" यो बाटो जान पाउनु हुन्न "-वर्दीले गर्जिंदै आदेश सुनायो ।
"कुन बाटो जाऊँ त ?" - मैले सोधेँ ।
"त्यो था 'छैन , यो बाटो जान पाइन्न !" यो उसको अन्तिम आदेश थियो !
"तेसो नभन्नुस् भाइ बैंकमा जानु छ ! मलाई, यो होइन त्यो बाटो जा ! भन्नुस्न!" - मैले अनुरोध गरें ।
अर्को एउटा वर्दीले सोध्यो -" कुन बैक जाने हो र ? "
मैले खल्तीको चेक झिकेर देखाउँदै भनें - "सनराइज बैंक !".
"उसो भे ' त्यो साइकल इँ छोडेर हिंड्दै जानुस् !"यसले दया गरे झैं गरेर अह्रायो ।
"बैंक झन्नै एक किलोमिटर टाढा छ , यो घाममा हिंड्न गाह्राे हुन्छ "- मैले यति भन्नु के थियो ,
मेरो कुरा भुइँमा नझर्दै मलाई उपदेश प्राप्त भयो - " केको गाह्राे हुनु झन् एक्सर्साइज हुन्छ !"
यो आदेश पनि फाइनलै थियो ! केही सीप न लागी मैले हिंडेरै जाने तैयारी गरेकै के थिएँ !
तत्काल अर्को वर्दी प्रकट भएर हातको ईशारा गर्दै भन्यो-" तपाईं उ त्यो बाटो जानुस् ! कसैले सोधिहाले हामीले पठाएको नभन्नू !"
जसरी तसरी बैंक गइयो !फर्किंदा चोरबाटो खोज्दै फर्किनु पर्यो ।
सिङ्गो देशले पहिलोपटक लोकडाउनको अनुभव गर्दै थियो !
मैले पनि गरें !
मनमनै मेरो मनले भन्यो - मुसा-बिरालाको खेल ! तैले पनि खेलिस् हैन ?
बुंद राना को फेसबुकबाट साभार