१२ बैसाख,कञ्चन
रुपन्देहीको कञ्चन गाउपालिकामा कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि गाउपालिका स्तरिय स्वयम सेवक परिचालन समिती गठन गरिएको छ। बिश्वभर नोवल कोरोना भाइरस कोभिड १९ को बढ्दो संक्रमणलाई कञ्चन गाउपालिकामा रोकथाम गर्न गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीको संयोजकत्वमा कोरोना भाइरस नियन्त्रण तथा रोकथाम स्वयम सेवक परिचालन समिती गठन गरिएको कञ्चन गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद पन्थीले जानकारी दिनु भएको छ।
कोरोना भाइरस नियन्त्रण तथा रोकथाम स्वयम सेवक परिचालन समितीमा उपाध्यक्ष गोमा तरामु,वडा नं. १ का वडा अध्यक्ष हरिनारायण थारु, वडा नं. २ का वडा अध्यक्ष शेर बहादुर थारु, डा नं. ३ का वडा अध्यक्ष नगेन्द्र बहादुर लामिछाने, वडा नं. ४ का वडा अध्यक्ष दुर्गा सिंह क्षेत्री र वडा नं. ५ का वडा अध्यक्ष कृष्ण प्रसाद पन्थी सदस्यमा रहनु भएको छ ।त्यस्तै उक्त समितिमा प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद पन्थी,स्वास्थ्य शाखाका प्रमुख राम प्रसाद गौतम र क्वारेन्टाइन ब्यबस्थापन समितिका संयोजक बिर बहादुर बरमले सदस्य रहनु भएको छ ।
कोरोना भाइरस नियन्त्रण तथा रोकथाम स्वयम सेवक परिचालन समितीले सम्बन्धित वडाका समिति तथा टोल बिकास संस्थाहरुको समन्वयमा गाउपालिका भित्र छिमेकी देश भारत लगायत तेश्रो मुलुकबाट आएकाहरुको सम्भाबित कोरोना भाइरसको लक्षण वा संक्रमित भए नभएको पहिचान गरि क्वारेन्टाइनमा बस्न आवस्यक ब्यबस्था मिलाउने र कोरोना भाइरसको संक्रमणबाट जोगिन बिभिन्न जनचेतना मुलक कार्यक्रमहरु संचालन गर्ने छ ।
वडा वडामा पनि कोरोना भाइरस नियन्त्रण तथा रोकथाम स्वयम सेवक परिचालन समिती गठन
बिश्वभर महामारीको रुपमा फैलिरहेको नोवल कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि वडा वडामा स्वयम सेवक परिचालन ब्यूरो गठन गरेको छ । सम्बन्धित वडाका वडा अध्यक्षहरुको संयोजकत्वमा सात सदस्यिय ब्युरो गठन गरिएको हो ।
वडा नं. १का वडा अध्यक्ष हरि नारायण थारुको संयोजकत्वमा मिना थापा,ममता श्रीस,लुमाकान्त भुषाल,गिर बहादुर तरामु,मदन थापा र जयलाल उपाध्याय सदस्य रहेको कोरोना भाइरस नियन्त्रण तथा रोकथाम स्वयम सेवक परिचालन ब्युरो गठन भएको छ ।यस्तै वडा नं. २ का वडा अध्यक्ष शेर बहादुर थारुको संयोजकत्वमा मेघराज काउचा,बोम बहादुर भुषाल,राम बहादुर तामाङ,गीताराम रिजाल,सदस्य कोरोना भाइरस नियन्त्रण तथा रोकथाम स्वयम सेवक परिचालन ब्युरो गठन गरेको छ भने रहेको वडा नं. ३ का वडा अध्यक्ष नगेन्द्र बहादुर लामिछानेको संयोजकत्वमा गठित ब्युरोमा दुर्गा पौडेल, तुल बहादुर थापा,मन बहादुर थापा(मनु),सरिता कार्की र राजकुमार यादव सदस्य रहेका छन ।यस्तै वडा नं. ४ का वडा अध्यक्ष दुर्गा सिंह क्षेत्रीको संयोजकत्वमा बिमला पाण्डे,सुमित्रा बुढाथोकी,गोपाल बहादुर के.सी.,गीर बहादुर थापा,जगिलाल थापा,इन्द्र प्रसाद चौधरी र चक्रपाणी पौडेल सदस्य रहेको ब्युरो गठन भएको छ भने वडा नं. ५ का वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारीको संयोजकतवमा ठाकुर कुमार दगामी,लक्ष्मी पौडेल,उषा क्षेत्री,इन्द्र प्रसाद चौधरी, शोभाखर आचार्य र पुर्णवासी थारु सदस्य रहेको वडा स्तरिय ब्युरो गठन भएको वडा नं. ५ का वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारीले जानकारी दिनु भएको छ।