३० असोज, कतार ।
कतारमा स्थापित दुई साहित्यिक संस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज र नवोदित साहित्यिक वाचनालयको ११७औं डबली आज १५ अक्टोबर २०२१ मा सम्पन्न भएको छ। कोरोना महामारीका कारण लामो समय भौतिक रूपमा कार्यक्रम हुन नसकिरहेको अवस्थामा शुक्रबार सो कार्यक्रम पहिलो पटक आयोजना भएको हो। नेपालीहरूको महान पर्व दशैँको दिन टिका ग्रहण गरि उक्त कार्यक्रम टेस्ट वे रेष्टुरेण्टमा भएको थियो। करिब ३० वर्ष देखि टिका नलगाएको अनुभव सुनाउदै रेगिस्तानी कवि तिर्थ संगम राईले उपस्थित सबैलाई टिका लगाईदिनु भएको थियो।
टिका ग्रहण गरिसकेपछि, लामो समय कतारलाई कर्मभूमी बनाएर साहित्यमा साधना गरिरहनु भएका गजलकार दीप मिलनको गजल संग्रह सलेदोलाई रेगिस्तानी कवि तिर्थ संगम राई,अ.ने.सा.स.का अध्यक्ष सिताराम थापा,अनेसास पुर्व अध्यक्ष श्यामराज रानाभाट,न.सा.वा.का अध्यक्ष टीका खड्का, न.सा.वा.का द्धितिय उपाध्यक्ष महेन्द्र खड्का र सलेदो सर्जक दीप मिलनले सार्वजनिक गर्नु भएको थियो। कार्यक्रममा नवोदित साहित्यिक वाचनालयका अध्यक्ष टीका खड्काले सङ्ग्रहको समीक्षा गर्नुभएको थियो।
कार्यक्रममा तिर्थ संगम राई,सिताराम थापा,टीका खड्का,श्यामराज रानाभाट, दीप मिलन, महेन्द्र खड्का,प्रकाश पाठक,सानु थपलिया,खेमराज सुवेदी, रूप रसाइली, खिम पुन, सुरेश परियार,यादव रेग्मी,शेखर बस्नेत,सोम थापा र बिन्दा लामाले कविता,गजल,र मुक्तकहरू बाचन गर्नु भएको थियो।
उक्त कार्यक्रमको सञ्चालन महेन्द्र खड्काले गर्नु भएको थियो।