४ चैत्र,कञ्चन/जगिलाल थापा
नेपाल रेडक्रस सोसाइटी,रुपन्देही शाखाको रक्तदान अभियान अन्तर्गत कञ्चनमा गरिएको बृहत खुल्ला रक्तदान कार्यक्रमको दोश्रो दिन १ सय ३० युनिट रगत संकलन भएको छ। सुनगाभा सामुदायिक बिकास केन्द्रको कार्यलयमा आयोजना गरिएको रक्तदान कार्यक्रममा १ सय ३० जना स्वयमसेबी रक्तदाताहरुले रक्तदान गरेका हुन ।
नेपाल रेडक्रस सोसाइटी,कञ्चन उपशाखाको समन्वय तथा सुनगाभा सामुदायिक बिकास केन्द्र,कञ्चन ४,रुपन्देहीको आर्थिक सहयोगमा आयोजित रक्तदान कार्यक्रममा लाली गुरांस युवा क्लव,जनआस्था पृथ्वी क्लव,एकता युवा क्लव,प्रगतिशिल युवा क्लव,रिभरसाइड युवा क्लव,लायन्स क्लव अफ कञ्चनको संयुक्त आयोजनामा संचालन गरिएको रक्तदान कार्यक्रमको दोश्रोे दिन स्वयमसेबी रक्तदाताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
नोवल कोरोना भाइरसको संक्रमणले गर्दा सो कोरोना भाइरसको थप संक्रमणलाई रोकथाम गर्न गरिएको लकडाउनका कारण रक्तदाता संघसंस्थाहरुले नियमित रक्तदान कार्यक्रमको आयोजना गर्न नसकिरहेकोले प्राय अस्पतालहरुमा रगतको अभाव भई बिरामीहरुको उपचारमा समस्या आएकाले नेपाल रेडक्रस सोसाइटी,रुपन्देही शाखाको अगुवाईमा रक्तदान अभियान संचालन गरिएको लायन्स क्लव अफ कञ्चन बर्ष २०२० का अध्यक्ष तथा कञ्चन गाउपालिका वार्ड नं. ४ का वडा अध्यक्ष दुर्गा सिंह क्षेत्रीले बताउनु भएको छ।
संकटको बेलामामा पनि कुनैपनि बिरामीहरुले रगतको अभावमा मृत्युबरण गर्न नपरोस भनि कञ्चनका कृयाशिल संघसंस्थाहरुको संयुक्त आयोजनामा संचालन गरिएको रक्तदान कार्यक्रममा स्थानिय रक्तदाताहरुको उत्साह जनक सहभागिताले सामाजिक उत्तरदायित्व बहन गर्नमा कचनका युवाहरु सचेत रहेको सुनगाभा सामुदायिक बिकास केन्द्रका कार्यक्रम संयोजक गोपाल बहादुर के.सी.ले स्मरण्म गर्नु भएको छ।
रक्त संचार केन्द्र,बुटवलको प्राबिधिक सहयोगमा भएको दुइदिने रक्तदान कार्यक्रममा साबिक रुद्रपुरबाट २ सय ८० युनिट रगत संकलन भएको थियो । हिजो एकता युवा क्लव पिपरीचापाको कार्यलयमा भएको रक्तदान कार्यक्रममा ९७ युनिट र जनआस्था पृथ्वी क्लवको अगुवाइमा थकालीचौकमा भएको कार्यक्रममा ५७ युनिट रगत संकलन भएको थियो भने आज सुगाभा सामुदायिक बिकास केन्द्रको कार्यलय सुनगाभाचौकमा भएको रक्तदान कार्यक्रममा १ सय ३० युनिट रगत संकलन भएको थियो ।
नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखाबाट आगलागि पिडितलाई राहत प्रदान
नेपाल रेडक्रस सोसाइटी,रुपन्देही शाखाले गैडहवा र लुम्बिनी सांस्कृतिक नगरपालिकाका आगलागि पिडित घरपरिवारलाई राहत प्रदान गरेको छ। गत चैत्र २८ गते भएको आगलागिबाट गैडहवाको वार्ड नं. ५मा एक घर र लुम्बिनी सांस्कृतिक नगरपालिकाको वार्ड नं. ४ मा ४ जना घरमा आगलागि भई सम्पुर्ण नस्ट भएको थियो ।
नेपाल रेडक्रस सोसाइटी,रुपन्देही शाखाका सभापति प्रेमलाल उदासको नेतृतवमा आएको टोलीले पिडितहरुको घरमै गई राहत प्रदान गरेको हो ।पिडित घरपरिवारलाई कम्मल,ओढ्ने तथा डस्याउने लत्ता कपडा,खाना पकाउने भाडाकुंडा,त्रिपाल लगायतका राहत सामाग्री उपलब्ध गराइएको हो ।
बिशेषगरी नेपाल रेडक्रस आपत बिपत र बिषम परिस्थितिमा जनताको घर आगनमै गई पिडितहरुको सेवामा सदैब हातेमालो गरेर मलमपत्ती लगाउन अग्रपंक्तीमा हुने शाखा सभापति प्रेमलाल उदासले बताउनु भएको छ। बस्तबिक पिडितहरुको दुखमा मुस्कान छर्न र थोरै भएपनि राहत होस भन्ने उद्धेश्यका साथ नेपाल रेडक्रसले राहत संकलन गरेर पिडितहरुलाई राहत प्रदान गर्दै आएको सभापति उदासले बताउनु भएको छ।