कात्तिक २६,कञ्चन ।
सहिद स्मारक ए डिभिजन लिगका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले साधारणतर्फ टिकट दर १ सय रुपैयाँ राखेको छ ।
एन्फाले शुक्रबार दशरथ रंगशालामा पत्रकार सम्मेलन राख्दै लिगको तयारी र ढांचाबारे जानकारी दिएको हो । महासचिव इन्द्रमान तुलाधरले साताको अन्त्यमा मात्र खेल हुने र फ्लड लाइटमा खेल खेलाउने जानकारी दिए । लिगको पहिलो खेल मंसिर ३ गते हुँदैछ । पहिलो खेलमा नवप्रवेशी सातदोबाटो युवा क्लब र फ्रेन्ड्स क्लब खेल्नेछन् ।
‘हामीले विकेन्ड (सप्ताह अन्त)मा खेल राखेर फुटबल संस्कृति विकास गर्न खोजेका छौं । दर्शकको उपस्थितिलाई ध्यानमा राख्दै फ्लड लाइटमा पनि खेल हुनेछ । फागुन दोस्रो सातासम्म लिग चल्नेछ । टिकट दर साधारणतर्फ १ सय र भीआइपीमा ५ सय तोकिएको छ,’ उनले भने । रंगशालामा खेलहरु कोभिड प्रोटोकलका साथ पूर्ण दर्शक क्षमतामा हुने उनले बताए । टिकट दर सबै भेन्युमा एकैनास हुने एन्फाले जनाएको छ ।
रेफ्री डिपार्टले पनि एक दिनमा तीन खेल खेलाउन गाह्रो हुने बताएका कारण दिनमा दुई खेल हुने एन्फाले जनाएको छ । लिग केही दिनपछि सर्नुको प्राविधिक कारण भनेको फ्लड लाइट फुटबलको बिकास गर्ने उद्देश्य हो । विकेन्ड कल्चरको डेभलप गर्ने उद्देश्य रहेकाले ३ गतेलाई तय गरिएको महासचिव तुलाधरले बताए ।
पोखरामा खेल भएको खण्डमा भने लिग लम्बिन सक्नेछ । लिग निर्देशक संजिव मिश्रले सामुहिक रुपमा क्लबहरु राजी भएमात्र लिगमा केही परिवर्तन आउने बताए । ‘हामीले पोखरामा पनि केहि खेल गर्ने तयारी गरेका छौं । त्यसो हुँदा एक साताजति लम्बिन सक्छ । एक क्लबले मात्र भनेर भन्दापनि सबै राजी हुनुपर्छ । अन्तिम चरणमा एकै समयमा ४ खेल गर्नुपर्ने अवस्था पनि हुन सक्छ,’ उनले भने ।
सिंगल राउन्डको लिगमा १३ चरण र ९१ खेल हुनेछ । यसपटक पुछारका दुई टोली रेलिगेसनमा पर्नेछन् । लिग विजेता टोलीले ७५ लाख, उपविजेताले ५० लाख तथा २५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
२०५२ देखिको लिगमा ५ विधामा पुरस्कार दिदै आएको यसपटक व्यक्तिगत विधा भन्दा उत्कृष्ट गोलरक्षकलाई गोल्डेन ग्लोभ्स र २ लाख, गोल्डेन बुट (सर्वाधिक गोलकर्ता) मोस्ट भ्यालुएवललाई ३ लाख र राइजिङ प्लेयरलाई १ लाख ५० हजार रुपैयाँ प्रदान गरिने छ ।
यस्तै प्याराफिटमा रिफ्रेसमेन्टको स्टल राख्ने योजना भइरहेको र यसबारेमा राष्ट्रिय खेलकुद परिषद (राखेप) सँग छलफल भइरहेको र उनीहरु सकरात्मक रहेको महासचिव तुलाधरले बताए ।
कतार एयरवेजले मुख्य प्रायोजनवापत् १ करोड ५० लाख प्रदान गर्नेछ । यसपालीको लिगको बजेट ६ करोड ५० लाख रुपैयाँ अनुमान गरिएको छ । लिग पोखरा लगेको अवस्थामा बजेट बढ्न सक्ने एन्फाले जनाएको छ । पहिलो खेल सुरु हुने बित्तिकै सबै खेलाडी तथा फिसियलको पीसीआर परिक्षण गरिने र सबै खर्च एन्फाले बेहोर्ने छ । क्लब र खेलाडीलाई आर्थिक भार नपारिने एन्फाले जनाएको छ ।
लिग निर्देशक मिश्रले धेरै वर्ष अघिदेखि लिगको ढाचा परिवर्तन गर्ने सोचिरहेको र यो वर्षदेखि केही परिवर्त हुने बताए । शुक्रबार र शनिबारका दुवै खेल दशरथ रंगशालामा हुनेछ । आइतबार र सोमबार एन्फा, च्यासल र पोखरामा खेल हुने सम्भावना छ । यो केन्द्रमा बेस भएको प्रतियोगिता हो । होम एन्ड अवे होइन ।
माघ २ सम्म ९ राउन्डको खेल सकाउनेछौं । माघ १० देखि १८ सम्म फिफा डे रहेको छ । त्यो मितिमा लिग नहुने । अन्तिम चार राउन्डको खेल दुई म्याच डे मा सकाइनेछ । मोफसलका प्रतियोगितलाई पनि प्राथमिकतामा राखिने स्वीकृति दिइनेछ । गोल्डकपमा १० क्लब भएको अवस्थामा ६ ए डिभिजन टोली अनिवार्य हुनुपर्ने प्रावधान राखिने एन्फाले जनाएको छ ।
चर्चामा रहेको राष्ट्रिय लिग ‘ए’ डिभिजन लिगको अन्त्यपछि गरिने एन्फाले जनाएको छ । जसमा गत सिजनको शीर्ष ६ टोली र मोफसलको चार टोलीले सहभागिता जनाउने छ । सात दिन अघि ट्रान्सफर विन्डो खोल्ने र लिग सकिएको एक सातापछि लिग आयोजना गरिनेछ ।