देश चिन्ने मौका किन दिइएन्
अबोध चेतनाको जग नै
हाइ, हेलो, ममी, बाबा भन्दै शुरु भयो
स्कुले जीवनको प्रारम्भ नै ए, बि, सी, डी बाट गरियो
चेतनास्तर बढ्दै जाँदा
अल्बर्ट आईस्ट्यान र मेडम क्युरी लाई पढिँयो
विकास र राम्रा कुरा विदेशमै हुन्छ भन्ने बुझियो
प्लस टु पढ्दा पढ्दै युरोप र अमेरिका जान तयार भईयो
हुर्कदै जाँदा नेपाल बस्ने हैन भन्ने संस्कार सिकाइयो।।।
युवा अवस्थामा विदेसियो
संघर्ष गर्दा गर्दै
मन मुटु उतै जोडियो
मातृभूमिको चिन्ता सधै लिए सरी
आदर्श सन्तान भइ
फेसबुकको भित्तामा
राष्ट्रियताको भाव
बेस्सरी नै पोखियो।।।
भौतिक रुपमा
नेपाल र नेपालीको साथ दिन नसक्ने गरी
घर, परिवार, समाज र राष्ट्रले टाडा बनाईदियो
विदेशी भूमिमा बसेर
सीमाना छिमेकीले मिच्यो रे
हाम्रो लिपुलेकलाई
उसले आफ्नो भन्यो रे भन्ने समाचार
सुन्न बाध्य बनाइदियो।।।
बालापन देखि विदेशीएको मन
विदेशिएको भावना भए पनि
राष्ट्रियता र स्वाधिनताको सवालमा
घरि घरी नेपालीपन छछल्किन्छ
नेपाली मन कुंडिएर भरिन्छ
मातृभूमिबाट टाँडिएको मन कहां पो रमाऊँछ
घरी घरी नेपाल फर्कौ कि भन्ने भाव पलाऊँछ।।।
विदेशमा बस्नेले
फेसबुके राजनिति गरे भनेको सुन्दा र देख्दा
मलाइ सोध्न मन लाग्छ
शिक्षक शिक्षिकालाई,
विकासको सहि अर्थ किन पढाइएन्
हाम्रो मौलिकता किन भनिएन्
मलाइ सोध्न मन लाग्छ
बाबा आमालाई,
र देशको बागडोर सँहाल्नेलाई
हामीलाई देश चिन्ने मौका किन दिइएन्
जन्मे देखि नेपाली हुन किन सिकाइएन्।।।
(लेखक काफ्ले उधोग बाणिज्य तथा आपूर्ति मन्त्रालयमा प्रमुख लेखा नियन्त्रक हुनुहुन्छ)