२८ चैत्र,कञ्चन
कञ्चन प्याब्सनले दियो १ लाख भन्दा बढीको राहत सामाग्री
रुपन्देहीको कञ्चनमा राहत सामाग्री जुट्ने क्रम जारी रहेको छ । बिश्वभर कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलिएपछि नेपालमा पनि गत चैत्र ११ गतेमा गरिएको लकडाउनबाट प्रभाबित दैनिक ज्याला मजदुरी गरी खाने घरपरिवारलाई राहत उपलब्ध गराउन कञ्चनका बिभिन्न संघसंस्थाहरुले कञ्चन गाउपालिकालाई राहत उपलब्ध गराएका छन ।
कञ्चन गाउपालिकाले बिपन्न घरपरिवारको लागि राहत बितरणमा प्रभावकारी भुमिका खेलेको र बिषम परिस्थितीमा अभिभावकको भुमिकामा रहेका स्थानिय तहलाई सहयोग गर्नु सबै भन्दा ठूलो धर्म र महत्वपुर्ण कर्तब्य भएको भन्दै कञ्चनमा रहेका निजी तथा आवासिय बिधालयहरुको साझा संगठन कञ्चन प्याब्सनले करिब १ लाख १० हजार रुपैया बराबरको खाध्य सामाग्री उपलब्ध गराएको छ ।कञ्चन गाउपालिकालाई उपलब्ध गराएको राहत सामाग्रीमा चामल (सावा) १० क्वीन्टल,दाल १ क्वीन्टल ५० किलो,सोया तेल १ सय ५० लिटर,सरफ १ सय ५० प्याकेट,नुन १ सय ५० किलो,सोयाबोडी ३० किलो र हात धुने डिटोल साबुन १ सय ५० पीस रहेको कञ्चन प्याब्सनका अध्यक्ष मोहन सुनारले बताउनु भएको छ ।कञ्चन प्याब्सनका सदस्य बिधालयहरुबाट १ लाख २५ हजार नगद संकलन गरी १ लाख १० हजार रुपैया बराबरको राहत सामाग्री कञ्चन गाउपालिकालाई उपलब्ध गराइएको छ भने बाकी १५ हजार रुपैया प्याब्सन रुपन्देही मार्फत केन्द्रिय राहत कोषमा पठाइने अध्यक्ष सुनारले जानकारी दिनु भएको छ।
कञ्चन प्याब्सनद्धारा राहत प्रदान गर्दै
लालीगुरांस मन्टेश्वरी द्धारा पनि राहत सामाग्री
यस्तै कञ्चन ४ शिवालयचौकमा रहेको लालीगुरांस मन्टेश्वरी स्कुलले कोरोना भाइरसको संक्रमणबाट सुरक्षित बनाउन कञ्चनवासीलाई राहत प्रदान गर्न भनि कञ्चन गाउपालिकालाई ५ सय पीस हात धुने लाइफ ब्वाय साबुन उपलब्ध गराएको छ।सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त मन्टेश्वरी स्कुलले कञ्चन गाउपालिकालाई राहत सहयोग स्वरुप हात धुने साबुन उपलब्ध गराएको लालीगुरांस मन्टेश्वरी स्कुलका प्रिन्सीपल गणेश सुनारले बताउनु भएको छ।थोरै भएपनि बिषम परिस्थितीमा गाउपालिकासंग सहकार्य गरी राहत प्रदान गर्न पाएकोमा आफ्नो संस्था गर्वान्वित भएको प्रिन्सिपल सुनारले ब्यक्त गर्नु भएको थियो ।
लाली गुरांस मन्टेश्वरीद्धारा राहात सामाग्री हस्तान्तरण गर्दै
करिब १४ हजार रुपैया बराबरको राहत स्वरुप हात धुने साबुनले कोरोना भाइरसको संक्रमणलाई रोकथाम गर्न सहज हुने बताउदै कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रले बिपदको समयमा निजी तथा संस्थागत बिधालयहरुले उपलब्ध गराएको सहयोग प्रति धन्यबाद ब्यक्त गर्नु भएको थियो।मन्टेश्वरी बिधालयहरुले आफ्ना अभिभावक मार्फत स साना नानी बाबुहरुलाई सुरक्षित रहन सचेतना मुलक शन्देस प्रवाह गर्दा बढी प्रभावकारी हुने बिश्वास अध्यक्ष क्षेत्रीले ब्यक्त गर्नु भएको थियो ।
गाउपालिकाका अध्यक्ष क्षेत्रीले राहत ग्रहण गर्दै
कञ्चन लायन्स र लाली गुरांसद्धारा किटनासक औषधी प्रदान
यसैगरी कञ्चन गाउपालिकामा रहेको दुई गैरसरकारी संस्थाहरु लालीगुरांस युवा क्लव,कञ्चन–३,हरैया र लायन्स क्लव अफ कञ्चनले १/१ क्वीन्टल किटनासक औषधीको रुपमा ब्लिचिङ पाउडर उपलब्ध गराएका छन । लामो समय देखि स्थानिय क्षेत्रमा सामाजिक कामहरु संचालन गर्दै आइरहेको लाली गुरांस युवा क्लव र लायन्स क्लव अफ कञ्चन हरैयाले बिश्वभर महामारीको रुपमा फैलिरहेको नोवल कोरोना भाइरसको संक्रमणलाई कञ्चनमा फैलिन नदिन कञ्चनका हरेक गाउगाउमा किटनासक औषधी छर्किनु पर्ने अत्यन्त जरुरी भएकोले सो किटनासक औषधी कञ्चन गाउपालिकाभरी छर्किन सहज होस भनि गाउपालिकालाई ब्लिचिङ पाउडर उपलब्ध गराएको लाली गुरांस युवा क्लवका अध्यक्ष तथा लायन्स क्लव अफ कञ्चनका प्रथम उपाध्यक्ष राम बहादुर थापाले जानकारी गराउनु भएको छ।
लायन्स क्लव अफ कञ्चनद्धारा किटनासक औषधी हस्तान्तरण गर्दै
समयमाई सामुदायिक बन उपभोक्ता समूह कञ्चन १,गजेडी दानपुरले पनि कञ्चन गाउपालिकाले स्थापना गरेको राहत कोषमा २५ हजार नगद जम्मा गरेको छ भने कञ्चन ५ पश्चिम शान्तीटोल बिकास संस्थाबाट २ क्वीन्टल चामल र ४ हजार ४ सय रुपैया नगद उपलब्ध गराएको छ।त्यस्तै हरि राइस मिल कञ्चन १, हात्ती बजारबाट पनि १ क्वीन्टल चामल राहत स्वरुप कञ्चन गाउपालिकालाई उपलब्ध गराएको राहत संकलन उपसमितिका संयोजक तथा वार्ड नं. ५ का वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारीले जानकारी दिनु भएको छ।