम्मत अधिबेसनबाट निर्वाचित भएका छन।
यसैगरी अधिबेसनले रुपन्देही क्षेत्र नं. ५ का प्रतिनीधि सभा सदस्य भरत कुमार शाह सहित २५ जनालाई महाधिबेसन प्रतिनिधीको रुपमा पठाउने सर्बसम्मत गरेको छ । अधिबेसनबाट महाधिबेसन प्रतिनीधिमा खुल्ला तर्फ भरत कुमार शाह, फखरुद्धिन खाँ, बिष्णु पोख्रेल, देबी कंडेल, सजरुद्धिन खाँ, कमल भुषाल, तारानाथ बेलवासे, भुवन कुमार गौतम, खिमानन्द खनाल, चाम बहादुर थापा सर्बसम्मत निर्वाचित हुनुभएको छ।
यस्तै खुल्ला महिला तर्फ अनिता ढुंगाना शाह, लिला कुमारी पौडेल, शारदा गौतम र तुल्सा भुसाललाई अधिबेसनले सर्ब सम्मत गरी निर्वाचित गरेको छ भने समाबेसी तर्फ दिलमाया अर्याल (खस आर्य महिला), लक्ष्मी चौधरी (थारु), पुष्पा उपाध्याय (मधेसी महिला), अनिता धोबी (दलित महिला), देबी प्रसाद शर्मा जैसी (खस आर्य पुरुष), राज कमुार सिंह (मधेसी पुरुष), शेषमान यादव (मधेसी पुरुष), पुर्ण बहादुर बि.क. (दलित), टेक बहादुर गुरुंग (आदीबासी जनजाती), फिरोज अहमद (अल्पसंख्यक मुस्लिम) र कल्पना ढकाल (अपांग)लाई अधिबेसनले महाधिबेसन प्रतिनीधिको रुपमा सर्बसम्मत गराई निर्वाचित गरेको नेपाली कांग्रेस १४ औं महाधिबेसन निर्वाचन मण्डलका प्रमुख निर्वाचन अधिकृत नुरजंग के.सी.ले जानकारी गराउनु भएको छ।