२९ चैत्र,बुटवल
खाने मुखलाई जुंगाले छेक्दैन भन्ने कुरा बुटवलाका स्रजकहरुले प्रमाणित गरिदिएका छन।बिस्वभर कोरोना भाईरसको संक्रमण सम्भावनाबाट सुरक्षित हुन बिश्वरभर लकडाउन गरिएकोछ।यसरी लकडाउन गरिएपनि बुटवलका साहित्यकारहरुले नारायणी पश्चिमको गरिमाको रुपमा निरन्तर रुपमा संचालन हुँदै आएको बुटवल साहित्य संगमलाई निरन्तरता दिएरै छाडे।
देशभर लकडाउन गरिएपछि मानिसहरुको आवत जावत मात्र होइन बिश्वनै थप्प छ।सुनसान अवस्थामा पनि मानिसहरुले आफ्नो दैनिक यापन रोकेका छैनन।किन भने लकडाउनका बावजुद पनि आफ्नो दैनिक यापनलाई चलायमान बनाउन आधुनिक प्रबिधीको भरपुर प्रयोग गरिएको छ र गर्ने प्रयास गरिएकोछ।
लकडाउन हुदा प्राय मानिसहरु सृजनशिल बन्न सक्ने सम्भावाना परचुर देखिन्छ। लकडाउनका बेला मानिसहरु आ(आफ्नै ढंगले समयको सदुपयोग गरिरहेको समाचार तथा विभिन्न सामाजिक संजालहरुमा देख्न र पढ्न पाएका छौ।आज त्यसैको शिलशिला दोहोरिएको बुटवल साहित्य संगमको ३०४ औं श्रृंखलामा।अर्थात रुपन्देही लगायत बुटवल बाहिर रहेका साहित्यानुरागी तथा स्रजकहरुले आधुनिक प्रबिधीको प्रयोग गरि बुटवल साहित्य संगमको नियमित श्रृंखला संचालन गरेकाछन।एकान्तबासबाट साहित्यिक कार्यक्रम
साहित्य संगम,बुटवलको ३०४ औं साहित्यिक श्रृङखला एकान्तबासबाट शनिवार बुटवलमा सम्पन्न भएकोछ।श्रृङखलाको प्रमुख अतिथिका रुपमा रहेका लेखक तथा समीक्षक माधवकुमार पौडेलले कोरोनाबाट दूरगामी असर परेता पनि नेपालमा नयाँ सम्भावनाका ढोका खुल्ने बताए ।
साथै उनले डोजरे विकासलाई हटाएर कृषि,शिक्षा र स्वास्थ्यमा राज्यले पूर्णरूपमा लगानी गर्नुपर्नेमा जोड दिए । उनले भने "साहित्यकारहरुले सबै नागरिकहरुको आत्मबल बढाउने खालका रचनाहरु सिर्जना गरि कोरोनाका बिरुद्धमा लड्नू पर्दछ" ।
जुम क्लाउड भिडियो मिटिङ मार्फत एकान्तबासबाट सञ्चालन गरिएको उक्त साहित्यिक श्रृङ्खलामा काठमाडौंमा रहेका संस्कृतिविद् घनश्याम कोरालाले खानेमुखलाई जुँघाले छेक्दैन भन्ने उखानलाई साहित्य संगम,बुटवलले विषम परिस्थितिमा समेत चरितार्थ गरेको बताए । त्यसैगरी युवा अध्येता रामचन्द्र श्रेष्ठले साहित्यकारका साहित्यिक रचनाहरु निराशावादी भएकाले आँट हिम्मत र शाहस बढाउने खालका साहित्यक रचना हुनुपर्ने भन्दै साहित्य संगम,बुटवलको यो श्रृङखला एतिहासिक रहेको बताए ।
कार्यक्रममा बुटवलबाट मीन राना,धनकुमारी अर्याल,यज्ञलाल सुवेदी,हरिप्रसाद पौडेल,पुरुषोत्तम पाण्डे, सैनामैनाबाट सागर केसी,भैरहवाबाट सीता ढुङ्गानाले प्रत्यक्षरुपमा जोडिएर रचना वाचन गरेका थिए ।
त्यसैगरी पाल्पाका साहित्यकारहरु यम सागर,कपिल कुँवर,गोपाल बस्याल,बुटवलका साहित्यकारहरु देवेन्द्र घिमिरे, शालिकराम पौड्याल र कृष्ण गाउँलेका रचनाहरु कार्यक्रमका संयोजक एवम् सञ्चालक दलबहादुर गुरुङले वाचन गरेका थिए । साथमा तिलोत्तमाका गजलकार गोविन्द भुसालको रचना मीन रानाले वाचन गरेका थिए ।
राजेन्द्रकुमार आचार्यको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन दलबहादुर गुरुङ र मीन रानाले गरेका थिए भने विशेष धन्यवादको पात्र देवेन्द्र घिमिरे भएका छन् ।