रुपन्देहीको कञ्चन गाँउपालिका वडा नंबर ३ मा आज नेपाली कांग्रेसको १४ औं वडा अधिवेशन सम्पन्न भएको छ । महासमिती सदस्य देबिलाल पौडेलको प्रमुख आतिथ्यता , प्रजातन्त्र सेनानी गोबिन्द शर्मा चालिसे, गाँउपालिका सहसचिव यमबहादुर क्षेत्री, गाँउपालिका सचिव मनबहादुर थापा र कोषाध्यक्ष तेजबहादुर क्षेत्रीको बिशिष्ट आतिथ्यतामा कार्यक्रम सञ्चालन गरिएको थियो । आजको अधिवेशमा क्षेत्रिय प्रतिनिधी चयन र वडा कार्यालय समिती गठन गरिएको छ ।
क्षेत्रिय प्रतिनिधीहरुमा लिलाकुमारी पौडेल , तुल्सिदेबी परियार , जानकी पौडेल , मनिषा कार्की शर्मा , यमबहादुर क्षेत्री , नवराज ढकाल , गोबिन्द प्रसाद शर्मा , देबिलाल पौडेल, रत्नबहादुर केसी , मनबहादुर थापा , भुवनकुमार गौतम , बुद्धिराम कोहार , शोभाकुमारी श्रेष्ठ , रामबहादुर थापा र रुमादेबी क्षेत्री चयन हुनुभएको छ, भने वडा कार्य समितीको सभापतिमा थम्मन थापा , उपसभापतिमा नारायण न्यौपाने र टंकराज पौडेल , सचिवमा शशिधर सापकोटा र अमृता पराजुली , सहसचिवमा रितु ढकाल र सन्तोष कंडेल , सदस्यहरुमा हेमलाल उपाध्याय , बसन्ता बिष्ट घर्ति , मिना न्यौपाने सापकोटा ,बलप्रसाद पुन, मनरुपा दर्जी , नैमया गुरुग र चन्द्रप्रसाद उपाध्याय रहेका छन ।
हरैया बहुमुखी क्याम्पसमा भएको कार्यक्रममा स्ववियु सभापति प्रकाश उपाध्याय पौडेलको स्वागत तथा शशिधर सापकोटाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । अधिवेशनमा निर्वाचन अधिकृत पदम प्रसाद आचार्य , किसान संघ गाँउ कमिटी सभापति हर्कबहादुर केसी, तरुण दल क्षेत्रिय सभापति टिकाराम सापकोटा , तरुण दल लुम्बिनी काठमाडौं सम्पर्क समाज सभापति नवराज ढकाल लगायतको उपस्थिती रहेको थियो ।