२४ भदौ, कञ्चन
रुपन्देहीको कञ्चन गाउपालिका वडा नं. १ सुन्दरनगरमा रहेको सूर्यमुखी युवा कलवद्धारा संचालित खुल्ला महिला भलिवल प्रतियोतिाको उपाधी बुटवलको एभरेष्ट बोर्डिंग स्कुलले हात पारेको छ। महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा संचालित खुल्ला महिला भलिवल प्रतियोगिता अन्तगर्गत तिलोत्तमाको कुवंरवर्ती बोर्डिंग स्कुललाई पराजित गरी एभरेष्टले उपाधी हात पारेको हो ।
बिहिवार कुवंरवर्ती बोर्डिंग स्कुल तिलोत्तमा र एभरेष्ट बोर्डिंग स्कुल,बुटवल बिच भएको फाइनल खेलमा एभरेष्ट बोर्डिंग स्कुल,बुटवलले कुवंरवर्ती बोर्डिंग स्कुल तिलोत्तमालाई ३/० को सोझो सेटमा पराजित गरि बिजयी भएको थियो । उपाधी हात पारेसंगै एभरेष्टले नगद १५ हजार रुपैया सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्न सफल भएको छ। प्रतियोगितामा उपबिजेत टिम कुवंरवर्ती बोर्डिंग स्कुल तिलोत्तमाले नगद ८ हजार रुपैया सहित मेडल र प्रमाण पत्रमा चित्त बुझाएको छ।
यस्तै तेश्रो स्थानका लागि कञ्चन स्पार्टस एकेडेमी र आयोजक सूर्यमुखी युवा क्लव बिच भएको प्रतिस्पर्धामा कञ्चन स्पोर्टस एकेडेमीले आयोजक सूर्यमुखी युवा क्लवलाई ३/१ को सेटमा पराजित गरि बिजयी भएको थियो । तेश्रो स्थान हासिल गर्न सफल कञ्चन स्पोर्टस एकेडेमीले नगद ४ हजार रुपैया सहित मेडल र प्रमाण पत्र प्राप्त गरेको छ।
प्रतियोगितामा मुर्गिया स्पोर्टस क्लव,एभरेष्ट बोर्डिंग स्कुल,बुटवल, कञ्चन स्पोर्टस एकेडेमी, सगरमाथा युवा कलव, बसन्त फुलवारी, कुवंरवर्ती बोर्डिंग स्कुल,तिलोत्तमा र आयोजक गरी १० टिमले सहभागिता जनाएका थिए ।
बिजेता तथा उपबिजेताहरुलाई पुरस्कार बितरण गर्दै कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले युवाहरुलाई उधमशिल बनाउन अध्यक्षसंग युवा इलम कार्यक्रम ल्याइएको जानकारी गराउनु भयो । युवाहरुलाई सामाजिक बिकृति र बिसंगतीका बिरुद्ध सचेत नागरिक बनाउन र लागु औषध दुरुपयोग र कुलतबाट बचाउन स्थानिय संघसंस्थाले रचनात्मक कार्यक्रम संचालन गर्नु सकारात्मक भएको बताउदै अध्यक्ष क्षेत्रीले कञ्चनका हरेक युवाहरु समृद्ध कञ्चन निर्माणका लागि इलमसंग जोडिनु पर्नेमा जोड दिनु भयो ।
यस्तै उपाधयक्ष गोमा तरामुले समाजलाई सुन्द बनाउन र समाजमा बिकसित बिभिन्न बिकृति र बिसंगती बिरुद्ध युवाहरु एक हुन आवस्यक रहेको उल्लेख गर्नु भयो । जसरी प्रतियोगितामा बिपक्षीलाई पराजित गर्न सामुहिक एकता र समन्वयको बिकास गरिएको हुन्छ त्यसरी नै युवाहरुमा देखिएको गलत आचरण,लागु औषध दुरुपयोग र कुलत जस्ता बिकृतिलाई जरैदेखि उखेल्न युवाहरु बिच एकता र समन्वयको बिकास गर्नु पर्नेमा जोड दिनु भयो ।
प्रतियोगितामा कुवंरवर्ती बोर्डिंग स्कुलका प्रतिमा रेगामी उत्कृष्ट खेलाडी भएका छन भने कञ्चन स्पोर्टस एकेडेमीका निसा थापा उत्कृष्ट सर्भर भएका छन। त्यस्तै एभरेष्ट बोर्डिंग स्कुलका यमकली कुंवर मगर उत्कृष्ट डिफेण्डर, एभरेष्टकै आरती सुवेदी उत्कृष्ट स्पाइकर र कुंवरवर्तीका बुनु आले उत्कृष्ट सेटरको रुपमा छनौट भएका छन। बिधागत उत्कृष्ट खेलाडीहरुलाई मकालु स्वास्थ्य उपचार केन्द्र,बुटवका सहायक चिकित्सक जुना थापाले पुरस्कार प्रदान गर्नु भएको थियो ।
प्रतियोगिताका लागि प्रथम पुस्कार सुपा देउराली ग्रिन पार्क,कञ्चन, दोश्रो पुरस्कार केशराम राना र भुकम्प रहित इटा उधोगका प्रोप्राइटर दुर्गा दगामी तथा तेश्रो पुरस्कार सपना ग्यांस सप्लायर्स,कञ्चनका प्रोप्राइटर चन्द्र बहादुर थापाले सौजन्य गरेका थिए । क्लवका अध्यक्ष दल बहादुर थापाको अध्यक्षता तथा गिता भुजेलको संचालमा कार्यक्रम सम्पन्न भएको थियो ।