दिनानाथ आचार्य,अध्यक्ष,रुद्रपुर खानेपानी तथा सरसफाई संस्था
दीनानाथ आचार्य कञ्चन गाउपालिकाको समृद्धको सपना र उक्त सपना पुरा गर्न स्थानिय सरकारको हरेक योजनामा सहकार्य र समन्वय गर्दै आउनु भएका कञ्चन गाउपालिकाका एक अगुवा हुनुहुन्छ । लामो समय देखि बिभिन्न संघ संस्थामा आफ्नो सकृयतालाई सामान्य सदस्य,कार्यकारी तथा नेतृत्वमा रहेर कार्य गर्दै आउनु भएका आचार्य यतिबेला भने रुद्रपुर खानेपानी तथा सरसफाई संस्थाको तेश्रो कार्यकालका लागि अध्यक्षको भुमिकामा हुनुहुन्छ ।
रुद्रपुर खानेपानी तथा सरसफाई संस्थाको तेश्रो कार्यकालका लागि अध्यक्षको भुमिकामा रहनु भएका दीनानाथ आचार्यले महामारीको रुपमा बिश्वभर फैलिरहेको नोवल कोरोना भाइरसको सम्भाबित संक्रमणलाई रोकथाम गर्न नेपाल सरकारले देशभर लागु गरेको लकडाउनका समयमा आफ्ना उपभोक्ता सदस्यहरुलाई फोन सम्पर्कको माध्यमबाट आफ्नौ घरमा सेल्फ क्वारेन्टाइनमा रहन आग्रह गर्दै सामाजिक संजालमा आएका बिभिन्न सूचना र पत्रपत्रिकाको अध्ययनमा आफु ब्यस्त हुनुहुन्छ ।
अध्यक्ष आचार्यको चिन्ता माक्सको अभावमा
अध्यक्ष दीनानाथ आचार्यले आफ्ना उपभोक्ता सदस्य तथा कञ्चनवासीहरुलाई कोरोना भाइरसको सम्भाबित संक्रमणबाट जोगाउन सर्जिकल माक्स बितरण गर्ने उद्धेश्यका साथ एक दिन बुटवल बजारभरी घुम्नु भयो तर कही कतै उक्त माक्स नपाइएकोमा दखि हुनुहुन्छ । तैपनि वहाले आम कञ्चनवासीलाई लकडाउनको बेला आफ्नै घरमा रही सेल्फ क्वारेन्टाइनमा रही सुरक्षित हुन आग्रह गर्दै छिनछिनमा साबुन पानीले हात धुन आग्रह गर्नु भएको छ ।
नाम बहादुर केसी,अध्यक्ष रुद्रपुर सामुदायिक बन उपभोक्ता समूह
नाम बहादुर केसी बिगत एक बर्ष देखि कञ्चन गाउपालिकाकै ठूलो सामाुदायिक बन उपभोक्ता समूह अर्थात रुद्रपुर सामुदायिक बन उपभोक्ता समूहको अध्यक्ष हुनुहुन्छ ।कञ्चन गाउपालिकामै रहेको सानोतिनो बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षबाट केही महिना अगाडीबाट बिदा हुनु भएका के.सी. कञ्चनको समृद्धीका हरपल चिन्तन गर्ने ब्यक्ति हुनुहुन्छ ।
अध्यक्ष केसलाई आफ्नो सामुदायिक बनलाई बैज्ञानिक बन ब्यबस्थापनका लागि सामुदायिक बन भित्र नक्सा कोर्दै गर्दा महामारीको रुपमा बिश्वभर फैलिरहेको नोवल कोरोना भाइरसको सम्भाबित संक्रमणलाई रोकथाम गर्न नेपाल सरकारले देशभर लागु गरेको लकडाउनले प्रभाबित बनाएको छ।यधपी यो अन्तराष्ट्रि संकट परेको बेला लकडाउनलाई स्वभाबिक रुपमा लिदै बैज्ञानिक बन ब्यबस्थापनको कामलाई स्थगित गर्नु भएको छ ।
देशभर भएको लकडाउन भएको बेला आफुले आफुलाई सुरक्षित राख्न घरमै सेल्फ क्वारेनटाइनमा बसी चर्चित उपन्यास सेतो बाघलाई अध्ययन गर्दै हुनुहुन्छ । सामाजि संजालमा आउने बिभिन्न सूचनाहरुलाई सूचनाको आधार बनाउदै आफ्ना उपभोक्ता सदस्य तथा आम कञ्चनवासीलाई घर बाहिर आउने कुनैपनि ब्यक्तिलाई सिधै घरमा नराखी कञ्चन गाउपालिकाले बनाएको अस्थाई क्वारेन्टाइनमा पठाउन वा घरमै सुरक्षित रुपमा बस्न आग्रह गर्नु भएको छ ।
अध्यक्ष के.सी.को चिन्ता बन तस्करहरुले बन फडानी गर्छन की भन्नेमा
देशभर लकडाउन भएपछि कोही पनि बाहिर हिडडुल गर्न पाएका हुदैनन त्यतिबेला काठ तस्करहरुका लागि सुनौलो अवसर हुने भएकोले लकडाउनको बेला आफ्नो बन भित्र तस्करहरु पसेर बन सखाप पार्ने हुन की भन्ने चिन्ता छ । उक्त चिन्ताबाट मुक्त हुन अध्यक्ष के.सी.ले आफु र बन हेरालु समय समयमा बनको निगरानी गर्दै आउनु भएको छ ।
भरतमणी सापकोटा,अध्यक्ष नेपाल कम्युनिष्ट पार्टी(नेकपा)
भरतमणी सापकोटा एक राजनैतिक अगुवा हुनुहुन्छ ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कञ्चन गाउ कार्यसमितिको अध्यक्ष समेत रहनु भएका सापकोटाले समृद्ध कञ्चन सुखी कञ्चनवासी निर्माणका लागि स्थानिय सरकारलाई सुझाव दिदै आउनु भएको छ। समृद्ध कञ्चन निर्माणका बारेमा स्थानिय जनप्रतिनिधीहरुसंग सधै सम्पर्कमा रहीरहने अध्यक्ष सापकोटा बिश्वभर फैलिरहेको नोवल कोरोना भाइरसको सम्भाबित संक्रमणलाई रोकथाम गर्न नेपाल सरकारले देशभर लागु गरेको लकडाउनका बेला सामाजिक संजालमा आउने बिभिन्न समाचार र सूचनालाई समय बिताउने माध्यम बनाउनु भएको छ । यस संगै अध्यक्ष सापकोटाले फुर्सदको समय छोपी राजनैतिक पुस्तक र पत्रपत्रिका पढेर दिन बिताउनु भएको छ ।
यम बहादुर क्षेत्री,सभापति,नेपाली कांग्रेस
नेपाली कांग्रेस,कञ्चन गाउ कार्य समितिका सभापति यम बहादुर क्षेत्रीले यतिबेला घरमै बसेर रेडियो र टेलिभिजन हेरेर दिन बिताउनु भएको छ। सभापति क्षेत्रीले आफ्नो गाउमा छिमेकी बैदेशिक रोजगारको शिलशिलामा देश भारत तथा तेश्रो देशहरुमा गएका कञ्चनवासीहरुको संख्या बृद्धि भैरहेको र उनिहरुलाई आफ्नै घरमा सेल्फ क्वारेन्टाइन मा बस्न आग्रह गर्नु भएको छ ।कञ्चनवासीलाई कञ्चन गाउपालिकाले जारी गरेको लकडाउनलाई पुर्ण रुपमा पालना गरी सुरक्षित हुन आग्रह गर्नु भएको छ ।
सोमनाथ पौडेल,सचिव,समाजबादी पार्टी,रुपन्देही
यतिबेला समाजबादी पार्टी,रुपन्देही जिल्ला सचिव सोमनाथ पौडेल महामारीको रुपमा बिश्वभर फैलिरहेको नोवल कोरोना भाइरसको सम्भाबित संक्रमणलाई रोकथाम गर्न नेपाल सरकारले देशभर लागु गरेको लकडाउनका समयमा घरमै बसी सुरक्षित हुुनुहुन्छ । जिवन स्वस्थ भए सबैथोक गर्न सकिने भन्दै जति नै महत्वपुर्ण कार्य भएपनि सबै स्थगित गरी घरको महत्वपुर्ण कार्य गर्दै आउनु भएको छ ।
कपिल पौडेल,राष्ट्रिय जनमोर्चा
राष्ट्रिय जनमोर्चाका युवा नेता कपिल पौडेलले महामारीको रुपमा बिश्वभर फैलिरहेको नोवल कोरोना भाइरसको सम्भाबित संक्रमणलाई रोकथाम गर्न नेपाल सरकारले देशभर लागु गरेको लकडाउनका समयमा घरमै बसी रेडियो टेलिभिजजन र सामाजिक संजालमा आएका बिभिन्न सूचना तथा समाचारहरुको अध्ययन गरिरहनु भएको छ । आफु कोरोना भाइरसको सम्भाबित संक्रमणबाट सुरक्षित हुन छिनछिनमा साबुन पानीले हात धुने गरेको र बाहिरी सम्पर्कमा नआई सेल्फ कोरेन्टाइनमा बसी पुराना राजनैतिक पुस्तकहरु पढेर समय बिताउदै आउनु भएको छ ।
रेनुका थापा,प्रधानाध्याप,ज्ञानोदय आधारभुत बिधालय
बिधाल खुलेको समयमा दैनिक बिधायमा गई शिक्षण गरेर समय बिताउदै आउनु भएका रेनुका थापा यतिबेला घरमै शैक्षिक शत्र २०७६ को बार्षिक परीक्षाको उत्तरपुस्तिका परीक्षण गरेर समय बिताउनु भएको छ।कञ्चन गाउपालिका वार्ड नं. ५ पिपरीचापामा रहेको ज्ञानोदय आधारभुत बिधलयको प्रधानाध्यापक समेत रहनु भएका थापाले फोन गरेर आफ्ना बिधार्थीहरुका अभिभावकहरुलाई फोन गरेर बिधार्थीहरुको दैनिक गतिबिधी बुझिरहेको र बिधार्थीहरुलाई घरमै बसेर टेलिभिजन हेर्न र आगामी कक्षाहरुको पुस्तक संकलन गरेर पढ्न लगाइरहनु भएको छ।
केजी कुमार पौडेल, नेपाल कम्युनिष्ट पार्टी (क्रान्तीकारी माओबादी)
नेपाल कम्युनिष्ट पार्टी (क्रान्तीकारी माओबादी)का स्थानिय नेता अर्थात कञ्चन गाउपालिकाका राजनैतिक अगुवा केजी कुमार पौडेल यतिबेला महामारीको रुपमा बिश्वभर फैलिरहेको नोवल कोरोना भाइरसको सम्भाबित संक्रमणलाई रोकथाम गर्न नेपाल सरकारले देशभर लागु गरेको लकडाउनका समयमा त्रसित भएर भन्दा पनि आफ्नो लागि आफै आफ्नै घरमा सुरक्षित भएर बस्न आम कञ्चनवासीलाई आग्रह गर्नु भएको छ।
कोरोना महामारी रोग हो तर हामीले नियमित सरसफाईमा ध्यान दिन सक्यौ भने र सम्भाबित लक्षण भएका ब्यक्तिहरुलाई मानसिक रुपमा सहजिकरण गरी उपचार गर्न लगाउनमा उत्साहित गर्न सके कोरोनाको सम्भाबित संक्रमणलाई रोकथाम गर्न सकिने बताउनु भएको छ । यदि संक्रमण भइहाल्यो भने उपचारको लागि देशमै उत्पादित कुनै औषधी तथा सर्जिकल सामाग्री नभएकोले भयाबहको सम्भावना पनि उत्तिकै रहेको हुदा सरकारले घोषण गरेको लकडाउन निकै सकारात्मक भएको बताउनु भएकोछ ।
चुडामणी पौडेल,संस्थापक अध्यक्ष,कञ्चन जेसिज,बर्ष २०२०
कञ्चन जेसिज बर्ष २०१९का अध्यक्ष तथा बर्ष २०२० का निरुपित अध्यक्ष चुडामणी पौडेलले महामारीको रुपमा बिश्वभर फैलिरहेको नोवल कोरोना भाइरसको सम्भाबित संक्रमणलाई रोकथाम गर्न नेपाल सरकारले देशभर लागु गरेको लकडाउनका समयमा विनोद चौधरीले लेख्नु भएको आत्म कथा नामक पुस्तक पढेर सक्नै लाग्नु भएको छ । विनोद चौधरीको आत्मकथालाई अध्ययन गरिसकेपछि प्रस्ताबित कञ्चन जेसिजको संस्थापक अध्यक्ष भएको बेला नेपाल जेसिज बर्ष २०१९का राष्ट्रिय उपाध्यक्ष अर्जुन अधिकारीले मायाको चिनो स्वरुप उपलब्ध गराउनु भएको जितैजित नामक पुस्तक पढ्ने समय तालिका बनाउनु भएको छ ।
यसैगरी जेसि पौडेलले आफ्नो गाउमा ग्रुपमा रहेर खेल खेल्ने वा कुराकानी गर्नेहरुलाई घरमै क्वारेन्टाइनमा बसी सृजनात्मक कार्य गर्न सुझाव दिदै आउनु भएको छ । कोरोनाको सम्भाबित संक्रमणबाट जोगिन आफुले पनि सामान्य अवस्थामा जस्तै छिन छिनमा साबुन पानीले हात धुने गर्नु भएको छ र साथै कञ्चन गाउपालिकाले निर्माण गरेको अस्थाई क्वारेन्टाइनका लागि कञ्चन जेसिजको तर्फबाट खाध्यन्न सामाग्री उपलब्ध गराउने योजना समेत बनाउनु भएको छ ।
क्या.बिष्णु नारायण श्रेष्ठ,अध्यक्ष,सामुदायिक रेडियो कञ्चन ९५.८ मेगाहर्ज
कञ्चन सामुदायिक संचार संस्था,कञ्चन–३,हरैयाद्धारा संचालित सामुदायिक रेडियो कञ्चन ९५.८ मेगाहर्जका अध्यक्ष क्या.बिष्णु नारायण श्रेष्ठ यति बेला घरमै बसेर करेसाबारीमा तरकारी खेतीमा ब्यस्त हुनुहुन्छ । अरुबेला भ्याई नभ्याई दौडधुप गरिरहदा घरको थुप्रै काममा ध्यान दिन नपाएकोले लकडाउनको बेला घरको काममा ब्यस्त हुनुहुन्छ । महामारीको रुपमा बिश्वभर फैलिरहेको नोवल कोरोना भाइरसको सम्भाबित संक्रमणलाई रोकथाम गर्न नेपाल सरकारले देशभर लागु गरेको लकडाउनले आफ्नो संचार गृह पनि प्रभाव पारेको हुदा सकेसम्म सत्यतथ्य समाचारहरुलाई आम श्रोतामाझ पु¥याउन आफु मातहतका रेडियोकर्मीहरुलाई घरमै बसेर निर्देशन दिदै आउनु भएको छ।
सानोतिनो बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष समेत रहनु भएको क्या. श्रेष्ठले आफ्ना शेयर सदस्य तथा आम कञ्चनवासीलाई घर भित्रै बसी सुरक्षित हुन आग्रह गर्नु भएको छ ।
चुडामणी शर्मा,क्याम्पस प्रमुख,हरैया बहुमुखी क्याम्पस
प्राय प्राध्यापनमै ब्यस्त भैरहने हरैया बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख चुडामणी शर्मा महामारीको रुपमा बिश्वभर फैलिरहेको नोवल कोरोना भाइरसको सम्भाबित संक्रमणलाई रोकथाम गर्न नेपाल सरकारले देशभर लागु गरेको लकडाउनको समयमा घरमै बसेर रेडियो टेलिभिजन तथा पुराना पत्रपत्रिका पढेर समय बिताउनु भएको छ। बिधालयको प्रशासकिय जिम्मेवारी समेत लिएर लामो समयसम्म हरैया माध्यमिक बिधालयलाई अहिलेको अवस्था सम्म ल्याई पु¥याउनमा महत्वपुर्ण योगदान दिनु भएका चुडामणी शर्माले हरेया माध्यमिक बिधालयबाट अनिवार्य अवकास लिई हरैया बहुमुखी क्याम्पसको नेतृत्व गर्दै आउनु भएका शर्माले कोरोना भाइरसको सम्भाबित संक्रमणबाट सुरक्षित हुन आफु घर बाहिर ननिस्किएको र सामाजिक संजालमा आउने समाचारहरुलाई नै सूचनाको आधार बनाउदै आउनु भएको छ।
लेखनाथ पौडेल,अध्यक्ष,प्याब्सन रुपन्देही तथा प्रधानाध्यापक बुद्धदीप आवासिय बिधालय
प्याब्सन रुपन्देहीका अध्यक्ष लेखनाथ पौडेल यतिबेला आफ्ना बिधार्थीहरु र बिधार्थीहरुका अभिभावकहरुलाई फोन सम्पर्क गरी बिधार्थीहरुको अवस्थाका बारेमा बुझिरहेको र रुपन्देही जिल्ला भरीका निजी बिधालयहरुका संचालक तथा प्रधानाध्यापकहरुसंग नियमित फोन सम्पर्कमा रही सूचनाहरु आदान प्रदान गर्दैमा समय बिताउनु भएको छ । बुद्धदीप आवासिय माध्यमिक बिधालयका प्रधानाध्यापक पौडेलले आगामी शैक्षिक शत्रमा आधुनिक प्रबृधीको समयमा माध्यमबाट शिक्षण गरी शिक्षण बिधिलाई प्रभावकारी बनाउन आफ्नो बिधालय र मातहतका बिधालयका शिक्षकहरुलाई प्रबिधीयुक्त पाठ्य योजना तयार गर्न निर्देशन दिनु भएको छ र आफुले पनि प्रोजेक्टरको माध्यमबाट आफ्नो शिक्षणलाई अगाडी बढाउन प्रबिधीयुक्त पाठ्य योजना तयार गर्नमा लकडाउनको समय उपयोग गर्नु भएको छ।
आफ्नो बिधालयका एस.ई.ई.का बिधार्थीहरुलाई घरमै नेपाल टेलिभिजनको एनटिभी प्लसबाट प्रसारित एस.ई.ई परीक्षा तयारी कक्षमा सहभागी भई परीक्षको तयारी गर्न फोन सम्पर्कको माध्यम तथा सामाजिक संजाल मार्फत सल्लाह दिनु भएको छ। प्याब्सन सदस्य बिधालयका संचालक तथा प्रधानाध्यापकहरुले फोन मार्फत बिधालय संचालन हुने समय सोध्ने गर्नु भएकोमा वहाले कोरोना भाइरसको सम्भाबित संक्रमणको रोकथाम नहुदा सम्म बिधालय संचालन गर्नमा हतार नगर्न बिशेष अनुरोध गर्नु भएको छ।
राम बहादुर थापा,सभापति,नेपाली कांग्रेस,क्षेत्र नं. ५ (क)रुपन्देही
समाजमा खेलकुद प्रेमी तथा राष्ट्रिय खेल भलिबल खेलका राष्ट्रि रेफ्रीको रुपमा परिचय बनाउनु भएका राम बहादुर थापा यतिबेला खेलकुदको कार्यक्रम संचालन नभएकोले फुर्सदमै हुनुहुन्छ । नेपाली कांग्रेस,रुपन्देही क्षेत्र नं. ५ (क)का सभापति समेत रहनु भएका थापा भलिबल खेलाडीहरुका लागि नायक सरह हुनुहुन्छ ।भलिबल प्रतियोगितामा तटस्थ निर्णयकको रुपमा रहेर खेल खेलाउने रेफ्रीको रुपमा परिचित थापा यतिबेला महामारीको रुपमा बिश्वभर फैलिरहेको नोवल कोरोना भाइरसको सम्भाबित संक्रमणलाई रोकथाम गर्न नेपाल सरकारले देशभर लागु गरेको लकडाउनको समयलाई सामाजिक संजालमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा खेलाइने भलिबल खेलका नियम र निर्णायक ट्याक्टिसहरुको श्रब्य दृष्य मार्फत अध्ययन गरी सदुपयोग गर्नु भएको छ।
कञ्चन सामुदायिक संचार संस्था,कञ्चन–३,हरैयाद्धारा संचालित सामुदायिक रेडियो कञ्चन ९५.८ मेगाहर्जका संस्थापक अध्यक्ष समेत जिम्मेवारी सम्हालेका राम बहादुर थापाले स्थानिय युवाहरुको नेतृत्वमा संचालन गरेको कञ्चन हरैया कंक्रिट उधोगमा समेत लगानी रहेको छ ।