९ कार्तिक, कञ्चन ।
- तारा पौडेल
मनका सबै रहरहरु मेटाउने चाहा भएर हो,
तिम्लाई आफ्नै ठानेको तिमी आहा भएर हो ।।
रुपको मात्र होईन मनको पनि स्वच्छ छौ रे तिमी,
मनैदेखी स्विकारेको मलाई यो थाहा भएर हो,
छन त धेरै छन मलाई नै किन रोज्यौ भन्छौ होला,
मनमा बस्ने तिमी मात्रै बादशाह भएर हो ।।
नभनी सकिन भनिहाले, रिसायौ कि तिमी ?
कतै अर्कैले लैजान्छ कि भन्ने डाहा भएर हो ।।
चल्छ जिन्दगी सधैभरी सास भएमा,
पुरा हुन्छ सपना सबै आश भएमा ।।
रहन्थ्यो होला सबै पल रमाईलो,
तर, पिडा बन्छ जिन्दगी बकवास भएमा ।।
जिवन जिउने पनि अर्काको लागी रे,
चल्छ भन्छन जिन्दगी कोही खास भएमा ।।
हाँसी हाँसी बाँच्थे होला सबै सधैभरी ,
यदी फेल नभई जिन्दगी पास भएमा ।।