१ चैत्र,कञ्चन
कन्चन गाउँ पालिका वडा नं. ३ मा नेपाली कांग्रेस सम्बद्ध नेपाल तरुण दल र नेपाल महिला संघमा आवद्ध तरुण तथा महिलाहरुको संयुक्त भेला शनिवार सम्पन्न भएको छ । भेलाले नेपाल तरुण दल कन्चन वडा नं. ३ वडा कार्य समिति र नेपाल महिला संघ कन्चन वडा नं. ३ वडा कार्य समिति गठन गरेको छ ।
नेपाल तरुण दल कन्चनका सभापति हिमाल थापाको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा प्रशासन विभाग केन्द्रीय सदस्य गोविन्द प्रसाद शर्मा, शुभेच्छुक संस्था समन्वय विभाग केन्द्रीय सदस्य बासुदेव दीन पौडेल, जिल्ला सदस्य देवीराम रेग्मी, महाधिवेशन प्रतिनिधि टेक बहादुर गुरुङ (चन्द्र), नेपाली कांग्रेस कन्चनका सह सभापति यम बहादुर क्षेत्री, नेपाल तरुण दल क्षेत्र नं. ५ का सभापति टिकाराम सापकोटा (मधु), नेपाल तरुण दल क्षेत्रीय कोषाध्यक्ष राधिका चौधरी, नेपाली कांग्रेस कन्चनका कोषाध्यक्ष तेज बहादुर क्षेत्री, नेपाली कांग्रेस कन्चन २ का सभापति कोल बहादुर क्षेत्री, कन्चन ३ का सभापति थमन थापा, कन्चन ४ का वडा अध्यक्ष दुर्गा सिंह, नेपाली कांग्रेसका युवा व्यक्तित्व किरण के.सी. लगायत नेपाली कांग्रेस सम्बद्ध क्रियाशील सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।
भेलाले रितु ढकाल को सभापतित्वमा १३ सदस्यीय नेपाल महिला संघ कन्चन ३ वडा समिति गठन गरेको छ । नव गठित समितिको उप सभापतिमा राधिका भण्डारी सचिवमा रिता गिरि,सह सचिव अन्जु क्षेत्री, कोषाध्यक्षमा रत्ना कुमारी क्षेत्री हुनुहुन्छ भने सदस्यहरुमा खगिसरा शर्मा, राधिका कंडेल, अस्मिता कंडेल, सरु थापा
अमृता पराजुली, कमला रेग्मी, अमाया पुन, तुलसी परियार रहनु भएको नेपाल तरुण दल कञ्चनका सभापति हिमाल थापाले जानकारी दिनु भएको छ।
यस्तै हर्क बहादुर अधिकारीको सभातित्वमा १५ सदस्यीय नेपाल तरुण दल कन्चन ३ वडा कार्य समिति गठन गरेको छ ।नव गठित समितिको उप सभापतिमा नारायण प्रसाद न्यौपाने, सचिवमा कृष्ण सापकोटा, कोषाध्यक्ष भिमराज पौडेल, सहसचिवमा हरि कार्की रहनु भएको छ भने सदस्यहरुमा, हेमलाल शर्मा, कुल बहादुर थापा, दिपक थापा, रामु पौडेल, ज्ञान बहादुर थापा, राजु सापकोटा, श्रीप्रसाद गुरुङ, सुनिल थाप, अमृता पराजुली र रिता गिरि रहनु भएको छ।