१८ भदौ, कञ्चन ।
रुपन्देहीको कञ्चन गाँउपालिका वडा नंबर ४ मा आज नेपाली कांग्रेसको १४ औं वडा अधिवेशन सम्पन्न भएको छ । जिल्ला सदस्य डोल बहादुर थापाको प्रमुख आतिथ्यता , वडा नंबर ४ का अध्यक्ष दुर्गासिंह क्षेत्रीको बिशिष्ट आतिथ्यतामा कार्यक्रम सञ्चालन गरिएको थियो । आजको अधिवेशमा क्षेत्रिय प्रतिनिधी चयन र वडा कार्य समिती गठन गरिएको छ ।
क्षेत्रिय प्रतिनिधीहरुमा गेमबहादुर थापा , चिरन्जिबी खनाल , डोल बहादुर थापा , खड्कबहादुर पुन , सदानन्द पाध्या , अमर पुन , प्रकाश थापा , मामकला थापा , दिलमाया राना , पुष्पा बलाल तरामी चयन हुनुभएको छ भने समानुपातिक तर्फ दुर्गासिंह क्षेत्री , कौशिला क्षेत्री , हिमाल थापा , मिना राजकोटी , दिपक बिक , मानबहादुर थारु र खडकबहादुर क्षेत्री चयन हुनुभएको छ । वडा समितीको सभापतिमा प्रत्यक्षतर्फ गेमबहादुर थापा , उपसभापतिमा किरण केसी र कमलादेवी पुन , सचिवमा पुरन श्रिस र उदय आले , सहसचिवमा हितमान श्रेष्ठ र रक्षा बिक , सदस्यहरुमा रामबहादर राना र राधिका चालिसे रहेका छन । यस्तै समानुपातिक तर्फ प्रकाश क्षेत्री , सुनिता हमाल क्षेत्री , करण श्रीस , गौमती श्रीस , मनबहादुर सुनार र सोरठी थारु रहेका छन । कञ्चन ४ को सभाहलमा भएको कार्यक्रमको अध्यक्षता संयोजक खडकबहादुर पुनले गर्नुभएको थियो भने स्वागत हिमाल थापाको रहेको थियो । मतदान अधिकृत हरिप्रसाद पौडेल , केशर बहादुर खत्री , दिपक कुमार बिक, मोती बहादुर खत्री , शुशिला थापा लगायतको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो ।