भदौ २३,कञ्चन ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) की दोहोरो स्वर्ण पदक विजेता आयशा शाक्यले डेजो एम्बिसी सिप सेचो इन्टरनेसनल ओपन तेक्वान्दो पुम्से अनलाइन च्याम्पियनसिपमा दुई स्वर्ण पदक जितेकी छिन् ।
त्रिभुवन आर्मी क्लबकी खेलाडी समेत रहेकी आयशाले पुम्से ए लिग महिला सिनियर ४० वर्ष मुनिको समूहमा स्वर्ण पदक जितेकी हुन् । उनले पुम्से ए लिग सिनियर जोडी ४० वर्ष मुनिमा मा रेजिन रिमालसँग मिलेर स्वर्ण जितेकी थिइन् । आर्मीकै रेजिनले व्यक्तिगत पुम्से ए लिग ४० वर्ष मुनिमा भने रजत पदक जितेका छन् ।
त्यस्तै आर्मीका सन्जिला तिमल्सिना, कृष्णबहादुर तामाङ, दीपेन्द्र गुरुङ र नीता गुरुङले पदक जितेका छन् । सन्जिला र कृष्णको जोडीले पुस्मे ए लिग जोडी ३० वर्ष मुनिमा रजत पदक जितको छ । त्यस्तै सोही उमेर समूहमा निता र दीपेन्द्रको जोडीले कास्य पदक जितेको छ ।
त्यस्तै नेपाल पुलिस क्लबका जितबहाुदर बोटे, प्रेम बहादुर लिम्बु, अम्सिता राउत सम्मिलित टोलीले पुस्मे ए लिग सिनियरतर्फ रजत पदक जितेको छ । त्यस्तै पुलिसका अन्जिन चौधरी, सुरेन्द्रबहादुर, जगदिश सिंह पाल, लक्ष्मणबहादुर ऐर र सिता तामाङले पदक जितेका छन् ।
लक्ष्मणले पुम्से बी लिगमा रजत पदक जितेका छन् ।
पुम्से बी लिग अन्जिलेले कास्य पदक जितिन् । त्यस्तै सुरेन्द्रले पुम्से बीको ३० वर्ष मुनी कास्य, जगदिशले पुम्से बी लिगमा कास्य र सिताले पुम्से बीको ३० वर्ष मुनी कास्य पदक जितेकी छन् । त्यस्तै पुलिसका ७ खेलाडी सम्मलित टोलीले तेक्वान्दो एरोबिकमा कास्य पदक जितेको छ । टोलीमा सिता तामा, जितबहादुर बोट, कन्चन थापा, गोविन्दबहादुर आले, निशा दर्नाल, अस्मिन राउत, प्रदीप चौधरी छन् ।
च्याम्पियनसिपको ए लिगमा राष्ट्रिय टोलीका खेलाडीले मात्र भाग लिन पाउने प्रावधान थियो । त्यस्तै बि लिगमा भने कुनै पनि खेलाडीले भाग लिन सक्ने व्यवस्था रहेको आयशाले जानकारी दिइन् । हालै सम्पन्न च्याम्पियनसिपमा कोरियाको सोचेनमा भएको थियो । नेपाली खेलाडीले अनलाइनमार्फत प्रतिस्पर्धा गरेका थिए ।