"धेरै धेरै सुत्यौं हामी थाङ्नोमा,
अब सुत्ने बेला छैन।
धेरै धेरै आशु बगे विरहमा,
अब रूने बेला छैन ।"
उल्लेखित गीतको स्थायीले भनेझैं अब हामी सुतिराख्ने र विरहमा रोई बस्ने समय होईन । युद्धको मैदानमा होमिनु पर्ने बेला हो । किनकि समयले न्याय मागिरहेको छ । हारगुहार गरिरहेको छ । फेरि पनि आग्रह गरिरहेको छ । एक पटक होईन, पटक-पटक । यो आग्रहलाई विना पुर्वाग्रह सुनिदिनुहोस् । मनन गरिदिनुहोस् । यदि हजुरहरूमा अझै पनि अलिकति मात्र भएपनि मातृभूमिप्रति माया छ भने । अझै पनि यसको सार्वभौमिकता र अखण्डतालाई जोगाउन सकिन्छ भन्ने झिनो नै सहि, आशा छ भने । आउनुस्, अब मौनताको जन्जीर तोडेर । एक भएर लडौं । आफ्नैरुपी भेष धारणा गरेका शत्रुसँग । लत्याउनुपर्छ अब "हेरौ न, फलानो पार्टीको फलानो नेताले केही गर्लान् कि !"भन्ने भ्रम । यदि त्यो भ्रमको जालोलाई च्यातेर निस्कन सकेनौ भने हामी हामी रहने छैनौं । "हामी नेपालीू भन्ने शब्द ईतिहासको पानामै सीमित हुने छ । "नेपाल देश " एकादेशको कथा हुनेछ । हाम्रो भाषा, कला, धर्म , संस्कृति , रीतिरिवाज सबै सबै हराएर जानेछन् । के यो सबै हामीलाई स्वीकार छ र?
हामीलाई थाहा छ हाम्रा शासकको चरित्र कस्तो छ भनेर । सत्तामा गएर के कति र कस्ता-कस्ता काम गरे भनेर । उनीहरूले आफ्नो गल्ती जति नै ढाकछोप गर्न खोजे पनि उदाङ्ग नै छ । फेरि पनि हामी किन मौन छौं रु के सोंचिरहेका छौें रु कि डराईरहेका छौं, यिनीहरूका विरुद्धमा आवाज उठाइहाले भोली हातमुख जोर्न नै नसकिने हो कि !जागिर नै जाने हो कि! आज सानो र क्षणिक स्वार्थलाई हेर्न थाल्यौं भने भोली हामी र हाम्रो धरातल नै भासिन सक्छ । हाम्रो डरको कमजोरीमाथि टेकेर हाम्रा शासकले वुर्कुसी मार्ने छन् । देशको अस्मितालाई बारम्बार बलात्कार गरिरहने छन् । पटकपटक घाईते भएको देशलाई अझै मरणासन्न अवस्थामा पुर्याउने छन् । यतिबेला मातृभूमिले चिच्याई चिच्याई हारगुहार गरिरहेको छ "मलाई बचाउनुहोस् । तपाईंहरू बाहेक अरू कोही छैन मेरो पीडा सुन्ने र बुझ्ने । मलाई टुक्राटुक्रा पारी रगत र मासु खाईरहेका छन् । बाँडीचुँडी नसकिएर बेच्दै छन् छिमेकीलाई । कौडीको भाउमा । म पुरै खाक्रो भैसकें ।"
यदि त्यो भ्रमको जालोलाई च्यातेर निस्कन सकेनौ भने हामी हामी रहने छैनौं । "हामी नेपालीू भन्ने शब्द ईतिहासको पानामै सीमित हुने छ । "नेपाल देश " एकादेशको कथा हुनेछ । हाम्रो भाषा, कला, धर्म , संस्कृति , रीतिरिवाज सबै सबै हराएर जानेछन् । के यो सबै हामीलाई स्वीकार छ र?
मातृभूमिको यो आहतलाई आज पनि हामीले सुनेनौं बुझेनौं भने हाम्रो कुनै पनि अस्तित्व रहनेछैन । त्यसैले अब लड्नुको विकल्प छैन हामीसँग । लाचार भएर नबसौं । स्मरण गरौं त फेरि एकपटक । जनताको अमूल्य मतको भर्याङ चढेर कथित जनप्रतिनिधिको खोल भिरेर सत्तामा गएका हाम्रा शासकहरूले के कस्ता प्रगतिशील काम गरे ।
देशलाई बिरताको माला भिराएर नेपाली जनतालाई वीर नेपालीको उपनाम दिएर छिमेकीको अघोषित दास बनाईएको छ हामीलाई । हाम्रो मातृभूमिलाई। र शासकहरू आफै पनि फस्दैछन् उनीहरूको जालोमा । छिमेकीको गोटी भएका छन् । उनीहरुले नै मनलाग्दी चलाउने ।
मातृका प्रसाद कोईराला नामको गोटीलाई चलाई कोशी नदी हात पार्यो । विश्वेश्वरप्रसाद कोईराला नामको गाटी चलाई गण्डक सम्झौता गर्यो । सूर्यबहादुर थापालाई चलाई सुस्ता अतिक्रमण गर्यो । गिरीजाप्रसाद नामको गोटी चलाई टनकपुर हत्यायो । सुशील कोईराला नामक गोटी चाली माथिल्लो कर्णाली नदी कब्जा गर्यो । पुष्पकमल दाहाल नामक गोटीलाई अघि सारी देशको सुरक्षा तथा विदेश मामिला आफ्नो जिम्मामा रहने गरि हात पार्यो ।बाबुराम भट्टराई नामको गोटी हातमा लिई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायत १५ वटा विमानस्थलहरु संचालन र विप्पा जस्तो राष्ट्रघाती सम्झौता गर्यो । त्यसै गरि झलनाथ खनाललाई लगानी वोर्डमा सम्झौता गरायो । अहिले केपी नामक गोटीलाई चलाई लिम्पियाधुरा, लिपुलेक र कालापानी कब्जा गरेको छ ।
आफ्नै छिमेकीले मुखमा राम राम बगलीमा छुरा राखी पीठमा हानेको हाम्रा शासकलाई कहिले दुख्ने रु देशको ७१ भन्दा बढी स्थानमा ६० हजार हेक्टर भन्दा बढी भूमि अतिक्रमण गर्दा , लिम्पियाधुरा, लिपुलेक र कालापानी आफ्नो नक्सामा गाभ्दा पनि हाम्रो सरकारले कालापानी मात्रै दावी गरि लिपुलेक र लिम्पियाधुरालाई किन आफ्नो भनी दावी गर्न नसकेको ?
निर्लज्जताको पनि हद हुन्छ नि । जनतालाई "लकडाउन" नामक कारागारमनभित्र राखी आफुहरु खुलेआम ताण्डव नृत्य गरिरहेका छन् । "महामारी"नामको डर देखाएर मनलाग्दी गरिरहेका छन् ।
यस्तै अवस्था रहिरह्यो भने ईतिहासले हामीलाई सराप्ने छ । यो पाखण्डी सरकारको पर्दाफास गरिएन भने आउने सन्ततिको आँशु लाग्नेछ । यसबाट बच्न र देशको सार्वभौमिकता जोगाउनका लागि हामी उठ्नु पर्छ । एक भई जुट्नुपर्छ । डरको कारागारलाई तोडेर निस्कने साहस गर्नुपर्छ । मातृभूमिको विलौना र आग्रह पनि यही हो ।