असोज ७,कञ्चन।
एजेन्सी – स्पेनिस ला लिगामा आज (बिहीबार) राति तीन खेलमा प्रतिस्पर्धा हुदा क्याटलान क्लब बार्सिलोना क्याडिजको भ्रमणमा निस्कदैछ ।
क्याडिज र बार्सिलोनाबीचको खेल नेपाली समयअनुसार राति १ः४५ बजे क्याडिजमा हुनेछ । बार्सिलोना घरेल टोली क्याडिजलाई हराउँदै अंक तालिका सुधार गर्ने लक्ष्यमा मैदान उत्रनेछ । अपराजित रहेको बार्सिलोना ४ खेलबाट ८ अंक जोडेर आठौं स्थानमा रहेको छ ।
क्याडिजलाई हराउन सके बार्सिलोना तेस्रो स्थानमा उक्लने सक्ने सम्भावना छ । तर त्यसका लागि रियल सोसिडाडको नजितामा भर पर्नुपर्नेछ ।
टोलीसँग मेम्फिस डिपाए, लुक डि जोङ, फिलिपे कौटिन्हो, सर्जी रोबर्टाे, सर्जियो बुस्क्वेट्स, फ्रान्की डि योङ, सर्जिनो डेस्ट, रोनाल्ड एराउजो, जेरार्ड पिके, ओस्कार मिगुइजा र गोलरक्षक माकै आन्दर टेर स्टेगन रहेका छन् । यस्तै युसुफ डेमिर, पाब्लो गाभिरा, रिकी पुच, एरिक गार्सिया र क्लेमेन्ट लेङ्लेट पनि टोलीमा रहेका छन् ।
यता, क्याडिज पनि घरेलु मैदानमा बार्सिलोनालाई हराउँदै अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछ । ५ खेलबाट ५ अंक जोडे क्याडिज १५औं स्थानमा रहेको छ । टोलीसँग रुवेन सोब्रिनो, अल्भारो नेग्रेडो, साल्भी सान्चेज, जेन्स जोन्सन, थोमस एलारकन, अलफन्सो स्पिनो, फाली, भाराजडाट हारोयान, इसाक कार्सेलेन र गोलरक्षक जेरेमिएस लिडेस्मा रहेका छन् ।
यि दुई टोलीबीचको पछिल्लो दुई भेटमा बार्सिलोनाले जित निकाल्न सकेको छैन । गत सिजन मात्रै शीर्ष डिभिजनमा बढुवा भएको क्याडिजले बार्सिलोनालाई २–१ ले पराजित गर्दा अर्काे खेलमा १–१ गोलको बराबरी खेलेको थियो । क्याडिज सोही अपराजित लयलाई निरन्तरता दिने लक्ष्यमा रहँदा बार्सिलोना क्याडिजविरुद्ध जितको खोजीमा हुनेछ ।