५ मंसिर, कञ्चन
आज देखि शुरु हुने दोश्रो प्रतिष्ठत फुटवल प्रतियेगिताको रुपमा सञ्चालन हुदै आएको नवौं चाँदनी कप फुटवल प्रतियोगिता अन्तिम तयारी पुरा भएको छ। दोश्रो ठूलो धनराशी भएको उक्त प्रतियोगितामा रुपन्देही, कपिलबस्तु, नवलपरासी, पाल्पा लगायतको १२ उत्कृष्ट फुटवल टिमहरुले प्रतिस्पर्धा गर्ने छ।
हरेक बर्ष विजया दशमीको अवसरमा सञ्चालन हुदै आइरहेको उक्त चाँदनी कप गत भदौ २३ र २४ गते भएको जेन जेड आन्दोलनका कारण स्थगित भएको थियो। उक्त स्थगित प्रतियोगिता आज देखि सञ्चालन हुने चँदनी युवा क्लवका अध्यक्ष निमप्रसाद थापाले जानकारी दिनु भएको छ। क्लवले आजदेखि शुरु हुने प्रतियोगिताको टाइसिट प्रकाशित गरेको छ ।
हिजो प्रकाशित टाइसिट अनुसार मुर्गिया एफ.सी., चाँदनी युवा क्लव (आयोजक), मण्डली एफ.सी पाल्पा, बि. वाइ.सी फुटवल क्लव, इभुलुसन युवा क्लव, तामनगर, योङ्ग ब्वाइज बुटवल, एन्फा एकेडेमी, गौतमबुद्ध सामुदायिक बिकास केन्द्र, मेसी फुटवल क्लव तिलोत्तमा, सम्पूर्ण युवा क्लव, फर्साटिकर एप.सी. र बुद्ध सेभेन स्टार गरी १२ फुटवल टिमहरुको अन्तिम नाम टुङ्गो लागेकाो छ।
चाँदनी युवा क्लव, कञ्चन १ दानापुर रुपन्देहीको आयोजनामा हुने प्रतियोगितामा विजेता टिमले नगद १,६०,००० रुपैया सहित शिल्ड, मेडल र प्रमाण पत्र तथा उपविजेता टिमले ८०,००० रुपैया सहित शिल्ड, मेडल र प्रमाण पत्र पाउने छन।
यस्तै प्रत्येक खेलमा म्यान अफ द म्याच सहित प्रतियोगिताका उत्कृष्ट गोल रक्षक, मिड फिल्डर, डिफेन्डर, सर्वोकृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता गरी ५ विधालाई नगद जनही ५,००० रुपैया सहित पुरस्कृत गरिने खेल संयोजक जुक्त बहादुर थापाले जानकारी दिनु भएको छ।
कञ्चन १ दानापुरको खेल मैदानमा सञ्चालन हुने उक्त प्रतियोगिता कञ्चनकै दोश्रो ठूलो धनराशी पुरस्कार रहेको फुटवल प्रतियोगिता हो।
यस्तै उक्त प्रतियोगिताकै अवसरमा प्रथम चाँदनी महिला फुटवल प्रतियोगिता समेत हुने भएको छ। उक्त महिला फुटवल प्रतियोगिताले फुटवल खेल प्रति महिलाहरुको आकर्षण बढाउने क्लवका अध्यक्ष निम प्रसाद थापाले जानकारी दिनु भएको छ। महिलाहरु घरधन्दा मात्र होइन खेलकुदमा पनि महिलाहरुले उत्कृष्टता प्रदान गर्न सक्छन र फुटवल खेलमा महिला खेलाडीहरुलाई थप प्रोत्साहन गर्न प्रतियोगिताको आयोजना गरिएको क्लवका खेल संयोजक जुक्त बहादुर थापाले बताउनु भएको छ।
प्रतियोगितालाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि बिभिन्न स्थानीय, संघ संस्था र शुभेच्छु तथा फुटवलप्रेमीहरुबाट आर्थिक सहयोग प्राप्त भइरहको समेत क्लवका अध्यक्ष थापाले जानकारी दिनु भएको छ। प्रतियोगिता आज दिउँस २ बजे देखि शुरु हुने आयोजकले जनाएको छ।