२८ चैत्र,फर्साटिकर
रुपन्देहीको शुद्दोधन गाउपालिका-४ सौ फर्साटिकरमा गाउपालिका अन्तरगतका श्रर्मिक मजदुरहरुको भेलाले राजु गौडेलको अध्यक्षतामा अखिल नेपाल मजदुर युनियन,गाउ कार्य समिति गठन गरेको छ।
युनियनको उपाध्यक्षमा भगवती प्रसाद चौधरी,महासचिव होम बहादुर के.सी.,सचिवमा जोगिन्दर लोध,कोषाध्यक्षमा पदम चौधरी, सदस्यहरु गोविन्द श्रेष्ठ,नाथु थारु,सुर्य न्यौपाने,बनारसी लोध,गगनसिह दंगोरिया,हरि चौधरी,सत्यनारायण चौधरी,मिनार थारू,शान्ती कुम्हाल थारु, प्रदिप चौधरी, राम बहादुर थारु, सुर्य अर्याल रहनु भएको छ।
त्यसै गरि प्रमुख सल्लाहकारमा राम चन्द्र पाण्डे,बरिष्ठ सल्लाहकारमा बाल किशुन थारुलाई र सुकै थारु,भेषराज थारु,तुलसी थारु ,तिर्थ थारुलाई सल्लाहकार सदस्यमा मनोनित गरेको छ। यसैगरी भेषराज चौधरीको संयोजकत्वमा तिन सदस्यिय लेखा समिती गठन गरेको छ ।जसको सदस्यहरुमा गोविन्द थारु,मीन बहादुर थारु सदस्यमा निर्वाचित भएका छन। सोही भेलाले बहराम थारूको संयोजकत्वमा मुद्दा समिती गठन गरेको छ। उक्र समितिमा राम नारायण थारु,रामलाल थारु,सन्तु चौधरी,राम बहादुर थारु सदस्य रहेका छन ।
यसैगरी उक्त भेलाले गगन सिह डंगोरियाको संयेजकत्वमा तीन सदस्यिय इलेक्ट्रीक एण्ड प्लम्बिक समिति, ओम प्रकाश यादवको संयोजकत्वमा पेन्टर समितिमा, पदम चौधरीको संयोजकत्वमा निरिक्षण समिति समेत गठन गरेको छ । ग्रामीण क्षेत्रमा काम गर्ने श्रमिक मजदुरहरुको शोषण ,उत्पिडन मुक्त गर्न एवं मजदुरहरुको हक ,हित र अधिकारलाई सुनिश्चित गर्न अखिल नेपाल मजदुर युनियनको गठन भएको मजदुर युनियन कार्य समिति अध्यक्ष राजु गौडेलले बताए ।
शुद्दोधन गाउपालिका ४ सौ फर्साटिकरमा अखिल नेपाल मजदुर युनियन कार्यसमितिको कार्यालय समेत उदघाटन गरुएको छ। लुम्बिनी प्रदेशका सासद तुलसी प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा शुद्धोदन गाउपालिका वडा नं. ४ का वडा अध्यक्ष कार्यवाहक अध्यक्ष हेमन थापाको विशिस्ट आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा गिता पाण्डे, अखिल नेपाल मजदुर युनियनका महासचिव होम के.सी. लगायतले नव गठित कार्य समितिलाई शुभकामना व्यक्त गर्नु भएको थियो । कार्य भेलाा समितिका अध्यक्ष राजु गौडेलको अध्यक्षतामा सम्पन्न भेलालाई सुर्य थापाले स्वागत भएको थियो भने युनियनका महासचिव होम के. सी.ले कार्यक्रम संचालन गर्नु भएको थियोे ।