२ जेठ,कञ्चन
कञ्चन गाउपालिका पनि जेठ ३ गते बिहान ६ बजे देखि ५ गते राती १२ बजेसम्म शिल हुने भएकोछ।कञ्चन गाउपालिकाका अध्यक्ष तथा कञ्चन बिपद ब्यबस्थापन समितिका संयोजक गोकर्ण बहादुर क्षेत्रीको अध्यक्षतामा ५ वटै वडा अध्यक्षहरु,स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरु,कार्यपालिका सदस्यहरु,सुरक्षा प्रशासनका प्रतिनीधीहरु,सुनगाभा सामुदायिक बिकस केन्द्रका प्रतिनीधि तथा संचारकर्मीहरुको सहितको उपस्थितीमा बसेको बैठकले कोरोना भाईरसको सम्भावित संक्रमणलाई रोकथाम तथा नियन्त्रणका लागि छिमेकी पालिकाहरुसंगको आवात जावत पुर्ण रुपमा रोक लगाउने गरि कञ्चनमा प्रबेश गर्ने सम्पुर्ण नाकाहरुमा शिल गर्ने निर्णय गरेको हो।
जिल्ला प्रशासन कार्यलय रुपन्देहीको सुरक्षा समितिको बैठकबाट कञ्चन गाउपालिका सहित कोरोना भाइरस संक्रमणबाट उच्च जेखिम भएका नेपाल भारत सिमा क्षेत्रका स्थानिय पालिका र गैडहवा गाउपालिका समेत शिल गर्ने गरेको निर्णयलाई कञ्चन गाउपालिकाले अनुमोदन गरेको हो।
आजको बैठकले सिलबन्दीको बेला औषधी पसल,भेटनरी पसल,एम्बुलेन्स,दुध र दुधजन्य पदार्थ,कञ्चन भित्रका तरकारी जन्यबस्तु,अत्यावस्यक पेट्रोलियम पदार्थको आवागमन बाहेक सम्पुर्ण गतिबिधीमा पुर्णरुपमा रोक लगाउने निर्णय गर्दै आगामी आगामी जेठ ५ गते राती १२ बजेसम्म कञ्चन गाउपालिकालाई सिल गर्ने निर्णय भएकाृ कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले जानकारी गराउनु भएको छ।
गाउपालिका गरिएको सिललाई कडाइका साथ लागु गर्न कञ्चन गाउपालिका प्रबेश गर्ने सिमानाकाहरुमा भुतपुर्ब प्रहरी,आर्मी तथा म्यादी प्रहरीहरुबाट छनौट गरि परिचालन गर्ने गराउने र क्वारेन्टाईनको सुरक्षा ब्यानस्थापनको लागि म्यादी प्रहरीको ब्यबस्था गर्ने निर्णय भएको अध्यक्ष क्षेत्रीले बताउनु भएको छ।
यस्तै गाउपालिका प्रबेश गर्ने नाकाहरुमा कञ्चनमा रहेका बिभिन्न युवा क्लब,आमा समूह,टोल बिकास संस्थाहरुसंग समन्वय गरि स्वयमसेवक परिचालन गर्ने र कञ्चन गाउपालिका भित्र मात्र दुध र दुधजन्य पदार्थ,तरकारीजन्य बस्तुहरु,अत्यावस्यक दैनिक उपभोगिय बस्तुहरु र पेट्रोलियम पदार्थहरुको बिक्री बितरण बिहान ६ बजे देखि बिहान ८ बजे सम्म र दुध तथा दुधजन्य पदार्थहरुको मात्र बिक्री बितरण सांझ ४ बजे देखि ५ बजेसम्म सामाजिक दुरी कायम गराई खुल्ला गर्ने निर्णय भएको समेत कञ्चन गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद पन्थीले जानकारी दिनु भएको छ ।
कञ्चन गाउपालिका भित्र उत्पादन भएका तरकारीजन्य बस्तुहरुको बिक्री बितरणमा कञ्चन गाउपालिकाका स्थानिय कृषक तथा तरकारीजन्य ब्यबसायीहरुबाट बिहान ६ बजे देखि बिहान ८ बजे सम्म २ घण्टामा सामाजिक दुरी कायमगरी खरीद बिक्री गर्न गराउन समेत प्रमुख प्रशासकिय अधिकृत पन्थीले जानकारी दिनु भएको छ । शिलबन्दीको समयमा अटेरगरी अनधिकृत रुपमा आवत जावत गरे गराएको पाइए प्रचलित कानुन बमोजिम कार्बाही हुने बताउदै सुरक्षा गाडी,दुधजन्य पदार्थ ओसार पोसार गर्ने गाडी,एम्बुलेन्स र पेट्रोलियम पदार्थ बोक्ने गाडीहरु बाहेक अन्य सवारी साधनहरु कुनैपनि बहानामा संचालन गरेको पाइएमा पनि ती गाडीहरु सुरक्षाबल प्रयोग गरी जफत गरिने प्रमुख प्रशासकिय अधिकृत पन्थीले जानकारी दिनु भएको छ ।
बिश्वभर महामारीको रुपमा फैरिहेको कोरोना भाइरसको सम्भाबित संक्रमणलाई रोकथाम तथा न्युनिकरण गर्न र कञ्चन भित्रको अवागमनलाई पुर्णरुपमा रोक लगाउन स्वयमसेवक परिचालनका लागि कञ्चन गाउपालिकामा क्रियाशिल बिभिन्न युवा क्लव,आमा समूह र टोल बिकास संस्थाहरुको समन्वयमा सिमानाकाहरुमा स्वयमसेवक दस्ता बनाउने र प्रत्येक क्वारेन्टाइनमा ४ जनाको दरले भुतपुर्ब प्रहरी,सेना तथा म्यादी प्रहरीहरुलाई भर्ना गरी कवारेन्टाइन सुरक्षाको ब्यबस्थापन गर्ने समेत निर्णय भएको कञ्चन गाउपालिका वार्ड नं. ५ का वडा अध्यक्ष तथा कञ्चन गाउपालिकाका प्रबक्ता कृष्ण प्रसाद अधिकारीले जानकारी दिनु भएको छ ।
छिमेकी गाउपालिका गैडहवामा कोरोना संक्रमण देखिएपछि कञ्चन गाउपालिका पनि कोरोना संक्रमणको उच्च जोखिममा भएकोले गाउपालिकालाई पुर्ण रुपमा शिल गर्नु पर्ने आम कञ्चनवासीहरुको सल्लाह सुझाव अनुसार र बिषम परिस्थितीलाई मध्यनजर गर्दै कञ्चन गाउपालिकालाई शिल गरिएको र गाउपालिकामा गरिएको शिललाई पुर्ण रुपमा पालना गर्न गराउन आम कञ्चनवासीको सहयोगको महत्वपुर्ण भुमिका हुने भएकोले आम कञ्चनवासीलाई आफ्नो गाउ तथा क्षेत्रमा कुनैपनि अनधिकृत ब्यक्ति तथा सवारी साधनहरुको आवगमनलाई रोक लगाउन एक जुट हुन समेत कञ्चन गाउपालिकाका अध्यक्ष क्षेत्रीले आग्रह गर्नु भएको छ ।