२९ भदौ, सुनसरी
सुनसरीको धरानमा सम्पन्न पार्टीको छैटौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ। महाधिबेसनले खड्ग प्रसाद (केपी) पालुङ्वाको अध्यक्षतामा ५५ सदस्यीय केन्द्रीय समिति समेत निर्विरोध निर्वाचित गरेको छ।।
४ दिन सम्म भएको राष्ट्रिय महाधिबेसनले पार्टीको कार्यकारी अध्यक्षमा निवर्तमान महासचिव केशव सुर्यवंशीलाई निर्वाचित गरेको छ भने बरिष्ठ उपाध्यक्षमा कमला थापा र मोहन धिमाललाई निर्वाचित गरेको छ।
गत भदौ २६ देखि २९ गते बिहान सम्म चलेको महाधिवेशनले राष्ट्रिय जनमुक्ति पार्टीको उपाध्यक्षमा होमाया गुरूङ, हाजी डा .मोहम्मद हसन, बलदीप राई, रबिन्द्र उच्च नेपाली, भिम बहादुर राना, प्रकाश याङ्देन, मनिराम चौलागाई, रबिन्द्र सुनार र मन्धुरी आलेलाई चयन गरेको छ ।
पार्टीको महासचिवमा निवर्तमान उपमहासचिव टोप अस्लामी, राम परीयार र पदम जवेगु निर्वाचित भएका छन् । त्यस्तै महाधिवेशनले पार्टीको उपमहासचिवमा गंगा खासु र बिष्णु थाम्देन तथा सचिवमा गीता सारू,शर्मीला महरा,राजेन्द्र आङ्बुहाङ,मोबिज अली र ज्ञान बहादुर सलामी थापा तथा कोषाध्यक्षमा मान बहादुर राई निर्वाचित भएको पार्टीका नवनिर्वाचित महासचिव टोप अस्लामीले जानकारी दिएका छन।
यसैगरी केन्द्रिय सदस्यहरुमा मन कुमारी मगर पुन, बिमला गुरुंग, धनि आले, पबित्रा तुम्वाहाम्फे, मधु राना, चन्दा थापा, मनिमाया थापा,आगरदेबी राम, हुम बहादुर थापा, बालकिशोर राना, इन्द्र प्रसाद आंदाम्बे, राजेन्द्र खिम्दुंग, बल बहादुर थापा, गजेन्द्र पासमान, सुबेदार धन बहादुर गुरुंग, अग्नी प्रसाद तुम्बापो, सांसद अन्सारी, उत्तम आले मगर, प्रेम बहादुर मल्ल, मोहन प्रसाद तिमिल्सिना, सिंह बहादुर थापा, धनराज बि.क., हबिजुल्लाह अन्सारी, कल्पना पुन,खडग बहादुर साम्बाहाम्फे, राम इकवल मण्डल,बिरेन्द्र पालुंवा, प्रदिप थापा, गोकर्ण राई, राजकुमार मोक्तान र लुम बहादुर थापा निर्वाचित भएको राष्ट्रिय जनमुक्ती पार्टीले जनाएको छ।