#प्रगति राई
‘इको लिटरेचर’ अर्थात वातावरण साहित्य अन्तर्गत लेखिएका ‘स्वच्छन्द सुसेलीहरू–२’ नामक कविता संग्रह बजारमा आएको छ । ‘स्वच्छन्द सुसेलीहरू’ दुई वर्ष अघि नै प्रकाशन भइसकेको छ ।
‘साहित्यका थुप्रै पाटाहरू हुन्छन् । जसमा वातावरण साहित्य पनि एक हो । सिङ्गो पृथ्वी र पृथ्वीमा रहेका हरेक वस्तु (सजिव तथा निर्जिव) अनि तिनीहरूबिच अन्तरसम्बन्धको व्याख्या तथा अवस्थाबारे ध्यान दिएर लेखिएका सृजना नै ‘इको लिटरेचर’ अर्थात वातावरण साहित्य हो ।’ यस कृतिका सम्पादक विजय हितानले यसै कृतिमा समावेश कार्यपत्रमा यी कुरा लेखेका छन् ।
‘उद्योग, कल–कारखाना, यातायातको साधनले उत्सर्जन गरेको कार्वनडाइअक्साइडले विश्वमा गर्मी बढिरहेको छ । हावाको शुद्धतामा कमी आएको छ । धेरै वन्यजन्तुहरू लोप भइसकेका छन् । दश वर्षभित्रमा कार्वनडाइअक्साइड उत्सर्जन कार्य आधा गर्न सकियो भने पनि वातावरण जोगाउन हामीलाई पचास प्रतिशत अवशर मिल्ने छ । यो तिव्र उत्सर्जलाई कम्तिमा पचास प्रतिशत मात्र रोक्न सकियो भने तापक्रम एक दशमलव पाँच डिग्रीमुनि राख्न सकिन्छ । नत्र जलवायु परिवर्तनको प्रभाव हाम्रो नियन्त्रण बाहिर जान्छ । जसलाई सुधार्न संभव रहन्न ।’ जलवायु परिवर्तन विरुद्धकी अभियन्ता स्वीडेनकी ग्रेथा थुनबेरी यसो भनेकी छन् ।
आजसम्म हामीले दिनदिनै बहस गरिने राजनीति, जाति, वर्ग समाज आदि नै मुख्य विषय रहेका छन् । तर फरक विषय लिएर साहित्यको रुपमा माथि ग्रेथाले दिएको चेतावनीलाई नेपालमा पनि बुलन्द बनाउन ‘वातावरण बचाऊ’ अभियानमा ‘स्वच्छन्द सुसेलीहरू–२’ नामक किताब प्रकाशन भएको छ । संसारभरि छरिएर रहेका नेपालीहरूले प्रकृति र वातावरण विषयमा भाषण, अर्ति÷उपदेश, आक्रोश, इच्छा, चाहाना व्यक्त गरेर कविता, मुक्तक बनाएका छन् । जसमा दुई समालोचक, शुभकामनादाता अनि सम्पादक गरि अरु चारजनाका पनि उही विषयमाथि दोहो¥याइ–तेहराई ‘प्रकृति बचाऊ, वातावरण सफा राख’ भन्ने स्वर एकतृत भएको छ ।
समालोचक प्रा.डा. खगेन्द्र प्रसाद लुइटेलको भाषामा भन्नुपर्दा, मानिस बाहेक सबै प्राणीमा यौनादि कृयाकलापको निश्चित समय हुन्छ, तर मान्छे कुनै समय सिमा नभएको अराजक प्राणी हो । वर्तमान विश्वमा वातावरण बिगारेको कुनै अरु प्राणीले नभई मान्छेले नै हो ।
यसरी, प्राणी जगतमा सबैभन्दा बुद्धिमानी प्राणी हामी मानिस हौं भनि अरु कुनै प्राणीले भनेका होइनन् । मानिसको आफ्नै मपाईत्व हो । यस्तो मपाईंत्व र अहमको भ्रमबाट बाहिर निस्कन लेखक सरुभक्तका कविताले छर्लङ्ग पार्दिन्छ–
एउटा हल्पी ऐना टाँगिएको छ
ऐनाको तलपट्टी लेखिएको छ–‘संसारको सबैभन्दा खतरनाक प्राणी’
म चिडियाखानामा झैं आकिर्षित हुन्छु
खतरनाक प्राणी हेर्ने उत्सुकताले
ठिक ऐना अगाडि उभिन पुग्छु
तर अप्रत्याशित
ऐनामा आफ्नै प्रतिबिम्ब देख्छु ।
बिग्रदै गएको वातावरण सम्बन्धि नेपालीहरूको ध्यान त्यति नगएको हो कि भन्ने लागिरहेको बेलामा यो ‘स्वच्छन्द सुसेलीहरू–२’ नामक संग्रहले झस्काइदिएको छ । वातावरण दिवशका दिन वनमन्त्रीले एउटा विरुवा रोपेजस्तो गरेको समाचार बाहेक अरु कृयाकलाप त्यति भएजस्तो लाग्दैन । गाउँ गाउँमा रोड पुगेको छ । लकडी (काठ टुक्रा पारेर सहरतिर बेच्ने) अभियान चलेको छ । वर्षमा वनमन्त्रीले एउटा विरुवा रोप्ने र जङ्गलबाट सयौं रुखहरू मासेर बेच्ने नेपालका प्रवृतिमा कति सन्तुलन छ भन्ने ध्यान सायदै कसैलाई होला । प्रकृतिका हितैषी मानिएका आदिवासीहरूमा झनै प्रकृति जोगाऊ अभियानको नामै छैन । व्यक्तिगत गाडी किनेर देखाउनुमा प्रतिश्पर्धा छ । सडकछेऊ फुटपाथमा पसल छ । प्रकृति पूजक किरातीहरूले वर्षमा दुईचोटि रुखका हाँगा काटेर चौरमा उफ्रिने, काटेको हाँगालाई रक्सी चढाउने संस्कारले उल्टै आदिवासी पहिचानको खिल्ली उडाएको छ । प्रकृति बचाऊ, वातावरण सफा राख भन्ने अभियान आदिवासीहरूले चलाउनु पर्ने हो । तर, ‘सुनका गहना देखाऊ, रक्सी मासु खाऊ, महँगा लुगा खापैखाप लगाऊ’ जस्ता व्यवहारले व्यापारी मोटाउनु सिवाय अरु केही भएको छैन ।
वास्तवमा भन्नुपर्दा हामी अज्ञानताका कारण आफ्नो विरुद्धमा आफै लागिरहेका छौं । विश्वलाई कस्तो समस्याले गाँज्दैछ भन्ने कुराबाट बेखबर हामीलाई मानवीय व्यवहार कस्तो हुनुपर्छ भन्ने ज्ञान यो कृतिले प्रदान गर्दछ ।
इन्भारोन्मेन्ट एजेन्सी इङ्लैण्डका अफिसर समेत रहेका नेपाली विजय हितानले विश्वभरि रहेका नेपालीहरूलाई प्रकृति र वातावरण सम्बन्धि कविता लेखाएर यो कृति तयार पार्नु आफैमा सह्रानीय काम भएको छ । भलै ‘कविता संग्रह’ हुनुमा केही अमिल्दो कुराहरू पनि छन् । जस्तो कि, सबै कविहरूका एक/एक कविता समावेश छ भने सम्पादकको चाहिँ बाह्रवटा कविता समावेश छन्, विषय मिल्यो भन्दैमा कुनैबेला लेखिएका कार्यपत्र पनि संकलन संग्रहमा हालिनु, सम्पादकको मात्र बायोडाटा राखिनुले पुस्कतकमा केही बोझिलोपन ल्याएको छ । तापनि यस्तो महत्वपूर्ण विषयमा आफ्नै लगानी र सम्पादनमा लगभग तीनसय पृष्ठको मोटो किताब तयार पार्नु अनि विषयका हिसाबले पनि हितानजी धन्यवादको पात्र अवश्य नै बनेका छन् ।
नेपाल बाहिर भने वातावरणको संरक्षण गर भन्ने विषयमा धेरै काम भइसको छ । यसैगरि अमेरिकी पूर्व उपराष्ट्रपतिले विश्वका सातै महादेश, भूमध्येसागरीय जङ्गल, उत्तरी तथा दक्षिणी ध्रुव भ्रमण गरेर 'An Inconvnient TruthÚ किताब लेखे । केन्याकी पूर्व वातावरण मन्त्री वांगारी माथाएले अफ्रिकी महिलाहरूलाई परिचालित गर्दै 'Greenbelt MovementÚ को नेतृत्व गरिन् । फलस्वरुप दुवैलाई नोवल शान्ति पुरस्कार प्रदान गरियो । यसैगरी जेन गुडअलले ताञ्जानियाको जङ्गलमा वर्षाैं बिताएर चिम्पाञ्जीको व्यवहारबारे अध्ययन गरिन् । ‘चिम्पाञ्जी बचाऊ’ अभियानमा दर्जनौं किताब लेखिन् । भारतमा सुरु गरिएको रुख बचाऔं भन्ने÷रुखलाई अँगालो हाल्ने ‘चिप्को अभियान’ ले विरुवा संरक्षणमा सहयोग पु¥याउँदै आएको छ ।
नेपालको सन्दर्भमा भन्नुपर्दा प्रकृतिको वर्णन गरी लेखिएका नगन्य हिसाबमा किताबहरू लेखिएका छन् । लेखनाथ पौड्याल, माधव घिमिरे, धर्मराज थापाका सृजनामा प्रकृति सुन्दरताको सुगन्ध पाइन्छ । शाकुन्तल, प्रकृति पोखरा, तरुणतपसीजस्ता कृतिहरू प्रकृतिपरक लेखिएका सृजनाहरू हुन् । डा. रुपक श्रेष्ठको मुक्तक संग्रह ‘पोख्तक’, अम्बर नेम्बाङ्को ‘सम्झनाको तरेलीहरू’ गोपाल बस्नेतको ‘आफ्नै सेरोफेरो भित्र’ धु्रवचन्द्रको ‘जिलिएको’ कार्ण शाक्यको ‘सोंच’ राजेन्द्र पराजुलीको ‘अनायिका’ मोहन कोइरालाको ‘सिमसारको राजदूत’ आदि पर्यावरणलाई केन्द्र बनाएर लेखिएका कृतिहरू हुन् । अझ विस्तृत जानकारी त यसै पुस्तकमा समावेश सम्पादक हितानका कार्यपत्रमा पढ्न पाइन्छ ।
पर्यावरण सन्तुलनमा रहन सबै प्राणीका लागि उत्तिकै महत्वपूर्ण कुरा रहे तापनि मानिसमा रहेको महत्वकांक्षाले अत्याधिक वातावरण बिगार्ने काम भएको छ । हुन त नेपाललाई नखाएको विष लाग्यो भन्ने कुरा छ । केही सत्य पनि हो । विकसित राष्ट्रहरूले निर्माण गरेको आधुनिक कलकारखानाका कारण नै ओजन तह पातलिदै गएको विज्ञहरूको भनाइ छ । थपापि नेपालमा यो विषयमाथि बहस गरिने कुनै प्लेटफर्म छैन, न त कुनै पुरस्कार नै । अपवादमा लेखक सञ्जीव उप्रेतिको उपन्यास ‘हंश’लाई भने जगदम्बा पुरस्कार प्रदान गरिएको थियो ।
सम्पादक हितानजीको गुनासो छ–‘समाज परिवर्तनका लागि लेखिने कृतिहरूलाई दिईने मदन पुरस्कार, पहिचान पुरस्कार जस्ता अब विशेष वातावरण विषयमाथि लेखिएका कृतिलाई प्रोत्साहन गर्न वातावरण पुरस्कारको खाँचो छ ।’ सायद अब, त्यो अपूर्ण काम पनि उनैले पूरा गर्लान् ।
साहित्यले वाद, चिन्तन, राजनीति तथा समाज सुधारका कुरामा प्रशस्त योगदान पु¥याउँदै आएको छ । तर प्रकृति बचाऊ र वातावरणप्रति भने कम चासो राखेको यो कृतिको गुनासो छ । त्यही कम चासो र कृयापलापलाई घनिभूत रुपमा अघि बढाउनकै लागि यो कृतिको जन्म भएको मानिन्छ ।
सहरमा बेसी चाप र गाउँमा बाँझो जमिन रहनाले मानिसको बसोबासमा पनि असन्तुलन आएको । मानिसलाई गाउँ फर्काउन सरकारले व्यवस्थित स्कूल, अतिरिक्त शिक्षक र शिक्षामा कडा निगरानी राखेमा मात्र पनि धेरै मानिस गाउँमा नै रहने छन् । गाउँ फर्क अभियानलाई प्रोत्साहन गर्न कवि तथा नियात्राकार केदार संकेतको कविताले जोड गर्दछ–
गाउँ दुर्गम, अभाव र अँध्यारो भए पनि
किसानहरूको पसिनाले उज्यालो छ
गाउँ शिक्षामा अयोग्य र निरक्षर भए पनि
प्रेम, सद्भाव र सहयोगले शिक्षित छन् त्यहाँ
सहरमा
झरेको तिम्रै पसिनाले बाफिएर
बेहोस् तिमी
गाउँ सम्झ, आँत शितल हुनेछ ।
लोलाएका तिम्रो आत्मा पनि
गाउँकै पहाडमा बौरिने छ ।
संसारभर फैलिएको कोभिड–१९ महामारीले आक्रान्त केही नागरिकहरूलाई साँच्चै यो कविताले छुन्छ । गाउँमा सेलटर जमाइरहेका मानिसहरूका लागि नै लेखिएजस्तो छ यो कविता ।
समालोचक डा. गोविन्द प्रसाद भट्टराईले यसै कृतिको समालोचनामा लेखेका छन्, ‘सिर्जनात्मक नेपाली साहित्यले दिशा परिवर्तन गर्दैछ । हामी तिव्र परिवर्तनको चक्रमा पसेर नित्य नविताको खोजिमा घुम्दैछौं ।’
अहिलेको अवस्थाले पनि सुझाइरहेछ कि हामीले अब नविन विषयमा बहस गरौं । नेपालले वार्षिक २८ हजार १ सय ६६.०६ गिग्राम हरितगृह ग्याँस उत्सर्जन गर्छ । अब नेपालीले कसरी कार्वन उत्सर्जनलाई न्युनिकरण गर्न सकिन्छ भन्ने विषयमा हाम्रो ध्यान जाओस् । यो कृतिले यस्तै विषयमा सचेत रहन सुझाव दिन्छ ।
विश्वभर पैmलिएको महामारी कोभिड –१९ ले संसारलाई थला पारेको अवस्थामा विश्व वातावरणमा भने धेरै सुधार आएको छ । यस कृतिमा केही कविताहरू यही विषयमाथि पनि केन्द्रित छन् ः
इन्दिरा प्रसाईः ‘कोरोना बोल्यो हे मनुवा’
ढ्याङ्,ढ्याङ्,ढ्याङ् ढ्याङ्,ढ्याङ्
‘जङ्गल नासिछस्
खोलानाला सबै दुषित पारिछस्
पहाड, कन्दरा सबै सखाप छन्
धुवैंधुवाँले आकाश ढाकिछस्
अब आफ्नै सर्वनास् हेर ।’
५–६ जुन २०२० का दिन बेलायतको लण्डन सहरबाट सञ्चालित पाँचौं वातावण साहित्य वेबिनार (भिडियो कन्फ्रेनिसिंग) कार्यक्रममा विभिन्न देशबाट वाचित पचास जना कविहरूको कविता संग्रहित छन् । थपमा, बाइस जना अतिथि (कार्यक्रपछि संकलन गरिएका) कविताहरू र सम्पादक स्वयंका १२ कविताहरूको संगालो नै यो कविता संग्रह हो । शिल्प र शैलीयुक्त ‘कविता’ भन्न मिल्ने केही कविता छन् भने धेरै चाहिँ ‘कविता’ हुन बाँकी छन् । ती सिर्फ वाक्यांश छन् । यधपि, वातावरण संरक्षणका लागि आफुसँग जस्तो शिल्प र ज्ञान छ त्यो लिएर चेतनामूलक आवाजको घना जुलुस निर्माण भएको छ भनि सहर्ष स्वीकार्न सकिन्छ ।
जानु काम्बाङ्ग लिम्बू ‘सहिदको आत्मा’
आहा !
धुलोधुवाँ रहित काठमाण्डु
प्रदुषणर हित शीतल बतास
बतासको लय पछ्याउँदै
लहराइ रहेको सुन्दर रानीे पोखरी
पोखरी माथि पखेटा जुधाउँदै
जलनृत्य गरिरहेका राजाहाँसका जोडीहरू
पोखरी वरिपरी फन्को मार्दै
पालाम गाइरहेछन्–लिम्बुवानी मेंछ्या–थाङ्घबेनहरू ।
यो संग्रह धेरै गुणकारी र थोरै दोष बोकेर बनेको छ । केही दोषहरू मध्ये एक कमजोरी हो ती सबै कविताहरू कि त प्रकृति सुन्दरताको गुणगाण गाएका छन्, कि त वातवरण ध्वस्त भइसक्यो भनि आक्रोश पोखेका छन् । तर कुनै पनि कविताहरूले नयाँ मार्ग प्रदर्शन गर्न सकेका छैनन् । मानिसले गल्ति दुई तरिकाले गर्छन् । पहिलो, जानाजान; दोस्रो, अञ्जान । यहाँका कविताहरूले जानाजान गरेका मानिसका गल्तिहरू मात्र औंलाएका छन् । दैदिन्य गरिने वातावरण प्रतिकूल कृयापलापहरूको विकल्प दिन नसक्नु यस कृतिको ठूलो दोष बनेको छ ।
जानेका कुरा आफुमा सिमित नराखी मिठो भाषामा तुरन्तै प्रचार गरिहाल्ने खुबी मात्र साहित्यकारमा हुन्छ । अब, हरेक साहित्यकारले जलवायु परिवर्तनका विषयमा केही न केही लेख्नै पर्ने अनुरोध गर्दै यो विषयका अभियन्ता विजय हितानले इको साहित्यका भूमिका, परिधि, आवश्कता आदि सबै जानकारी कार्यपत्रमा खुलाएका छन् ।
अन्तमा, जनहितका लागि सकेसम्म सबै नेपालीहरूले यो कविता संग्रह ‘स्वच्छन्द सुसेलीहरू–२’ एक चोटि पढेर मनन गर्नु हितकर हुनेछ ।