७ भदौ,कञ्चन
रुपन्देहीको कञ्चन गाउपालिका वडा नं. ५ मा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको वडा भेला सम्पन्न भएको छ। उक्त भेलाले रुम बहादुर पुलामीको अध्यक्षतामा ३५ सदस्यिय वडा कमिटि गठन भएको छ।
उक्त भेलाले उपाध्यक्षमा चुणामणी ढकाल, सचिवमा विना राम खड्का, सहसचिवमा सत्यनारायण थारु, र कोषाध्यक्षमा हिरा भलामी निर्वाचित भएका छन। यस्तै सदस्यहरुमा लिला रोका, देवि महतो, टिकामाया पोख्रेल, उमा सुनार, मोतिलाल वि.क, तेज प्रसाद पौडेल, घनश्याम ढकाल, सरस्वती वि.क., गोविन्द न्यौपाने, कुस्मा पौडेल, सर्मिला पौडेल लक्ष्मी घिमिरे, शान्ता थारु, गोर्खे थारु, भरत बि.क.पुर्भान थारु,कोपिला रेस्मी, गोमी झाक्री, गायत्री राहु मगर, रमेश थारु,होम बहादुर बि.क., टेकमाया बि.क.निर्वाचित भएका छन।
यसैगरी सोही भेलाले शान्ता थारुको अध्यक्षतामा २७ सदस्यिय अखिल नेपाल महिला संघ,क्रान्तीकारी ५ नं. वडा कमिटी समेत गठन गरेको छ। उक्त भेलाबाट अनेमसंघ,क्रान्तीकारी ५ नं. वडा कमिटीको उपाधयक्षमा टेकमाया थारु र सचिवमा हिरा भलामी, सह सचिवमा टिकामाया पौडेल, भुमिकला बि.क. निर्वाचित भएका छन। यसैगरी सदस्यहरुमा गिता बि.क., सन्ध्या परियार,मन कुमारी पुन, देबी महतो, सरस्वती बि.क. नमरता पौडेल, उमा सुनार, सृजना बि.क., लक्ष्मी घिमिरे, सरस्वती खडका
वडा भेलालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका हिरा बहादुुर रोका(अमर)ले देशमा रहेको कम्युनिष्ट पार्टीमा देखिएको उतार चढाव रचुनौतीपुर्ण अवस्थामा देश र जनताको विश्वास जितेर कसरी अगाडी बढाउन सकिन्छ भन्ने कुरा अव हरेक सदस्यहरुमा जिम्मेवारी थपिदै आएको बताए । वडा भेलाको प्रमुख अतिथि समेत रहेका रोकाले कञ्चनमा नेकपा माओवादी केन्द्रको संगठनलाई राजनैतिक, बैचारिक र सैद्धान्तिक संगठनको रुपमा बिकास गर्न आवस्यक रहेको समेत बताए।
यस्तै सोही भेलालाई सम्बोधन गर्दै बिशिष्ट अतिथि हस्त बहादुर सवार(पर्वत)ले नेपालको कम्युनिष्ट आन्दोलनलाई संराजनैतिक दलको रुपमा स्थागत गरी देश र जनताको पक्षमा काम गर्ने दलको रुपमा स्थापित गर्न १० बर्षे जनयुद्धबाट उदाएको नेकपा माओवादी र नेकपा एमाले बिच एकता भई नेकपा जन्माएता पनि तत्कालिन नेकपाका अध्यक्ष केपी शर्मा ओलीले सहि नेतृत्व गरी एकतालाई संस्थागत गर्न नसकेकै कारण आज पुन नेकपा माओवादी केन्द्र स्थापित हुनु परेको बताए । प्रधानमन्त्री बन्न मात्र पार्टी एकताको नाटक रचेका निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीमा नेतृत्वमा हुनु पर्ने कुनै पनि गुण नभएको र आज नेकपा एमाले समेत बिभाजित अवस्थामा पुगेको समेत सवारले आरोप लगाए । अव नेकपा माओवदी केन्द्र जनताको घर घरमा गई जनतालाई राजनैतिक,सामाजिक,शैक्षिक,आर्थिक र सांस्कृतिक रुपमा सचेत र संगठित गराउदै देश र जनता प्रति समर्पित राजनैतिक दलको रुपमा बिकास गरिदै जाने नेता सवारले बताए ।
कञ्चन ५ को नेकपा माओवादी केन्द्रका कुमारी घर्ति मगरको अध्यक्षतामा वडा भेला सम्पन्न भएको हो ।