९ चैत्र,भैरहवा
राजपा नेपाल रुपन्देहीले आयोजना गरेको पार्टी प्रबेश कार्यक्रममा समाजवादी पार्टीमा रहेका तर उक्त पार्टी परित्याग गरेकाहरु राजपामा प्रबेश गरेका छन । जसमा समाजबादी पार्टी परित्याग गरि राजपा नेपाल पार्टीमा प्रबेश गरेका समाजबादी पार्टीका पुर्ब प्रदेश सदस्य श्री रामु यादव, समाजबादी पार्टीकै पुर्ब प्रदेश महिला अध्यक्ष एवं संघीय परिषद सदस्य श्री निलम कुमारी यादव ,पुर्ब प्रदेश सदस्य श्री किरन गुप्ता ,प्रदेश सदस्य श्री रेनु अग्रहरी,रुपन्देही जिल्ला सदस्य श्री सम्भु यादव ,धर्मराज यादव,रामबेलाश मौर्य,सन्तोष शुक्ला लगायत रहेका छन ।
समाजवादी पार्टी परित्याग गरी राजपा पार्टीमा प्रबेश गरेका नव प्रबेशी सदस्यहरुलाई सम्बोधन गदै राजपा नेपाल केन्द्रिय वरिष्ठ उपाध्यक्ष एवं पुर्व शिक्षा मन्त्री श्री सर्बेन्द्रनाथ शुक्लाले मधेसी,आदीबासी तथा थारु र उत्पिडितहरुको अकिारको लागि संघर्ष गर्ने एकमात्र पार्टी राजपा नेपाल भएको दाबी गर्दै हरेक कार्यकर्ताहरु जनताको अधिकारको पक्षमा काम गर्नु पर्नेमा जोड दिएका थिए ।
राजपा जिल्ला अध्यक्ष श्री अजय बर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला कोषाध्यक्ष श्री सरिता श्रीवास्तव,सह सचिब दोय, शंकर चौधरी ,सन्तोष बर्मा सह कोषाध्यक्ष सन्दीप तिवारी जिल्ला सदस्य अनुराग शुक्ला,नवनित त्रिपाठी ,शम्भु तिवारी,राष्ट्रिय बिद्यार्थी संघको जिल्ला अध्यक्ष चन्दन तिवारी लगायतले नव प्रबेशी सदस्यहरुलाइ राजपा नेपालको भबिष्य र राजपा नेपालको मुख्य मुद्धाहरुको बिषयमा जानकारी मुलक मन्तब्य दिएका थिए । कार्यक्रम जिल्ला प्रबक्ता एव सचिब मोहम्मद इस्लामको सचालनमा भएको थियो ।
सम्भाबित कोरोना भाइरसको संक्रमणबाट जोगिन निम्न कुरामा ध्यान दिऔं
#खाना खानु भन्दा अगाडी साबुन पानी तथा खरानी पानीले एक मिनेटसम्म मिचि मिचि हात धुने गरौं,कोरोना भाइरसको सम्भाबित संक्रमण हुनबाट आफु पनि जोगिऔं अरुलाई पनि जोगाऔं ।
#हाछ्यु गर्दा,रुघा खोकी लाग्दा सफा रुमालको प्रयोग गरौं ।
#अत्यावस्यक कामहरुमा बाहेक बढी भिड हुने स्थानहरुमा नजाऔं र जान नदिऔं ।
#ज्वरो आएको,रुघाखोकी लागेको,टाउको दुखेको वा स्वास फेर्न गाह्रो भएको थाहा पाउना साथ नजिकैको स्वास्थ्य केन्द्रको सम्पर्कमा जाऔं ।
जनस्वास्थ्यका लागि
#कञ्चन खवर