६ भदौ, कञ्चन
थारु कल्याणकारीणी सभा, कञ्चनको चौथो अधिबेशन कञ्चन ४ स्थित दियो सभाहलमा सम्पन्न भएको छ। अधिबेशनले दिपा थारुको अध्यक्षतामा २० सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ।
अधिबेशनले सभाको उपाध्यक्ष मञ्जुकुमारी थारु, सुभद्रा थारु र रञ्जना थारु, सचिवमा पवित्रा थारु, कोषाध्यक्षमा शैलेन्द्र थारु र सहसचिवमा हरिप्रसाद थारुलाई सर्बसम्मत निर्वाचित गरेको नव निर्वाचित सचिव पवित्रा थारुले जनाकारी दिनु भएको छ। यस्तै सदस्यहरुमा रुक्मणी थारू, राधा थारू, बिन्दु थारू, रामकली थारू, फूलमती थारू, अरुणा कुमारी थारू, कमला थारू, जुना थारू, दशरथ थारू कटारिया, दिल कुमारी थारू, सरिता कुमारी थारू, चुले थारू, पूर्णवासी थारू र विष्णु थारु सर्बसम्मत निर्वाचित भएका छन।
नवनिर्वाति पदाधिकारी तथा कार्य समिति सदस्यहरुलाई बधाई दिदै कञ्चन गाउँपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले थारु कल्याणकारीणी सभा कञ्चनको चौथो अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई थारु समुदायको भाषा, संस्कृति, परम्परा, पहिचान र अधिकार संरक्षणका लागि थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्नु भएको थियो।
थारु समुदायको मौलिक भाषा, कला, संस्कृति र परम्परा हाम्रो स्थानीय समाजको महत्वपूर्ण सम्पत्ति भएको र यसको संरक्षण र पुस्तान्तरणमा थारु कल्याणकारीणी सभाले महत्वपूर्ण भूमिका निर्वाह गर्नमा अझ सशक्त बन्नेमा उपाध्यक्ष थापा मगरले उल्लेख गर्नु भएको थियो। कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका उपाध्यक्ष थापा मगरले स्थानीय सरकारका तर्फबाट समुदायको भाषा, संस्कृति र पहिचान संरक्षण तथा प्रवर्द्धनका लागि आवश्यक सहकार्य र समन्वय गर्न हामी सकारात्मक रहदै आइरहेको बताउनु भएको थियो।
कञ्चन गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष तथा थारु कल्याणकारिणी सभा कञ्चनका सल्लाहकार हरिनारयण थारुले थारू समुदायको भाषा, संस्कृति, पहिचान, परम्परा र हकहितको संरक्षण र प्रवर्द्धनमा आफु र आफ्नो संस्था सरकारी तथा गैर सरकारी संघ संस्था र विभिन्न भाषा, कला साहित्यका अध्येताहरुसंगको सहकार्य र समन्वयलाई निरन्तरता दिन आवस्यक रहेको विचार व्यक्र गर्नु भएको थियो।
यस्तै बिशिस्ट अतिथी तथा थारु कल्याणकारीणी सभा रुपन्देहीका पार्सद सदस्य चन्द्रभान चौधरीले भाषा हरायो भने संस्कृति कमजोर हुन्छ र संस्कृति कमजोर भयो भने समुदायको मौलिक पहिचान पनि संकटमा पर्न सक्ने कुरामा चिन्ता व्यक्त गर्नु भएको थियो। पार्सद सदस्य चौधरीले हाम्रा मौलिक लोकगीत, लोककथा, कविता, साहित्य, संस्कार, चाडपर्व र परम्पराहरू नयाँ पुस्तासम्म पुर्याउनुको कुनै विकल्प नभएको उल्लेख गर्दै पुरानो पुस्तासँग रहेको ज्ञान, अनुभव र मौलिक सामग्रीलाई अभिलेखीकरण गरी नयाँ पुस्तालाई हस्तान्तरण गर्न सके हाम्रो भाषा र संस्कृति दीर्घकालसम्म जीवित रहने विचार व्यक्त गर्नु भएको थियो ।
यस्तै थारु भाषाका अध्येता जनकवि बम बहादुर थारुले कुनै पनि समुदायको पहिचान उसको भाषा, संस्कृति, संस्कार, कला, साहित्य र परम्परासँग जोडिएको हुने र थारु समुदायको आफ्नै समृद्ध इतिहास र मौलिक संस्कृति रहेको तर पछिल्लो समय आधुनिकता र पुस्तान्तरणको अभावका कारण कतिपय मौलिक भाषा, संस्कार र परम्परा कमजोर हुँदै गएको प्रति सबै गम्भीर हुन आवस्यक रहेको विचार व्यक्त गर्नु भएको थियो।
नवसनर्वाचित अध्यक्ष दिपा थारुको प्रतिवद्धता व्यक्त गर्दै थारु समुदायको भाषा, संस्कृति, पहिचान, परम्परा तथा हकहितको संरक्षण र प्रवर्द्धनलाई आफ्नो कार्यकालको प्रमुख प्राथमिकता बनाउने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो। अध्यक्ष थारुले थारु कल्याणकारीणी सभालाई थप व्यवस्थित, सक्रिय र प्रभावकारी संस्थाका रूपमा अगाडि बढाउदै आफ्नो जातीय भाषा तथा साहित्यको संरक्षण, मौलिक कला र संस्कृतिको प्रवर्द्धन, परम्परागत ज्ञान तथा संस्कारको पुस्तान्तरण र युवा पुस्तालाई आफ्नो पहिचानसँग जोड्ने कार्यक्रम सञ्चालन गर्न सरकारी तथा गैरसरकारी संघसंस्था र अगुवाहरुसंगको सहकार्य र समन्वयलाई मुख्य प्राथमिकता दिइनेछ।
रुद्रपुर सामुदायिक बन उपभोक्ता समूहको सभाहलमा भएको उक्त अधिबेशन थारु कल्याणकारिणी सभा, कञ्चनका सभापति पूर्णवासी थारुको अध्यक्षतामा सम्पन्न भएको थियो।