कात्तिक ३,कञ्चन ।
एजेन्सी – युइएफए च्याम्पियन्स लिगमा आज (बुधबार) राति इंग्लिस क्लब म्यानचेस्टर युनाइेटडले घरेलु मैदानमा इटालियन क्लब एटलान्टासँग प्रतिस्पर्धा गर्दैछ ।
खेल ओल्ड ट्राफोर्डमा नेपाली समयअनुसार राति १२ः४५ बजे हुनेछ । घरेलु मैदानमा हुने खेलमा युनाइटेड शीर्षस्थानमा रहेको एटलान्टालाई हराउने लक्ष्यमा मैदान उत्रनेछ । एटलान्टालाई हराउन सके युनाइटेड शीर्षस्थानमा उक्लनेछ । यि दुई टोली पहिलोपटक भिड्न लागेका हुन् ।
यद्दपि योङ ब्वाइजको नजिताले पनि युनाइटेडको शीर्षतामा भर पर्नेछ । सोही समयमा यही समूह ‘एफ’ को अर्काे खेलमा योङ ब्वाइज र भिल्लारियलबीच प्रतिस्पर्धा हुनेछ ।
टोलीसँग क्रिस्टियानो रोनाल्डो, मार्कुस रासफोर्ड, मासन ग्रीनवुड, ब्रुनो फर्नान्डेस, फ्रेड, स्कट म्याकटोमिने, लुका सा, ह्यारी मगाएर, भिक्टर लिन्डेलफ, डिएगो डालोट र गोलरक्षक डेभिड हे गेया रहेका छन् । यस्तै जाडोन सान्चो, पल पोग्वा, नेमान्जा माटिच, आरोन वान विशाखा, जेसे लिंगार्ड र डोनी भान डि विक पनि टोलीमा रहेका छन् ।
यता, एटलान्टा पनि घरेलु टोली युनाइटेडलाई हराउँदै आफ्नो शीर्षतालाई यथावत राख्दै च्याम्पियन्स लिगको नकआउट चरणको बाटोलाई थप सहज बनाउने लक्ष्यमा हुनेछ ।
टोलीसँग डुभान जापटा, रुस्लान मालिनोभ्स्की, मारियो पासालिस, जोआकिम माइल, मार्टिन डि रुन, रेमो फ्रिउलेर, डाभिड जापाकोस्टा, मेरिह डेमिरल, जोश लुइस पालोमिनो, माटियो लोभाटो र गोलरक्षक जुआन मुस्सो रहेका छन् ।
अन्य खेल
समूह ‘ई’ – बार्सिलोनाविरुद्ध डेनामो किएभ (राति १०ः३० बजे) र बेन्फिकाविरुद्ध बायर्न म्युनिख (राति १२ः४५ बजे)
समूह ‘एफ’ – म्यानचेस्टर युनाएटेडविरुद्ध एटलान्टा (राति १२ः४५ बजे) र योङ ब्वाइजविरुद्ध भिल्लारियल (राति १२ः४५ बजे)
समूह ‘जी’ – साल्जवर्गविरुद्ध वल्सवर्ग (राति २२ः३० बजे) र लिलविरुद्ध सेभिया (राति १२ः४५ बजे)
समूह ‘एच’ – चेल्सीविरुद्ध माल्मो (राति १२ः४५ बजे) र जेनिथविरुद्ध युभेन्ट्स (राति १२ः४५ बजे)