कात्तिक ४,कञ्चन ।
एजेन्सी – युइएफए च्याम्पियन्स लिगमा इटालियन क्लब युभेन्ट्सले समूह चरणमा लगातार तेस्रो जित निकाल्दा रसियन क्लब जेनिथ सेन्ट पिटर्सवर्गलाई पराजित गरेको छ ।
युभेन्ट्सले घरेलु टोलीलाई १–० ले पराजित गरेको हो । युभेन्ट्सले घरेलु टोली जेनिथमाथि बल पोसेसनमा दवाव बढाएपनि गोलको लागि खेलको अन्तिम समय नै कुर्नुपरेको थियो । निर्धारित समयको खेल सकिन चार मिनेट बाँकी रहँदा डिजान कुलुसेभ्स्कीले गोल गर्दै युभेन्ट्सलाई ३ अंक दिलाए ।
यो जितपछि समूह चरणमा शतप्रतिशत तेस्रो जित निकालेको युभेन्ट्स ९ अंक जोडेर शीर्षस्थानमा रहेको छ । दोस्रो स्थानमा रहेको चेल्सीको ६ अंक छ । पराजित जेनिथ ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । माल्मो अंकविहीन हुदै पुछारमा छ ।
समूह ‘जी’ को खेलमा अष्ट्रियन क्लब साल्जवर्गले जर्मन क्लब वल्फवर्गलाई ३–१ ले पराजित गरेको छ । साल्जवर्गको जितमा नोआ ओकाफोरले दुई तथा करिम यडियमीले एक गोल गरे । वल्फवर्गका लुकास मेचाले एक गोल फर्काए ।
अर्काे खेलमा फ्रान्सेली क्लब लिल र स्पेनिस क्लब सेभियाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । यो नतिजापछि साल्जवर्ग ७ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । सेभिया ३ अंक जोडेर दोस्रो तथा लिल २ अंक जोडेर तेस्रो स्थानमा रहँदा वल्फवर्ग २ अंक जोडेर चौथो स्थानमा रहेको छ ।
अन्य नतिजा
समूह ‘ई’ – बार्सिलोनाविरुद्ध डेनामो किएभ (१–०) र बेन्फिकाविरुद्ध बायर्न म्युनिख (१–४)
समूह ‘एफ’ – म्यानचेस्टर युनाइटेडविरुद्ध एटलान्टा (३–२) र योङ ब्वाइजविरुद्ध भिल्लारियल (१–४)
समूह ‘जी’ – साल्जवर्गविरुद्ध वल्सवर्ग (३–१) र लिलविरुद्ध सेभिया (०–०)
समूह ‘एच’ – चेल्सीविरुद्ध माल्मो (४–०) र जेनिथविरुद्ध युभेन्ट्स (०–१)