१८ भदौ , कञ्चन ।
रुपन्देहीको कञ्चन गाँउपालिका वडा नंबर ५ मा आज नेपाली कांग्रेसको १४ औं वडा अधिवेशन सम्पन्न भएको छ । वासुदेवदिन पौडेलको प्रमुख आतिथ्यता तथा हुमलाल घिमिरे, देबी राम रेग्मी , नारण गैरे ,प्रेम चन्द्र पोख्रेल, गंगा बहादुर क्षेत्री, लगायतको उपस्थितीमा कार्यक्रम सञ्चालन गरिएको थियो ।
अधिवेशमा क्षेत्रिय प्रतिनिधी चयन र वडा कार्यालय समिती गठन गरिएको छ ।
वडा कार्य समितिको सभापतिमा लोकराज पौडेल, उप सभापतिमा चुडामणि रेग्मी र यामकुमारी पुन , सचिवमा पूर्णवासि थारु र हिराबहादुर पुन मगर सह सचिवमा नकुल जैलि कँडेल र सदस्यहरुमा केशरी बोहरा मगर ,गंगादेवी भुसाल ,चित्रबहादुर थापा क्षेत्री ,जगनारायण थारु ,दिलिपकुमार थापा ,पहलवान थारु , रामनारायण थारु ,माया घिमिरे ,सविता गुरुङ ,खगिश्वरा विटालु चयन हुनुभएको छ भने क्षेत्रीय प्रतिनिधिहरूमा अनकुमारी वि। क, केशकुमारी सुती, कृष्ण कुमारी थापा, धनकला घिमिरे, सुस्मा थापा , विनोद थारु, बलबहादुर थकाली , गिरी प्रसाद पुन, नारायण प्रसाद गैरे, वासुदेव दिन पौडेल , देवीराम रेग्मी , प्रम चन्द्र पोख्रेल, चाम बहादुर थापा, टीका पुन र बुद्धि प्रसाद शर्मा चयन हुनुभएको छ । कार्यक्र्रममा बुद्धि प्रसाद शर्मा , लोक राज पौडेलले आफ्ना भनाई राख्नुभएको थियो । निर्वाचन अधिकृत हुम्लाल घिमिरेलगायत ब्यक्तित्वहरुको सहभागिता रहेको कार्यक्रम लोकराज पौडेलको अध्यक्षता तथा शिक्षक संघका अध्यक्ष बालकृष्ण पराजुलीको सञ्चालनमा सम्पन्न भएको थियो ।
यसैबिच वडा नं १ मा रबिलाल गौचनको अध्यक्षतामा १५ सदस्यिय नेपाली कांग्रेस वडा समिति गठन गरिएको छ ।
वडा अधिबेसनले नेपाली कांग्रेसको क्षेत्रिय अधिवेशनका लागि चित्र तुलाचन, चुडामणी पौडेल,कृष्ण गिरी,अमृता ढकाल,कुसुम राना,अमर गुरुंग,सुख्खु मल्हाह सहित १८ जना प्रतिनिधीको रुपमा छनौट गरेको छ । कार्यक्रम वडा सभापति दुर्गा बहादुर भुजेलको अध्यक्षतामा सम्पन्न अधिवेशनबाट वडा उप सभापतिमा रेम बहादुर पुन, महिला तर्फ उपसभापतिमा डिलमाया बिक, सचिवमा कमल प्रसाद पौडेल र धन बहादुर भेजेल, सहचिवमा नारायण दत्त शर्मा र डाल बहादुर बि।क। निर्वाचित भएका छन।
यस्तै वडा नं। २ मा उमानन्द न्यौपानेको अध्यक्षतामा २६ सदस्यिय वडा समिति गठन भएको छ भने १८ जना क्षेत्रिय प्रतिनीधि छनौट गरिएको छ ।