३ जेठ,कञ्चन
कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि जेठ ३ गते बिहान ६ बजे देखि जेठ ५ गते राती १२ बजेसम्म कञ्चन गाउपालिकामा लागू गरिएको सिलबन्दीलाई कडाईका साथ कार्यानवयन गर्न गराउन युवाहरुको परिचालन गरिने भएको छ।
कञ्चन गाउपालिकामा कृयाशिल विभिन्न युवा क्लव,आमा समूह तथा टोल बिकास संस्थाहरुको बैठकले कञ्चनमा प्रबेश गर्ने सिमा नाकाहरुमा युवदस्ता बनाई गाउपालिकाको सिमामा युवा परिचालन गर्ने निर्णय गरेको हो।युवा क्लवका प्रतिनीधिहरुलाई सम्बोधन गर्दै कञ्चन गाउपालिकाका अध्यक्ष तथा बिपद ब्यबस्थापन समितिका संयोजक गोकर्ण बहादुर क्षेत्रीले गएको दुई महिनाका बिचमा भएको लकडाउनलाई प्रभावकारी बनाउन युवाहरुद्धारा भएको सहयोग र भुमिका निकै उल्लेखनिय रहेको बताउदै अवको जेठ ५ गते सम्मको गाउपालिका शिलबन्दीलाई पनि प्रभावकारी बनाउन युवा क्लवहरुको सहयोग महत्वपुर्ण हुनेमा बिश्वास गर्नु भएको छ। कोरोना भाइरसको सम्भाबित संक्रमणलाई रोकथाम र न्युनिकरण गर्न गरिएको गाउपालिका शिलबन्दीको समयमा कुनै पनि अधिकृत रुपमा कुनै नि ब्यक्ति र सवारी साधनहरुलाई गाउपालिकामा प्रबेश नगराउन सुरक्षाकर्मीहरुले सम्भव नभएकोले सुरक्षा ब्यबस्थापनलाई अझ प्रभावकारी बनाउन गाउपालिकाको सिमानाकाहरुमा युवाहरुको परिचालनका लागि सहयोग गर्नुपर्ने बताउनु भएको छ।
आफ्नो गाउपालिकामा कोरोना भाइरसको सम्भावित संक्रमणलाई रोकथाम गर्न गाउपालिकालाई सहयोग गर्नु पर्ने युवाहरुको दायित्व भएकोले कञ्चन गाउपालिकाको समन्वयमा गाउपालिका प्रबेश गर्ने सिमाहरुमा आलोपालो गरेर अनधिकृत ब्यक्ती र सवारी साधनहरुलाई प्रबेश निषेध गर्नमा सहयोग गर्न प्रतिबद्ध रहने क्लबका प्रतिनिधिहरुले बताएकाछन।
लकडाउनको पुर्ण रुपमा पालना गर्न गराउन सुरक्षा प्रशासनको निगरानी र गस्ती गर्ने कार्यलाई प्रभावकारी बनाउन र सुरक्षा प्रशासनलाई स्थानिय क्षेत्रमा समन्वय र सहजिकरण गर्नको लागि स्थानिय युवाहरुको भुमिका महत्वपुर्ण भएकोले स्वयम् सेबक परिचालनका लागि ईलाका प्रहरी कार्यलय,रुद्रपुरका प्रहरी निरिक्षक ईन्द्रप्रसाद चौधरीले विशेष आग्रह गर्नु भएको छ।
सिमा क्षेत्रमा स्थानिय युवा क्लब र टोल बिकास संस्थाहरुको समन्वयमा सिमा बन्द गर्नमा सहजिकरण गरि लकडाउनलाई पुर्ण रुपमा लगाउन कञ्चनका युवाहरु एक्यबद्धता जनाई आजैबाट स्थानिय युवा क्लवहरुले आलोपालो गरेर गस्ती गरिसकेका छन ।
कार्यक्रम सुनगाभा सामुदायिक बिकास केन्द्र,कञ्चन४,रुपन्देहीको समन्वयमा भएको बैठकमा लाली गुरांस युवा क्लव,एकता यवा क्लव,लायन्स क्लव अफ कञचन हरैया,गौतम बुद्ध युवा क्लव,प्रगतीशिल युवा क्लव,चेतनशिल युवा क्लव,अस्नैया युवा क्लव,नेपाल रेडक्रस सोसाइटी,कञ्चन उपशाखाका प्रतिनीधिहरुको सहभागित रहेको थियो भने बैठकमा रिभरसाइड युवा क्लवको उपस्थिती नभएको भएपनि गाउपालिकाले दिएको जिम्मेवारीलाई आफ्नो दायित्वको रुपमा कार्य गर्ने गराउने प्रतिबद्धता जनाएको छ।
क्वारेन्टाइन सुरक्षाका लागि म्यादी प्रहरी
कञ्चन गाउपालिकाले गाउपालिकाको क्वारेन्टाइनमा रहेकाहरुको सुरक्षाका लागि दैनिक १६ जना म्यादी प्रहरीको ब्यबस्थापन गरेको छ ।स्थानिय तहमा रहेको सुरक्षा प्रशासनले अन्य क्षेत्रहरुमा समेत गस्ती र अनुगमन गर्नु पर्ने र क्वारेन्टाइनमा रहेका ब्यक्तिहरु अनधिकृत रुपमा बाहिर निस्केर भाग्न सक्ने भएकोले संक्रमणकालिन स्थानिय सुरक्षा ऐन अन्तर्गत म्यादी प्रहरीको ब्यबस्था गरी क्वारेन्टाइन सुरक्षाको लागि परिचालन गरिएको कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले जानकारी गराउनु भएको छ ।कञ्चनमा निर्माण गरिएको बिभिन्न क्वारेन्टाइनहरुमामा छिमेकी देश भारतबाट आएका रुपन्देही, कपलिबस्तु,सुनसरी,पाल्पा,गुल्मी लगायतका १२२ जना रहेका छन ।
गाउपालिकाद्धारा ब्यबस्थापन गरिएका १६ जना म्यादी प्रहरीहरुलाई कञ्चनमा रहेको हरैया बहुमुखी क्याम्पस,रुद्रपुर माध्यमिक बिधालय,लुम्बिनी ज्ञाननिकेटन माध्यमिक बिधालय र प्रगती माध्यमिक बिधालयमा रहेको क्वारेन्टाइनमा ४४ जना खटाइएको छ । क्वारेन्टाइन सुरक्षाका लागि हिजो शुक्रबार बसेको बिपद ब्यबस्थापन समितिको बैठकद्धारा म्यादी प्रहरीको ब्यबस्था गर्ने निर्णय गरेको थियो ।