३० साउन, कञ्चन
रुपन्देहीको कञ्चनमा शुक्रवार साउन २९ गते अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा हाम्रो पहिचान,युवा ले बचाऔं राष्ट्रको शान नामक विविध साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। कञ्चन साथी सन्जालको आयाजनामा भएको उक्त कार्यक्रममा विभिन्न जातजातीहरुको भेषभूषा र कला संस्कृतिको प्रतिविम्ब प्रस्ततु गएिको थियो।
विभिन्न परिवेश, साझा आकांक्षा नामक उक्त कार्यक्रममा कञ्चनका विभिन्न विद्यालयका विद्यार्थीहरुद्वारा थारु, मगर, नेवार,गुरुङ्ग, ब्राह्मण, क्षेत्री, तामाङ्ग, कुमाल लगायत जातजातीका युवा विद्यार्थीहरुले विभिन्न प्रस्तुतीहरु मार्फत हाम्रो सस्कृति हाम्रो पहिचान सामाजिक सवाल विरुद्ध युवाको अभियान भन्ने नारालाई चरितार्थ प्रस्तुत गरेका थिए।
कञ्चन साथी सञ्जाल विभिन्न किशोर किशोरीहरुका विचमा रहेर लैङ्गिक हिंसा, मानवअधिकार, यौन दुब्र्यबहार, दाइजो प्रथा, लागु पदार्थ विरुद्ध लगायत विषयमा जनचेतना मूलक कार्यक्रमहरु गर्ने एक सामाजिक संस्था हो।
उक्त कार्यक्रममा कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले कार्यक्रमले युवामा रहेको प्रतिभा, सिर्जनशीलता र सांस्कृतिक विविधताको उजागर गर्दै हाम्रो पहिचान र संस्कृति संरक्षणमा युवाको भूमिका महत्वपूर्ण रहने बताउनु भएको थियो। अध्यक्ष ढकालले सामाजिक विकृति, हिंसा र लागुऔषधविरुद्ध युवाहरू एकजुट भई समुन्नत समाज निर्माणमा अग्रसर हुन आग्रह समेत गर्नु भएको थियो ।
यसैगरी वडा नं. १ का वडा अध्यक्ष हरिनारायण थारुले युवा देशका भविष्य मात्र होइनन्, वर्तमानका महत्वपूर्ण साझेदार पनि हुन् भन्दै जातीय विविधताबीचको एकता र सद्भावलाई सांस्कृतिक कार्यक्रममार्फत प्रस्तुत गर्नु प्रशंसनीय रहेको बताउनु भयो। वडा अध्यक्ष थारुले आफ्नो कला प्रस्तुत गर्दै युवाहरूले आफ्नो मौलिक संस्कृति जोगाउँदै सामाजिक विकृति, हिंसा र लागुऔषधविरुद्ध अभियान सञ्चालन गर्न आवश्यक रहेको बताउनु भयो।
वडा नं. २ का वडा अध्यक्ष टेक बहादुर गुरुङ्गले युवाको ऊर्जा र सिर्जनशीलतालाई सकारात्मक काममा लगाउन सके समाज र राष्ट्रको विकास हुने उल्लेख गर्दै विभिन्न जातजातिका कला, संस्कृति र भेषभूषाको प्रस्तुतीले हाम्रो विविधतामा एकताको सन्देश दिने विचार व्यक्त गर्नु भएको थियो।
वडा नं. ३ का वडा अध्यक्ष टिकाराम सापकोटाले युवामा चेतना र जिम्मेवारी बढाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने भन्दै सामाजिक विकृति, लैङ्गिक हिंसा, दुव्र्यवहार र लागुऔषधविरुद्ध युवाको सक्रियता आजको आवश्यकतामा जोड दिनु भएको थियो। युवालाई सामाजिक अभियानमा सक्रिय बनाउन स्थानीय तहले साथी सञ्जालसंग विभिन्न कार्यक्रमहरुमा आवश्यक सहयोग र सहकार्य गर्दै आएको उल्लेख गर्दै वडा अध्यक्ष सापकोटाले आफ्नो संस्कृति र पहिचानको संरक्षण गर्न र सभ्य, समावेशी र समुन्नत समाज निर्माणका लागि नयाँ पुस्ता बढी सचेत हुन आवस्यक रहेको बताउनु भयो।
यस्तै वडा नं. ४ केशर बहादुर खत्रीले विविध जातजाति र संस्कृतिको साझा प्रस्तुतीले कञ्चनको सामाजिक एकता र सहिष्णुता झल्काएको बताउनु भयो। युवाहरूमा रहेको प्रतिभालाई सही दिशा दिन यस्ता कार्यक्रम आवश्यक रहेको कुरा उल्लेख गर्दै सामाजिक कुरीति र विकृतिविरुद्ध सचेतना फैलाउँदै संस्कृति संरक्षण र राष्ट्र निर्माणमा कञ्चन साथी सञ्जालको भूमिका र सक्रियता निकै प्रशंसनीय रहेको वडा अध्यक्ष खत्रीले उल्लेख गर्नु भयो।
यस्तै वडा नं. ५ का वडा अध्यक्ष कुलप्रसाद पौडेलले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित कार्यक्रमले युवाको प्रतिभा र सांस्कृतिक विविधतालाई उजागर गरेको बताउनु भयो। हाम्रो संस्कृति र पहिचानको संरक्षणसँगै सामाजिक विकृति, हिंसा तथा लागुऔषधविरुद्ध युवाहरू सचेत र सक्रिय हुन आवश्यक रहेको उल्लेख गर्दै समाज निर्माणमा युवाको महत्वपूर्ण भूमिका रहने समेत वडा अध्यक्ष पौडेलले बताउनु भयो।
कार्यक्रमको अध्यक्षता गर्दै कञ्चन साथी सञ्जालका अध्यक्ष सुस्मिता नोपलीले अन्तराष्ट्रिय युवा दिवसको सन्दर्भ, औचित्य र आजको आवस्यकताबारे बताउनु भएको थियो। कार्यक्रमको औचित्यबारे बोल्दै अध्यक्ष नेपालीले अन्तर्राष्ट्रिय युवा दिवस युवाको अधिकार, सहभागिता र नेतृत्वको महत्व उजागर गर्ने अवसर भएको र आज युवालाई सही शिक्षा, सीप, अवसर र सुरक्षित वातावरण आवश्यक रहेको बताउनु भयो। विविधतामा एकता कायम गर्दै सामाजिक विकृति, हिंसा, दुव्र्यवहार र लागुऔषधविरुद्ध सचेतना फैलाउन युवाको सक्रिय भूमिका अपरिहार्य रहेको उल्लेख गर्दै नयाँ पुस्ताका किशोर किशोरीहरुलाई घर परिवार, समाज, विद्यालय तथा समाजका अगुवाहरुबाट समेत समयानुकुल उचित मार्ग निर्देशन, सल्लाह, शिक्षा, ज्ञान तथा उपदेश आवस्यकतालाई केन्द्रमा राखेर कार्यक्रमका् आयोजना गरिएको कञ्चन साथी सञ्जालका अध्यक्ष नेपालीले बताउनु भयो।
कञ्चन साथी सञ्जालका उपाध्यक्ष विष्णु सुनारले सञ्चालन गर्नु भएको कार्यक्रममा विद्यालयका शिक्षक, जनप्रतिनीधि, किशोर किशोरी, सामाजिक अगुवा तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो। र्यक्रममा साथी सञ्जाल र विद्यार्थीहरुद्वारा विविध नृत्य तथा कला प्रस्तुत गरेका थिए। कञ्चन गाउँपालिकाको सहयोग तथा सुनगाभा सामुदाकि बिकास केन्द्र र रुद्रपुर सामुदायिक बन उपभोक्ता समूहको समन्वयमा भएको उक्त कार्यक्रम रुद्रपुर सामुदायिक बन उपभोक्ता समूहका सभाहलमा सम्पन्न भएको थियो।